• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रोगसँगै भोकको चिन्ता : अब आमाले खाना खुवाउने यत्ति नै त होला!

64x64
नारायण अधिकारी बिहीबार, वैशाख २३, २०७८  ०७:०५
1140x725

काठमाडौं- ‘अब हेर्नुस्, यो पाला त पहिलाको जस्तो रहेन। एल्ले धेरैलाई लपेट्छ। अरू त बाँच्लान्, हामी झुत्रेलाई कसले बचाउँछ? अब यी आमाले हामीलाई खाना खुवाउने पनि यत्ति नै हो कि जस्तो पो लाग्छ,’ उनको चिन्ता थियो, ‘अरू त बाँच्लान्, कोरोना लागेपछि हामी जस्ताले मर्ने नै हो। त्यसपछि यी आमाले कसलाई खाना खुवाउँछिन्?’

प्रसूतिगृह नजिकको चौरमा खाना खाइसकेपछि सायद मुखमा अड्केका सिता निकाल्न होला, औंला मुखमा घुसार्दै डस्टबिन छेउमा थुक्न आइपुगे कृष्ण थापा। ५३ हिउँद-बर्खा खेपेका उनको शरीर हल्का काम्दो थियो। उनले प्रष्टीकरण दिए- ‘रक्सी खायो भन्‍नुभा होला बिमारले हो कामेको।’

सायद त्यही भएर होला सिन्धुली ढुंग्रेबासका यी कृष्णले हरेस खाएर माथिका वाक्य हामीलाई सुनाएका।

थापा बल्खुस्थित तरकारी बजारमा भारी बोक्दै आएका थिए। भारी बोकेको पैसाले जेनतेन गुजारा चल्दै थियो। कोरोना माहामारी सुरू भएकाले निषेधाज्ञा लगाउने हल्ला उनले पनि नसुनेका हैनन्। ‘लकडाउन हुन्छ भन्‍ने त सुनेको थिएँ। घर जाम त भन्दाभन्दै कसकसो भयो जानै पाइएन,’ थापाले सुनाए।

भारी बोकेर जेनतेन गुजारा चलाएका उनको मुखमा माड लाग्‍न अब गाह्रो भयो।

‘उठ जोगी फट्कार छाला, जहाँ जाला त्यही खाला’ भनेझैं कतै सहयोगी मनहरूले खाना खुवाउँछ भन्‍ने सुनेका उनी यही मेसोमा खाना खाने ठाउँ खोज्दै थापाथली पुगेका थिए। निषेधाज्ञा सुरु भएदेखि बिहान-बेलुकाको खाना उनी प्रसूतिगृह नजिकको चौरमा खाँदै आएका छन्।

खाना त यहाँ खानुहुन्छ, अनि कोठाभाडा तिर्ने पैसाचाहिँ कहाँबाट जुटाउनुहुन्छ?

Ncell 2
Ncell 2

उनले आफ्नो वास्तविकता ओकले- त्यही तरकारी बजारमा कार्टुन ओच्छ्याएर सुत्छु, कल्लाई तिर्नुपरो र भाडा!

खाना खाइसकेपछि उनी हिँड्दै आफ्नो गन्तव्य, उही तरकारी बजारतिर जाने बताए। बल्खु-थापाथली, थापाथली-बल्खु गर्दै एक सातादेखि उनको दैनिकी बित्दै आएको छ।

०००

बुधबार दिउँसो साढे ३ बजेतिर प्रसूतिगृह नजिक बागमती नदी छेवैको चौरमा थापाजस्तै झण्डै ५० जना भूइँमा बसेर खाना खाँदै थिए। गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष तथा समाजसेवी इन्दिरा रानामगरले यसरी काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँमा खाना खुवाउन थालेको आज ३८६ दिन भयो। हाम्रो टिम नेपालमार्फत् कोरोनाका कारण लगाइएको लकडाउनदेखि असहाय, मजदुर, गरिबहरूलाई खाना खुवाउँदै आएकी रानामगर अहिले पनि निरन्तर यो कर्ममै छिन्। उनले अहिले दैनिक चार/पाँच सय जनालाई यसैगरी खाना खुवाइरहेकी छन्।

बुधबार पनि उनी सधैंझैँ ट्याक्सीमा खानाको प्याक लिएर दिउँसो ३ बजे थापाथलीको चौरमा पुगिन्। र, सबैलाई एक/एक प्याकेट खाना बाँडिन्।

धरानकी लीना कार्की खुट्टा खोच्याउँदै चौरको एक छेउमा बसेर खाना खाइन्। उनी काठमाडौंमा ज्यामी काम गर्थिन्। करिब दुई महिनाअघि इँटाले लागेको खुट्टा अहिलेसम्म ठीक भएको रहेनछ। सुन्‍निएको खुट्टा देखाउँदै कार्कीले भनिन्, ‘यही खुट्टाले दु:ख दिएर काम गर्न सकिनँ। आमा (इन्दिरा)ले नै दबाइ गर्दिनुभएको छ। अझै ठीक भएन।’

निषेधाज्ञा सुरू भएपछि काम पनि नपाइने र खुट्टाले पनि दु:ख दिएपछि उनी पनि केही दिनदेखि रानामगरले नै सञ्चालन गरेको खाना अभियानमा सामेल भएर खाना खाँदै आएकी छन्।

