इलाम– घरायसी विवादमा श्रीमतीको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन्। बिहिहबार साँझ आफ्नै घरमा श्रीमतीको हत्या गर्ने मदन लिम्बुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
साँझ पौने ८ बजे उनले २६ वर्षिया श्रीमती बिमला लिम्बुको हत्या गरेका थिए। हत्यापछि भागेका उनलाई इलाम नगरपालिका– ९ गोलाखर्कस्थित जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।