• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सभापतिमा शेरबहादुर देउवाको विकल्प छैन : प्रकाशशरण महत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असार २३, २०७८  १५:१५
1140x725

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउनसक्ने बताएका छन्। कांग्रेसको आसन्न महाधिवेशनका सम्बन्धमा कुराकानी गर्दै उनले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा आउने बाटो खोलेको भन्दै योग्य र सक्षम उम्मेदवार आकांक्षीका रूपमा अगाडि आउनसक्ने बताए। विधानले दोस्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्ख्यौली विरासतको आधारमा नभइ पार्टीमा योगदान गरेको आधारमा उम्मेदवार चयन गर्न सबैलाई आग्रह गरे।

पार्टीभित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पाउनुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे। भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उनले कांग्रेसमा ठूलो योगदान दिएका लाखौं नेता कार्यकर्ताहरू रहेको बताए। उनले आफू सभापति पदका लागि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए। उनले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनीतिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्ने बताए। प्रस्तुत छ, महतसँग कांग्रेस महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारीबारे गरेको कुराकानीः

कांग्रेस महाधिवेशन नजिकिएको छ। कस्तो छ महाधिवेशनको तयारी?
हाम्रो महाधिवेशनलाई कोभिड-१९ ले धेरै प्रभावित गर्‍यो। धेरैपटक कार्यतालिकामा संशोधन गर्नुपर्‍यो। नचाहँदा नचाहँदै यो परिस्थिति आयो। तर, नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ। यसको तयारी सबै पक्षबाट भइरहेको छ। क्रियाशील सदस्यता नामावलीको टुंगो लगाउने काम अन्तिम अवस्थामा छ। यसको टुंगो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ। मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ। मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ।

नेतृत्वलाई लिएर आकांक्षीहरू धेरै छन्। निरन्तर नेतृत्वमा रहेकादेखि नयाँ आकांक्षीहरू पनि देखिएका छन्। यसलाई कसरी व्यवस्थापन गर्ने?
पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ। पालिकाको वडादेखि केन्द्रसम्म निर्वाचन हुन्छ। यसले धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको छ। यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ। यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेरबहादुर दाइसँगै हामी पनि उम्मेदवार हुनसक्ने अवस्थामा पुगेका छौं। यसले सबै पदहरूमा उम्मेदवार हुने संख्या बढ्यो। यस्तो अवस्थामा निर्वाचनले आफैं व्यवस्थापन गर्छ। अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिष्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रूपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ। 

यसमा चुनौती पनि छ, अवसर पनि छ। त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ। जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी लिन तयार छौं। यसको बाबजुद राजनीतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन। पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ। अहिले विशिष्ट परिस्थितिमा हामी छौ। यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय हो। पार्टी सम्हाल्ने कुरा बाहिर देखिएजस्तो हुँदैन। यस कारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्व नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ। आलोचना टिप्पणीहरू होलान् देउवाको तर, अहिलेको अप्ठ्यारो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ।

यसको अर्थ रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शशांक कोइराला, विमलेन्द्र निधिलाई एकै ठाउँमा लडाउने हो?
अहिले उपसभापति दुईजना हुनुहुन्छ। पहिला एक जना हुनुहुन्थ्यो। महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ। यदि हामी सँगै काम गरौं, फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ। होइन म पछि पर्दिनँ, अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ।

फेरि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल नै नेतृत्वमा दोहोरिने हो भने तपाईंहरूको राजनीतिक समय, उमेर र भविष्य पाँच वर्ष पछाडि धकेलिने छ। योबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र?
म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु। सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ। अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ। हाम्रो अग्रज रहनुभएका दाइहरू हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन। यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरूको सान्र्दभिकता अहिले पनि छ। हो, यो हामीले बुझेका छौं। हामी केही वर्षपछि धकेलिनेछौं तर, हामी त्यो दाबी गरिरहेका छैनौं। मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भइसकेँ, सबै किसिमको अनुभव छ। तर, सभापति दाबी गरिरहेको छैन। यस्तै, अरू साथीहरूले पनि माथि दाबी गरिरहनुभएको छ। जस्तै विमलेन्द्रजी पनि हुनुहुन्छ। निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेकाहरू फेरि नबन्ने दाउमा पुग्नुहोला। कतिपय उम्मेदवारी नै नदिएका साथीहरू नै अगाडि सर्नुहोला। त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन।

