काठमाडौं– कमलादीस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका अभियुक्त जेल चलान भएका छन्। २ महिनाअघि पक्राउ परेका कार्कीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका जेल चलानको आदेश दिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
गत माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले एक किशोरीमाथि बलात्कार गरेका थिए। पक्राउ परेका कार्की पीडित युवतीका प्रेमी हुन्। प्रेमिकालाई मदिरा पिलाएर उनले साथीहरुलाईबलात्कार गर्न लगाएका थिए। घटनामा संलग्न विकास गौतम, दीपक श्रेष्ठ र रबि पौडेल फरार छन्। उनीहरुविरुद्ध बलात्कार तथा संगठित अपराध मुद्दा दायर गरिएको छ।
भोलिपल्ट युवती उजुरी लिएर प्रहरीकोमा गएकोमा प्रहरीले मिलापत्रमा सहयोग गरेको थियो। जून घटनामा प्रहरीहरु समेत कारबाहीमा परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।