• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

अवसर पाएर पनि 'डेलिभर' गर्न नसक्ने नेतृत्वलाई राख्न हुँदैन : प्रकाशमान सिंह [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असार ८, २०७८  ०९:३४
1140x725

आसन्‍न १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीहरुको नाममा कांग्रेस नेता प्रकाशमान सिंहको नाम पनि आउँछ।कोरोनाकालअघि देश दौडाहा गर्ने अग्रपंक्तिका नेतामा सिंह पनि एक हुन्। प्रत्यक्ष भेटघाट गर्ने अवस्था नरहेकाले 'जुम मिटिङ'र फोनमार्फत् सिंहले कार्यकर्तालाई आफ्नो उम्मेदवारीबारे बताइसकेका छन्। संस्थापनइतरमा सभापतिका प्रत्यासी धेरै रहेकाले उक्त समूहबाट एकल उम्मेदवार चयन गर्न सहज भने छैन।

आफूभन्दा अब्बल भएको कुनै नेताले 'कन्भिन्स' गर्नसके मात्रै पछि हट्ने नेता सिंहको धारणा छ। पार्टीलाई हाँक्नसक्ने क्षमता रहेको दाबी गर्ने सिंहसँग आसन्‍न महाधिवेशनको सन्दर्भमा रहेर नेपाल लाइभकी पुष्पा केसीले गरेको संवाद:

महाधिवेशनको समय नजिकिएको छ। तपाईंलाई महाधिवेशनले कति छोएको छ, तयारी कस्तो गर्दै हुनुहुन्छ?
कोरोनाले गर्दा मुभमेन्टमा कमी आएको छ। कोरोनाअघि त म जिल्लामा गइरहेकै थिएँ। जुम मिटिङ र फोनमार्फत् सम्पर्क गर्ने कार्य भइरहेको छ। अहिले त अलि खुकुलो हुँदै गएको पनि छ। अलि खुकुलो भएकाले साथीभाइहरु क्रियाशील सदस्यताका विषयमा कुरा गर्न डेलिगेसन लिएर आउँछन्। आउटडोर नै दूरी कायम राखेर पार्टीका साथीहरुलाई भेटिरहेको छु।

महाधिवेशनका लागि कांग्रेसले बनाएको कार्यतालिका पटक/पटक सर्दै आएको छ। अन्तिम पटकलाई भन्दै सार्वजनिक गरिएको यसपटकको कार्यतालिका पनि कार्यान्वयन नहुने आशंका गरिएको छ। कार्यतालिका कार्यान्वयन होला?
कांग्रेसको भोटर भनेकै क्रियाशील सदस्य हुन्। पार्टीलाई संस्थागत गर्न नसक्दा क्रियाशील सदस्यतामा विवाद हुँदै आएको छ। अन्तिममा आएर विवादलाई समाधान खोज्ने र हतपत गर्ने छ। त्यसले परिणाम राम्रो त दिँदैन नि। विधानले निर्देशित गरेका कार्य १३औं महाधिवेशनपछि भएका छैनन्। क्रियाशील सदस्यता नवीकरण प्रत्येक वर्ष गर्ने भनिएको छ। बेवास्ता गरिएको हो कि नजरअन्दाज गरिएको हो?

क्रियाशील सदस्यताको लागि छानविन समिति बनेको छ। त्यो समितिले काम गरिरहेको छ। करिब चार लाख क्रियाशील सदस्यको नवीकरण भइसकेको छ। अरु चार लाख नयाँमा दर्ता भएका छन्। केही क्रियाशील सदस्यमा विवाद छ। केन्द्रीय समितिले निर्णय गरेर जिल्ला-जिल्लामा सर्कुलर गरिएअनुसार नयाँलाई सदस्यता दिने तथा अरु पार्टीबाट आएकालाई मापदण्ड पूरा गर्नुपर्छ। विवाद नभएका ठाउँको टुंग्याउँदै समाधान नभएका स्थानको ‘क्यारी अन’ गर्दै जाउँ भन्‍ने हो। त्यस्तो हामीमा नजिर पनि छ। १२औं महाधिवेशनमा विवाद भएकाले १३औंमा आएर भोट पनि खसालेका छन्। १०० प्रतिशत टुंगो लगाएर महाधिवशन गरौं भनेर त कहिले पनि हुँदैन।

महामन्त्री भइसकें। उपसभापति पनि बनें। मैले सभापतिमा दाबी गर्नु प्राकृतिक हो। पार्टी रुपान्तरण र संस्थागत गर्नका लागि मेरो सभापतिमा दाबी हो। 

