• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अरुले बनाइदिएको जनाधारबाट लाभ उठाउने भनेर पार्टी एकता गरेकै होइन : शक्ति बस्नेत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असार ९, २०७८  १९:०९
1140x725

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको नामसम्बन्धी विवादमा फैसला सुनाउँदै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो। ब्युँतिएको माओवादी केन्द्रका केही प्रभावशाली नेताहरु एमालेतिर लागे। माओवादी केन्द्र भने केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध संघर्ष गर्दै आएको छ। त्यसका लागि ऊ विपक्षी गठबन्धनमासमेत सामेल भएको छ। 

ब्युँतिएपछि माओवादीले गर्दै आएका गतिविधि, एकतापछिका समीक्षा, गठबन्धन र सहकार्यका लागि भइरहेका प्रयासका विषयमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री शक्ति बस्नेतसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानीः

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि माओवादी केन्द्र ब्युँतियो, अहिले यो पार्टी के गरिहेको छ?
सर्वोच्च अदालतको फैसलापछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका विषयमा मूलतः तीन विषयमा ध्यान केन्द्रित गरेका छौँ। अहिलेको सरकार परिवर्तनका मुद्दाहरुलाई संरक्षण गर्ने, विकास र विस्तार गर्ने दायित्वबाट विचलित भएको छ। यी मुद्दाहरुलाई समाप्त गर्ने बाटोमा हिँडिरहेको छ। त्यसैले परिवर्तनका मुद्दाहरुलाई रक्षा गर्नु अहिले प्रमुख दायित्व बन्न गएको छ। जनताको बलिदानबाट प्राप्त राजनीतिक प्रणालीको रक्षार्थ लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग सहयकार्य गरेर अगाडि बढ्नुपर्ने छ। त्यो बाटोमा अगाडि बढिरहेका छौँ।

यतिबेला फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत र संगठित गर्नुपर्ने ऐतिहासिक कार्यभार छ। देशको मूल नेतृत्वमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने दायित्वबाट विचलित हुनुभयो। उहाँ कम्युनिस्ट आन्दोलनलाई विघटन गर्ने बाटोमा हिँड्नुभयो। यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनलाई एकीकृत र संगठित गर्ने ऐतिहासिक कार्यभार आइलागेको छ। त्यो कार्यभार पूरा गर्ने क्रममा आफ्नो ठाउँबाट योगदान गरिरहेका छौँ। अदालतले एमाले र माओवादीलाई ब्युँताउने आदेश गरेपछि माओवादीलाई पुनर्गठित गर्ने, सुदृढ गर्ने र व्यवस्थित गर्ने काममा लागिरहेका छौँ।

माओवादी ब्युँतिएपछि पार्टी हुन आफ्नै जनाधार र संगठन हुनुपर्दोरहेछ भन्ने महसुस भएको छ कि छैन?
तत्कालीन माओवादीको १० वर्षे जनयुद्धबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। जनयुद्ध र जनआन्दोलनबाट नेपाली विशेषतासहितको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो। संविधानमा 'समाजवाद उन्मुख' भन्ने शब्द उल्लेख गरियो। पुँजीवादी जनवादी क्रन्ति पूरा गर्ने ऐतिहासिक कार्यभार पूरा भएपछि मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय, राष्ट्रको स्वाधीनता र समाजवाद निर्माणमा जुट्नुपर्नेछ।

ऐतिहासिक कम्युनिस्ट आन्दोलनको एकताबाट केही साथीहरु च्युत हुनुभयो। त्यो ऐतिहासिक आवश्यकताबाट सबैभन्दा पहिला ओलीजीले आफूलाई अलग गर्नुभयो। कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाउनु, पार्टीलाई एकीकृत र व्यवस्थित बनाउनु आफैंमा गल्ती होइन। त्यो सही थियो। तर, हामीले पार्टीलाई एकीकृत गर्ने प्रक्रियामा ध्यान दिन सकेनौँ। त्यो कहाँ-कहाँ दिनुपर्ने थियो? कहाँ-कहाँ चुक्यौँ? त्यो विषयमा जरुर समीक्षा गर्नुपर्नेछ। त्यसमा समीक्षा गरिरहेका छौँ।

एकीकृत पार्टीमा ओलीले बहुमत पार्टी सदस्यलाई आफूअुनुकुल कसरी हिँडाउनुभयो? बहुमत पार्टी सदस्यहरु किन निरीह हुनुपर्‍यो?