औपचारिक रूपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो। तर, म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग तीन शीर्ष नेताका सुपुत्रहरू संयोगले सबैको पार्टीभित्र अलग-अलग योगदान छ। यसलाई वंश वा नाताले जोड्नु पर्दैन। तीनै जनाको घरमा ‘लञ्च मिटिङ’ भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ। पार्टीभित्र दुई समूह अहिले पनि छ। यसलाई कसरी हेर्नुभएको छ?
उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन, तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सीमित रहेर बैठक बस्यो। यसलाई आम कार्यकर्ता पंक्तिले सहजरूपमा लिएको छैन। यो पार्टी समग्र जनताहरूको छोराछोरीको पार्टी हो। उहाँका पिताजी नेताहरूले गरेको योगदान ठूलो छ। हाम्रो सम्मान पनि छ। तर, यो पार्टी त मेरो बुबा, मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौं।

हामी पार्टीमा सबै वर्ग, क्षेत्रबाट आउनुपर्छ भनिरहेका छौँ। उहाँहरूले जसको बुबाहरू नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक-पटक बैठक बस्नुभयो। यसले उहाँहरूको लागि सकारात्मक सन्देश दिएकोजस्तो मलाई लाग्दैन। पार्टीमा लाखौँ नेता कार्यकर्ता छन् सबैको धेरै थोरै योगदान छ। कतिपय अवस्थामा उहाँहरूले गरेकोभन्दा बढी योगदान गरेका साथीहरू छन्। यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहजरूपमा स्वीकार गर्दैनन्। त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ।

यो प्रसंगको अर्को पाटो पनि छ, अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ, मान्नुहुन्छ?
विकल्प खोज्दा नेता पुत्रमा नै सीमित हुनुपर्छ भन्ने छैन नि। विकल्प खोज्न पाइन्छ। पिता नेता नभएका अरू पनि योग्य पात्र छन् नि। विकल्प खोज्न सकिन्छ। ठूलो प्रतिष्पर्धा छ तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन।

Xtrem

Xtrem

लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्वमा सहयोग सबै गर्नुभएका विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ। संस्थापन पक्षलाई यसले असर गर्छ? यसको मूल्यांकन कसरी गर्नुभएको छ?
शेरबहादुरजीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलग्गै लड्छु भन्दा प्रभाव त पर्छ नै। प्रभाव पर्दैन भन्ने छैन। यस विषयमा धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठ्यारो अवस्थामा शेरबहादुरजीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ। समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन्। यद्यपि, उहाँ (विमलेन्द्र) ले लड्छु भन्नुभएको छ। तर, म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन। नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिवर्तन गर्न सक्नुहुन्छ। त्यसपछि एउटा आमसमझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ। तर, उहाँ आफैं उम्मेदवारी दिन योग्य हुनुहुन्छ। उहाँको अधिकार पनि छ। यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो अलग-अलग बाटो लागिसक्नुभयो भन्ने मूल्यांकन अलि अपरिपक्व हुन्छ।

सबैले आ-आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन्, तर तपाईंले गर्नुभएको छैन। तपाईंको दाबी कुन पदमा हो?
पार्टी सभापति स्वयंले पनि साथीहरूको बीचमा भने पनि औपचारिक रूपमा घोषणा गर्नुभएको छैन। त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन। तथापि, म सहमहामन्त्री भइसकेको छु। पहिला नै महामन्त्रीको लागि दाबी थियो। त्यसको लागि योग्यता र पृष्ठभूमि मसँग छ। सभापति पदमा शेरबहादुर दाइ आफैं लड्छु भनेकाले सभापति पदमा दाबी छैन। म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो। म चुनाव लड्ने हो। महामन्त्री वा उपसभापति पदमा लड्छु। नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ। यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो। मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ।

नेतृत्वले तपाईंलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि?
यी कुराहरू भइसकेको छ। यी कुरा नभइ म यसरी बोल्ने थिइनँ। त्यो राम्रो पनि हुँदैन। हामी संस्कार अँगाल्छौ। उत्ताउलो भएर राजनीति कहिल्यै गरेनौँ। यस विषयमा छलफल भएको छ। औपचारिक रूपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो। तर, म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्