काठमाडौं– बाघको छाला बेच्न वैतडीबाट काठमाडौं आएका चार युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग कपनले एउटा छालासहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वैतडी दशरथका श्यामसिंह कार्की, प्रविन सिंह रावल, जितेन्द्र रावल र विनोद कुमार भट्ट छन्।
उनीहरुबाट एउटा बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर कारबाहीका लागि प्रहरीले वन कार्यालयमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।