छानविन समितिको संयोजकले छिटोमा असार २० र ढिलोमा असार मसान्तसम्म नामावली टुंग्याउने भन्‍नुभएको छ। विवाद नभएका स्थानका क्रियाशील सदस्यबाट महाधिवेशन गर्ने र समाधान नभएका ठाउँको अर्को महाधिवेशनलाई सार्न सकिन्छ।

कोरोनाका कारणले महाधिवेशन गर्नका लागि मोडालिटी डेभलप गर्न सकिन्छ। निर्वाचन समितिले पनि त्यसमा अध्ययन गर्नुभएकै होला। नियमित समय भएको भए सबै कुरा सम्भव हुने थिए। कोरोनाको समय भएकाले मोडालिटी परिवर्तन गर्नुपर्दछ। निर्वाचन समितिले हामीसँग सल्लाह मागे दिन्छौं पनि।

Ncell 2
Ncell 2
nimb
nimb

परिवारवादको कुरा पनि कांग्रेसमा उठ्छ। विरासतको राजनीति गरेर ब्याज  खाने आरोपलाई के भन्‍नुहुन्छ?
केही अनुभव नै नभएकालाई अघि सारिए परिवारवाद होला। ग्रासरुटदेखि संघर्ष गर्दै आएकालाई परिवारवाद भन्‍न मिल्दैन। विशेषत: लिगेसीको कुरा साउथ एसियामा आउने गर्दछ। समयअनुसार नेतृत्व दिन आफूले नसके त विरासतले काम गर्दैन।

सभापतिमा अरु कसैको नाममा सहमति गर्नै नसक्ने हो तपाईंले?
मैले भनिहालें नि, अहिलेको यो परिस्थितिमा मभन्दा उपयुक्त उम्मेदवार भएको कन्भिन्स कसैले गर्छ भने छोड्न तयार छु। होइन भने ममा के कमजोरी छ?

शाही आयोगले बोलाउँदा सबै वयानका लागि गए। गैैरसंवैधानिक आयोग भनेर म वयान दिन पनि गइनँ। त्यसो भन्‍ने पहिलो त म हुँ नि! मलाई समातेर लिएर गएर राख्यो। संविधानअनुसार शाही आयोग गठन भएको छैन भनी अदालतले बदर गरिदियो।

Xtrem

Xtrem

संविधानले दिएको समयावधिमा महाधिवेशन कदाचित् हुन सकेन भने कांग्रेसका लागि कुनै विकल्प रहन्छ?
विकल्प त कहाँबाट हुने र? प्रादेशिक र केन्द्रीय समिति त निर्वाचित भएरै आउनुपर्ने भन्‍ने छ त।

कोरोनाका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले लकडाउनलाई शून्य समय मानेर त्यस बराबरको थप समय पाउनुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ नि?
आफूले समयमा गर्नुपर्ने कार्य नगरेर लकडाउनको समय थप्नुको अर्थ छैन। चार वर्षमा महाधिवेशन भएन। थपेको एक वर्षमा पनि भएन। यसरी महाधिवेशन सार्ने कार्य भयो भने त कांग्रेसलाई जनताले राम्रो त मान्दैनन् नि।

महाधिवेशन आइसक्यो। तपाईंहरुको समूहमा सभापतिका धेरै आकांक्षी छन्। उम्मेदवार तय गर्न किन नसक्नुभएको?
उम्मेदवार एउटा बनाउन सजिलो त छैन नि। जनताको भावना र पार्टीका कार्यकर्ताको चाहना अनुसार १३औं महाधिवेशनपछि पार्टी चल्न सकेन। पार्टीको छविमा कमी आएको सबैले महसुस गरिरहेका छन्। कांग्रेस ठूलो पार्टी हो। धेरैले इच्छा देखाउन पाउँछन्। म गर्नसक्छु भन्‍ने धेरैलाई होला। इच्छा र गर्न सकौंला भन्‍ने एउटा कुरा होला। म राजनीतिमा ग्रासरुट लेभलबाट आएको व्यक्ति हुँ। पार्टीका कार्यकर्तालाई भन्दै पनि आएको छु। नेविसंघको कार्यकता हुँदै यहाँसम्म आएको हुँ। काठमाडौं जिल्ला सभापति भएर पनि काम गरें।

२०५६ सालको १०औं महाधिवेशनको बेला १६ वटा जिल्ला समिति भंग भए। त्यसबेला म काठमाडौं जिल्ला सभापति थिएँ। गिरिजाप्रसाद कोइरालाले अलोकतान्त्रिक कार्य गरेको भनी मैले पार्टीमा अभियान चलाएँ। गिरिजाबाबुले गरेको निर्णयलाई चुनौती दिँदै हिँड्छ भनेर पनि कतिपयले भने। जिल्ला कार्यसमिति भंग गरिदिएपछि म केन्द्रमा उठें। तेस्रो नम्बरको मत ल्याएँ।