त्यो समीक्षा गर्नुपर्ने विषय हुन्। अब हामी सबै सुव्यवस्थित र सुदृढ हुनुपर्ने बेला आएको छ। राजनीतिक, संगठनिक र मूल्य मान्यताको हिसाबले सुदृढ र व्यवस्थित हुनुपर्नेछ। यति भयो भने मात्रै प्राप्त उपलब्धीलाई जोगाउन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंकै अध्यक्ष प्रचण्डले अरुको पार्टीको जनाधार र संगठनको आशा गरेर केही हुने रहेनछ, त्यसको लागि आफ्नै पार्टीको संगठन र जनाधार चाहिने रहेछ। तब मात्रै शक्तिशाली भइनेरहेछ भनेका कुरा आइरहेका छन्। के त्यो खालको समीक्षा भएको हो?
अरुले बनाएको जनाधारमा लाभ लिने उद्देश्यले एकता गरेकै होइन। त्यस ढंगले बुझ्नु र बुझाउनु हुँदैन। यो ठूलो पार्टी भयो। हामी सानो पार्टी भयौँ भनेर एकता गरेको हो र? माओवादीले एकताको कुरा २०६३ सालमा उठाएको थियो। पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो पार्टी हुँदा पनि उठाएको थियो। त्यतिबेला पनि कम्युनिस्ट आन्दोलनलाई एकता गर्नेबेला भयो भनेकै हो। त्यसैले सानो पार्टी वा ठूलो पार्टी भन्ने प्रश्न नै छैन।

अब एकता भावनामा बगेर हुँदैन। अजेण्डाका आधारमा एकता हुन्छ। कुन-कुन पक्षसँग अजेण्डा मिल्छन्, परिवर्तनकारी मुद्दाहरुमा को-कोसँग कुरा मिल्छन्, ती शक्तिहरुसँग एकता र सहकार्य गर्दै जाने हो।

कम्युनिस्ट आन्दोलन विभाजन र एकता हुँदै २०४७ सालमा दुई धारमा विभाजित भयो। एउटा धारको नेतृत्व एमालेले गर्‍यो। अर्को धारको नेतृत्व माओवादीले गर्‍यो। त्यसमा एउटा धार क्रान्तिकारी र अर्को सुधारवादीको रुपमा विकास भयो। अन्य कम्युनिस्ट पार्टी पनि नभएका होइनन्, थिए। तर, तीमध्ये कतिपयले माओवादी र कतिपयले एमालेसँग साइनो राख्थे। अरु एकाध पार्टीहरु आ-आफ्नै ढंगले चल्दै आएका थिए। २०६३ मा आइपुग्दा माओवादी सशस्त्र संघर्षको बाटो छाडेर शन्तिपूर्ण बाटोमा आयो। त्यसपछि एमाले र माओवादी दुवै पार्टी शान्तिपूर्ण तरिकाले समाजवादको बाटोमा जाने निष्कर्षमा पुगे। हामी दुईवटा पार्टीको आवश्यकता छैन भन्ने निष्कर्षमा पुग्यौँ। विभाजित कम्युनिस्ट आन्दोलनलाई धुव्रीकरणबाट एकीकृत गर्ने दिशातिर लाग्यौँ। त्यति हुँदाहुँदै पनि माओवादी शान्ति प्रक्रियामा आएको १२ वर्षपछि मात्रै एमाले र माओवादीको एकतामा आउने अवस्था बन्यो।

त्यतिबेला नेकपामा एकीकृत पार्टी बन्नुपर्छ भनेर धेरै नेताहरु लागेका थियौँ। एकीकृत पार्टी बन्नुपर्छ, परिवर्तनका उपलब्धिलाई रक्षा गर्नुपर्छ भन्ने विषयमा एकीकृत पार्टीमा ठूलो जमात थियो। ठूलो जमात हुँदाहुँदै पनि नेतृत्वले सहज ढंगले लिनुभएन। आन्दोलनलाई ओलीजीले विघटनतिर लग्नुभयो। जसले गर्दा यसरी छिन्नभिन्नको अवस्थामा पुर्‍याउनुभयो।

Xtrem

Xtrem

ओलीनिकट नेताहरुले झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकारलाई अल्झाउने र निहुँ खोज्ने काम प्रचण्ड र माधव नेपालहरुले गर्नुभयो भन्छन् नि?
त्यस्तो हुँदै होइन। केपी ओलीका पछिल्ला घटनाक्रमले पुष्टि गरिसकेका छन्। उहाँले दुई पटक संसद् विघटन गर्नुभयो। अहिले एमाले विघटन गर्ने कोसिस गरिरहनुभएको छ। बहुमत ठूलो पंक्ति परिवर्तनका मूल्यलाई आत्मसाथ गर्नुपर्छ भन्ने हुँदाहुँदै पनि र पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्दाभन्दै पनि कहाँ चुके, त्यो विषयमा समीक्षा गर्नुपर्नेछ। क्रान्तिकारी शक्तिको तागतले सुव्यवस्थित गर्न सकेन भने, त्यसले आफैंलाई सुदृढ गर्न सकेन भने, क्रान्तिकारी चेतलाई राम्रोसँग संगठित गर्न सकेन भने पहलकदमीहरु गुम्दा रहेछन् भन्ने पुष्टि भएको छ।

