• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जोर्डनलाई हराउनकै लागि मैदान उत्रिनेछाैं : प्रशिक्षक अलमुताइरी

64x64
दीप सुवेदी आइतबार, जेठ २३, २०७८  १५:४३
1140x725

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत जोर्डनविरुद्ध जितकाे लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्। 

आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा जोर्डन बलियो भएपनि आफ्नाे टाेलीले पनि सक्दाे मेहनत गरिरहेकाे बताउँदै प्रशिक्षक अलमुताइरीले नेपाली टोलीलाई कममा आँक्न नमिल्ने बताए। 

‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो छ भनेर भनिरहेका छन्। हाम्राे कुनै सम्भावना नरहेको भन्ने सुनेकाे छु। तर, फुटबलमा त्यसो हुँदैन। दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो। मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ। हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं,’ उनले भने। 

उनले पुन: युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनी २-० ले पराजित गरेको उदाहरण समेत दिए।

‘हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं। जोर्डन बलियो टोली हो। हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं। सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ। त्यसका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्नेछाैं,’ उनले भने।

समूह ‘बी’मा रहेको नेपालको अब दुई खेल खेल्न बाँकी छ। ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ। जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन। अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलमा समान १०/१० अंक रहेको छ। अब नेपालको अर्को प्रतिस्पर्धी हो जोर्डन र अस्ट्रेलिया।

नेपालले सातौं खेलमा सोमबार जोर्डनसँग खेल्दैछ। यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो। नेपाल र जोर्डनबीचको खेलको नतिजाले घरेलु टोली कुवेतको एसिया कप खेल्ने सम्भावना पनि जोडिएको छ। 

‘कुवेतको एसिया कप खेल्ने सम्भावना पनि हामीसँग जाेडिएकाे छ।  कुवेतले जोर्डनलाई पराजित गर्नुपर्ने छ। हाम्राे लक्ष्य पनि  एसियन कपमा छनोट हुने  हो। म कुवेतकै भएकोले जोर्डनविरुद्धको खेल पनि महत्वपूर्ण हुनेछ। भाेलिकाे खेलमा सबै खुशी हुनेछन्। त्यसका लागि यो खेलमा जित आवश्यक छ,’ उनले भने। 

Ncell 2
Ncell 2

 यदि नेपालले जोर्डनलाई पराजित गरे यसको फाइदा कुवेतलाई पनि हुनेछ। अष्ट्रेलिया शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ। त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने छ।

यसअघि चाइनिज ताइपेइविरुद्ध गरेको अध्ययनले जित सम्भव भए अलमुताइरीकाे भनाइ छ।  

‘खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन्। हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो। चाइनिज ताइपेइको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं। जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेका छाैं,’ उनले भने।

नेपालले सोमबार जोर्डनको सामना गर्दैछ। खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ। भोली नै अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन्। 

एसिया कप समिकरण

नेपालको लक्ष्य एसियन कप खेल्नु हो।  एसियन छनोटको प्लेअफ खेल्न तेस्रो चरणमा सिधै प्रतिस्पर्धा गर्न नेपाल चौथो स्थानमा रहिरहनु पर्नेछ।

एसियन कपमा कुल २४ टिमले भाग लिनेछन्। जारी एसियातर्फको विश्वकप छनोटको समूह विजेता भएका आठ टिम र उत्कृष्ट उपविजेता चुनिएका चार टिम स्वतः योग्य हुनेछन्। 

एसियन कप छनोटको तेस्रो चरणमा सहभागी हुने कुल २४ टिमलाई आठ समूहमा विभाजित गरिनेछ। र, समूह विजेता र उपविजेता गरी कुल १२ चीनमा हुने एसियन कपका लागि छानिने छन्। जसले एसियातर्फको विश्वकप छनोटको समूह विजेता भएका आठ टिम र उत्कृट उपविजेता चुनिएका चार टिमसँग प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोट चरणमा उपविजेता भएका अन्य चार टिम र समूह चरणमा तेस्रो भएका आठ टिमले भने छनोटको तेस्रो चरण खेल्नेछन्। त्यस्तै, विश्वकप छनोट चरणमा आआफ्ना समूहमा चौथो भएका उत्कृष्ट चार टिमले पनि छनोटको तेस्रो चरण खेल्ने मौका पाउनेछन्। छनोटको तेस्रो चरण खेल्न पाउने टिमको संख्या १६ हुनेछ। 

यी १६ टिमसँग अन्य आठ टिमले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। ती आठ टिम प्लेअफबाट आउनेछन्। विश्वकप छनोट चरणमा आआफ्ना समूहमा चौथो हुने चार टिम र पाँचौँ हुने आठ टिमले प्लेअफमा भाग लिनेछन्। 

नेपालको हकमा भने प्लेअफ नखेली सिधै एसियन छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर छ। तर, त्यो त्यति सहज भने छैन। नेपालले अब बाँकी रहेको दुई खेलमध्ये कम्तिमा एक खेल जित्नैपर्ने छ। उक्त खेल जितेपछि अन्य समूहको नतिजाले पनि नेपालको भविष्य निर्धारण गर्छ।

समूह ‘एच’मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना नहुने एएफसीले जनाएको छ। 

हाल चौथो स्थानमा रहने टोलीहरुको तालिकामा नेपाल पुछारमा छ र कम्तिमा जोर्डन र अष्ट्रेलियामध्य एक टोलीलाई पराजित गर्नैपर्छ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्