महामन्त्री भइसकें। उपसभापति पनि बनें। मैले सभापतिमा दाबी गर्नु प्राकृतिक हो। पार्टी रुपान्तरण र संस्थागत गर्नका लागि मेरो सभापतिमा दाबी हो। ए कांग्रेस, बी कांग्रेस, सी कांग्रेस छ अहिले पार्टीमा। वास्तविक कांग्रेस त खोज्नुपर्ने अवस्था छ।

सहमति गरेर संस्थापनइतरबाट एक जना उठौं भन्दा तपाईं लचक हुनसक्ने अवस्था कतिसम्म हुन्छ?
मैले त भनिसकेको छु, मभन्दा योग्य उम्मेदवार प्रस्तुत गर्नुस्। गणेशमानको छोरा भएर म लड्न नपाउनु भनेर मैले कुरा राखिसकेको छु। २०१२ सालपछि बागमतीबाट सभापतिमा अहिलेसम्म कोही लड्न सकेको पनि छैन। राजनीतिमा धेरै फ्याक्टर्स मिल्नुपर्दछ। मभन्दा ‘बेटर’ उम्मेदवार दिनसके मैले पनि सोचौंला। १३औं महाधिवेशनमा पार्टी राम्रो बनाउनकै लागि मैले महामन्त्रीमा शशांक कोइरालालाई सघाएको हुँ।

सभापति शेरबहादुर देउवाले फेरि पनि दोहोरिने इच्छा देखाउनुभएको छ। कांग्रेसलाई पहिलेकै स्थानमा पुर्‍याउँछु भन्‍नुभएको छ नि?
चुनावको नतिजा आउनेबित्तिकै पनि मैले सभापतिलाई भनेको हुँ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर। प्रतिकूल नतिजा आए राजीनामा दिने अन्तर्राष्ट्रिय अभ्यास पनि छ। संविधान कांग्रेसले बनाए पनि मत जनताले दिएनन। जनताको 'भ्वाइस' के हो भने ‘तिमिहरुलाई हामीले भोट दिने हो भने नेतृत्व परिवर्तन गरेर आऊ’ भनेका हुन्। कांग्रेसमा पहिलेको ओजन र गतिअनुसार नेतृत्व हुन सकेको छैन। अवसर पाएर पनि डेलिभर गर्न नसक्ने नेतृत्वलाई राख्न हुँदैन।

उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ। उहाँको उम्मेदवारीले विद्यमान समीकरण परिवर्तन हुने आकलन पनि गरिएको छ। तपाईंको टिप्पणी के छ?
सभापतिसँगको भेटमा विमलेन्द्रजीले महाधिवेशनमा उठ्ने इच्छा राख्नुभएको रहेछ। म पनि उठ्ने उहाँ पनि उठ्ने धेरैलाई थाहा नै छ। लोकतान्त्रिक दल हो। संस्कारयुक्त राजनीति गर्नुपर्दछ। सकेसम्म मिलाएर जाऔं भन्‍नेमा विमलजीको पनि छ। मेरो पनि त्यही छ।

अहिले दलहरुबीच बनेको गठबन्धनको विपक्षमा पनि केही नेता रहेको सुनिन्छ। गठबन्धन बनाएर बेठीक भएकोजस्तो तपाईंलाई लाग्छ?
पार्टीको आधिकारिक निर्णय त हामी सबैले मान्‍नुपर्‍यो नि। पुस ५ मा संसद् विघटनपछि त्यसका विरुद्धमा लागेकाहरु अहिले हामीले एलायन्स बनाएर अघि बढेका छौं। संविधानको ७६ (५) अनुसारको प्रधानमन्त्री देउवाजीलाई बनाउन सबैले हस्ताक्षर गरेका छन्। त्यसको आउटकम लोकतन्त्रलाई बचाउनका लागि हो।

यो गठबन्धनको आयु कति लामो होला?
लोकतन्त्रमा प्रहार गर्दा त्यसलाई बचाउन त एक ठाउँ आउनुपर्छ नै।

चुनावमा जाँदा पनि गठबन्धनले सहकार्य गर्ने परिस्थिति होला?
घटनाक्रम कसरी विकास हुन्छ। त्यसमा भर पर्छ। अहिले नै यसो हुन्छ भन्‍न सकिन्‍न। संविधानमाथि कसैले प्रहार गर्छ भने त्यसलाई छेक्न त इस्यु मिल्नेहरु एक ठाउँ आउनैपर्छ।

नेता सिंहसँग गरिएको भिडियो संवादः

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्