कार्कीजस्तै खुट्टाको समस्याले काम गर्न नसकेपछि ध्रुवप्रसाद पाण्डेको दम्पतीले पनि इन्दिराको टिमले बाँड्ने खाना खाँदै आएका छन्। पाण्डेको एक वर्षभन्दा अघि दुर्घटनामा परेपछि खुट्टाले राम्रोसँग काम गर्न सकेन। त्यही कारण गत वर्षदेखि यसैगरी हाम्रो टिम नेपालले बाँड्ने खाना खाँदै आएको उनले बताए।

हाम्रो टिमले निषेधाज्ञासँगै रोजगारी गुमाएकाहरूलाई बिहान ९ बजे र दिउँसो ३ बजेदेखि खाना खुवाउँदै आएको छ।

असहाय, बेरोजगारहरूको व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेको राज्य निरीह छ। धन्‍न, इन्दिरा जस्ता मनकारीहरूका कारण बेरोजगार मजदुरहरूले पेट भर्न पाइरहेका छन्।

आफ्नो दायित्वबाट पन्छिने राज्यलाई इन्दिराको काम एउटा गतिलो झापट नै हो। तर, त्यस्तो महसुस गर्ने राज्य भए त..!

‘सहयोग पनि आउँदैन, अब सक्दिन भन्दा घरै घेर्न पुग्छन्’

वैशाख ४ गते झापा जानुपर्ने भएकाले ६ दिनसम्म खाना अभियान रोकियो। म झापाबाट फर्केर आउँदा मेरो घरै घेर्न आइपुगे। त्यसपछि फेरि खाना अभियान सुरू गरेँ। लकडाउन हुने भएपछि सबै स्टाफहरू घर जाने भए। काठमाडौंमा भएका पनि अहिले डराएर पहिलाजस्तो बाहिर हिँडेका छैनन्।

इन्दिरा रानामगर, अध्यक्ष, बन्दी सहायता नेपाल

पहिला मान्छेहरूमा मानवीयता थियो। कसैलाई दु:ख पर्‍यो भने केही गरौं भन्‍ने भावना थियो। अहिले त्यो सोचाइ छैन। सबैजना त्रासमा देखिन्छ। हामीलाई ‘फन्डिङ’ नआएको पनि धेरै भयो। केटीएम रोटरी क्लब र ज्येष्ठ डाक्टरले दिएको रकमबाट एक लाख जनालाई खुवाइयो। अरू अन्त सहयोग मागेर जम्मा पाँच लाख पाँच हजारलाई वैशाख ४ गतेसम्म खुवाइएछ।

फेरि, बीचमा मान्छे आएर चामल, दाल सहयोग गर्न थालेका छन्। तर, पहिलाको जस्तो सहयोग छैन। ३० लाख अफिसबाट खर्च भएको छ। नेपाली घरका राजु श्रेष्ठसँग मैले सहयोग मागेपछि १० बोरा चामल, एक कार्टुन तेल, आधा बोरा आलु सहयोग दिनुभयो। सब्जी पसलका भाइहरूले पनि मलाई आमा भन्छन्। लु छोराहरू फेरि फ्रिमा मलाई सब्जी चाहियो भनेपछि उहाँहरूले पनि सहयोग गर्नुभएको छ।

तर, पहिलाजस्तो छैन। अहिले यिनीहरूले धेरै अत्याएका छन्। एकजनाले नै दुई/तीन वटा प्याक माग्छन्। मैले एउटालाई मात्रै दुई वटा दिएँ भने अर्कोले पनि माग्छ। त्यो गर्दा हिजोमात्रै तीन पटक पकाउनुपर्‍यो। रातिसम्म खुवाइयो। प्रहरी पनि छक्क परे कति कुद्नुहुन्छ भनेर।

पहिला ‘बर्थडे’ मनाउनेले पनि सहयोग गर्थे। अहिले त्यो छैन। म आफैं माग्दै हिँडुनुपरेको छ। जे सक्नुहुन्छ सहयोग गर्नुस् म पकाएर खुवाउँछु भनेर खुवाउँदै आएको छु। हामीसँग फन्डिङ छैन। ट्याक्सीको भाइलाई भने अफिसबाट तिर्ने गरी मिलाइएको छ।

अहिलेको यो त्रासपूर्ण वातावरणमा सरकारले झन् धेरै ध्यान दिनुपर्नेमा दिएको देखिँदैन। अहिले सरकारले चामल दिएको छैन, पहिला दिएको थियो। हामीलाई गाह्रो भयो। ३८६ दिन खुवाइसकेपछि मैले अब हामी रोक्छौं भनेकी थिएँ। एउटी महिलाले रूँदै भन्‍नुभयो- मेरो त घर पनि छोरालाई साइन गरेर दिएँ। छोराले मलाई निकालिदियो। श्रीमान् पनि प्रेसर भएर खस्नुभयो। कसरी बाँच्ने भन्‍नुभयो। त्यसपछि मनले मानेन र रोक्न सकिनँ।

अघिल्लो वर्ष त सरकारले पनि खुवाएको थियो नागरिकता हुनेलाई। अहिले त्यो छैन। नागरिकता भएकै सडकमा आएका छन्। पहिला यसरी खाना वितरण गर्दा सरकारी निकायबाटै रोक लगाएको थियो, अहिले त्यो चाहिँ छैन।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्