धेरैले माओवादीलाई कहिले कांग्रेसको टेको लाग्नुपर्ने, कहिले एमालेको टेको लाग्नुपर्ने भयो भन्दै छन्। अब माओवादी आफ्नै पार्टीलाई व्यवस्थित गरेर जान्छ कि अर्को पार्टीसँग एकता गर्ने प्रयास गर्छ?
यो प्रश्न माओवादीको होइन। कांग्रेस र एमालेको मात्रै पनि होइन। यो मुलुक र जनताको हो। परिवर्तनका आन्दोलनको रक्षाको कुरा छ। एउटा साँचो कुरा यो हो। २०५२ सालभन्दा अगाडि यो वा त्यो भन्ने नाममा पुच्छरवादको शिकार हुँदै आएको थियो। राष्ट्रवादीको नाममा दरबारनजिक हुनुपर्छ भन्ने मान्यता थियो। कतिपयले लोकतन्त्रका निम्ति कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने मान्यता भयो। मूलतः यी विषयको वरिपरि कम्युनिस्ट आन्दोलनको बहस र छलफलहरु भएको देखिन्छन्।

त्यतिबेला कम्युनिस्ट पार्टीका बहस र छलफलहरु स्वतन्त्र रुपमा भएको देखिँदैन। त्यतिबेला कम्युनिस्ट पार्टीको नेतृत्व स्वतन्त्र देखिँदैन। २०५२ सालसम्म कांग्रेसतिर लाग्ने कि दरबारतिर लाग्ने भन्ने मात्रै बहस थियो। त्यसले गर्दा सिंगो मुलुकलाई एकीकृत गर्ने खालको राजनीतिक मुद्दा उठाउन सकेको थिएन। आफ्ना अजेण्डा नहुँदा कहिले दरबार र कहिले कांग्रेसतिर ढल्केको जस्तो हुन्थ्यो। कम्युनिस्ट पार्टीले मुलुकलाई नेतृत्व गर्ने आफ्नो मौलिक कार्यक्रम दिन नसक्दा पुच्छरवादको शिकार हुनपुग्यो।

२०५२ सालपछि राष्ट्र जसरी घुमिरहेको छ, त्यो कम्युनिस्ट पार्टीले उठाएको अजेण्डामा हो। ती अजेण्डा कम्युनिस्ट पार्टीले उठाएका हुन्। अब कम्युनिस्ट पार्टी कसैको पुच्छरवादको शिकार हुनुपर्ने आवश्यकता छैन। नेपाली जनताले आन्दोलन गरेर सफल भए। आन्दोलनपछि आन्दोलनकारी हार्न थालेका छन्। त्यसको यदाकदा ‘थ्रेट’ हुन थालेको छ। हामी मिलेर आन्दोलन गर्छौँ। त्यसपछि एक आपसमा विभाजित हुन थाल्छौँ। त्यसले गर्दा परिवर्तनका उपलब्धिलाई जनताले अनुभूति गर्न पाएनन्। अब परिवर्तनकारी शक्तिहरु एक भएर जानुपर्ने आवश्यकता देखिएको छ। यहाँ कांग्रेस र कम्युनिस्टको कुरा मात्रै छैन। यहाँ एमालेका माधव नेपाल, झलनाथ खनाल, जनमोर्चालगायत पार्टीहरु समेत छन्। विगतमा हामीले जुन गल्ती गर्दै आएका छौँ, त्यसलाई सच्याउने मौका हो। यो कांग्रेस वा एमालेको पछाडि माओवादी भन्ने कुरा छैन।

चुनाव भनेको सहायक कुरा हो। चुनाव राजनीतिको महत्त्वपूर्ण पक्ष हो। चुनावमा जित र हार हुन्छ। चुनावमा कहिल्यै हार्न हुन्न भन्ने मान्यता त्याग्नुपर्छ। चुनावमा हार्न पनि सकिन्छ। यदि कसैले चुनावमा मैले हार्नै हुन्न भन्ने कुरा गर्‍यो भने ‘ओली-सोच’ हो। सत्ताबाट बाहिर बस्नै हुन्न, चुनाव हार्नै हुन्न भन्नु राजनीति होइन। कम्युनिस्ट पार्टीले उठाएका परिवर्तनका मुद्दालाई संस्थागत गर्नुपर्नेछ। कम्युनिस्ट आन्दोलनको जुन एकताको कुरा उठाएका छौँ, त्यसलाई अगाडि बढाउनुपर्नेछ। परिवर्तनकारी सोच राख्ने बाबुराम भट्टराई र उपेन्द्र यादवजीहरुसँग पनि कुरा भइरहेको छ। माधव नेपाल र झलनाथ खनालजीहरु पनि हुनुहुन्छ। सबै एक ठाउँमा भएर परिवर्तनका उपलब्धिलाई रक्षा गर्नुपर्नेछ।

तपाईंहरुको एकताका लागि बाबुराम भट्टराई र उपेन्द्र यादवसँग कुरा भइरहेको छ भन्ने समाचार आइरहेका छन्, खास कुरा के हो?
अब एकता भावनामा बगेर हुँदैन। अजेण्डाका आधारमा एकता हुन्छ। कुन-कुन पक्षसँग अजेण्डा मिल्छन्, परिवर्तनकारी मुद्दाहरुमा को-कोसँग कुरा मिल्छन्, ती शक्तिहरुसँग एकता र सहकार्य गर्दै जाने हो।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्