• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जोर्डनविरुद्ध हुनेछ नेपालको खास परीक्षा

64x64
दीप सुवेदी सोमबार, जेठ २४, २०७८  ०६:५३
1140x725

काठमाडाैं- कतारमा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ अन्तर्गत कुवेत सिटीको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौने दश बजे यी दुई टोलीको खेल शुरु हुनेछ। 

घरेलु मैदानमा खेल्नुपर्ने खेल नेपालले कोरोना महामारीको कारण ‘न्युट्रल भेन्यु’ का रुपमा कुवेतमा खेलिरहेको छ। समुह चरणका ८ मध्ये ६ खेल खेलिसकेको नेपालले अब दुई खेल खेल्न बाँकी छ। नेपालले सातौँ खेल जोर्डनसँग खेल्न लागेको हो। जोर्डनको भने यो छैटौँ खेल हो।

छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो। दोस्रो लेगमा नेपाल फरक रणनीतिमा मैदान उत्रने सम्भावना छ। खेलमा जित हात पारे मात्र एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुने भएका कारण नेपाल यो खेलमा फरक रणनीतिका साथ खेल्ने प्रयासमा हुनेछ।
चौथो स्थानमा रहेको नेपालका लागि आठ टिम सहभागी समूहको उत्कृष्ट ४ भित्र पर्न  जोर्डनसँग जित निकाल्नु पर्नेछ। 

समूह ‘एच’मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएका कारण कोरिया समूहको पाँचौ स्थानमा धकेलिएको छ। त्यसैले एएफसीले पाँचौ स्थानको टिमविरुद्ध हात पारेको जितलाई उत्कृष्ट चौथो टिम घोषणा गर्दा समावेश नगर्ने निर्णय गरेको थियो।

जसको घाटा नेपाललाई भएको छ। तर, जोर्डनविरुद्ध जित निकाल्न भने नेपाललाई त्यति सजिलो छैन। फिफा वरियतामा जोर्डन ९५ औं स्थानमा छ। यता, नेपाल १ सय ७१औँ स्थानमा। नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिलेसम्म हराउन सकेको छैन। 

नेपालले चाइनिज ताइपेइलाई छनोट खेलको दुवै प्रतिष्पर्धामा समान २-० ले हराएको थियो। यस्तै, पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो हार व्यहोरेको थियो। यस्तै, कुवेतसँग दोस्रो खेल १-० ले गुमाएको थियो। अष्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५-० ले पराजित भएको थियो।

नेपाल र जोर्डनबीच अहिलेसम्म ३ पटक भेट भएको छ। अहिलेसम्मको तीन वटै प्रतिस्पर्धामा नेपालले जोर्डनलाई हराउन सकेको छैन। यी दुई टोलीको पहिलो भेट सन् २०११ मा विश्वकप छनोटकै दौरान भएको थियो। 

२३ जुलाई २०११ मा भएको विश्वकप छनोटको खेलमा नेपाल जोर्डनसँग ९-० को फराकिलो अन्तरले पराजित भएको थियो। २८ जुलाईमा काठमाडौंको दशरथ रथंशालामा भएको खेलमा नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोकेको थियो। सो खेलमा नेपालका लागि भरत खवासले गोल गरेका थिए। जोर्डनलाई बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, सन् २०१९ को १५ अक्टोबरमा नेपाल र जोर्डनको तेस्रो प्रतिष्पर्धा भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गतकै पहिलो खेलमा नेपाल ३-० ले पराजित भएको थियो। तीन खेलमा जोर्डनले १३ गोल गर्दा नेपालले केवल १ गोल गर्न सकेको छ।

अघिल्लो खेलमा दोस्रो स्थानको कुवेतलाई अस्ट्रेलियाले पराजित गरेकाले जोर्डन दोस्रो स्थानमा बलियो हुने रणनीतिमा छ। समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ। 

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। अहिलेसम्म कुनै जित हासिल गर्न नसकेको चाइनिज ताइपेइ अंकविहीन छ।

हराउने दाउमा नेपाली प्रशिक्षक
जोर्डनविरुद्धको खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्। 

Xtrem

Xtrem

आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा जोर्डन बलियो भएपनि आफ्नो टोलीले पनि सक्दो मेहनत गरिरहेको बताउँदै प्रशिक्षक अलमुताइरीले नेपाली टोलीलाई कम आँक्न नमिल्ने बताए। 

‘कतिपय संचारमाध्यम जोर्डन निकै बलियो छ भनेर भनिरहेका छन्। हाम्रो कुनै सम्भावना नरहेको भन्ने सुनेको छु। तर, फुटबलमा त्यसो हुँदैन। दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो। मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ। हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं,’ उनले भने। 

उनले युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनीलाई २-० ले पराजित गरेको उदाहरण समेत दिए।

‘हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं। जोर्डन बलियो टोली हो। हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं। सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ। त्यसका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने।

यदि नेपालले जोर्डनलाई पराजित गरे यसको फाइदा कुवेतलाई पनि हुनेछ। अष्ट्रेलिया शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ। त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कपमा छनोट हुने लक्ष्यमा छन्।

‘खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन्। हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो। चाइनिज ताइपेइको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं। जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेका छौं,’ उनले भने।

तीन अंक लिने अपेक्षा
जोर्डनका कोच भाइटल बर्केलम्यान्सले नेपालसँगको खेलबाट आफूहरुले ३ अंक हासिल गर्ने सबैको अपेक्षा भए पनि फुटबलमा यसै हुन्छ भनी भन्न नसकिने बताए।

‘हामी सबैले तीन अंकको अपेक्षा गरेका छौं। तर यो फुटबल हो। मैले नेपाली टोली चाइनिज ताइपेइ र इराकसँग खेलेको हेरेँ र उनीहरुको स्तर र खेल्ने सिस्टम फेरिएको पाएको छु। फुटबलमा जे पनि हुन सक्छ,’ उनले भनेका छन्।

यद्यपि,  नेपालविरुद्धको खेल महत्वपूर्ण भएको बताउँदै उनले ३ अंक जोड्न ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए।

‘छनोटका लागि हामीसँग ९ अंक छ, र यात्रा नेपालबाट शुरु हुन्छ। कुवेतसँगको भेटको महत्व हुने हामीले महसुस गरेका छौं,’ उनले भने।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्