• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रोगसँगै भोकको चिन्ता : अब आमाले खाना खुवाउने यत्ति नै त होला!

64x64
नारायण अधिकारी बिहीबार, वैशाख २३, २०७८  ०७:०५
1140x725

काठमाडौं- ‘अब हेर्नुस्, यो पाला त पहिलाको जस्तो रहेन। एल्ले धेरैलाई लपेट्छ। अरू त बाँच्लान्, हामी झुत्रेलाई कसले बचाउँछ? अब यी आमाले हामीलाई खाना खुवाउने पनि यत्ति नै हो कि जस्तो पो लाग्छ,’ उनको चिन्ता थियो, ‘अरू त बाँच्लान्, कोरोना लागेपछि हामी जस्ताले मर्ने नै हो। त्यसपछि यी आमाले कसलाई खाना खुवाउँछिन्?’

प्रसूतिगृह नजिकको चौरमा खाना खाइसकेपछि सायद मुखमा अड्केका सिता निकाल्न होला, औंला मुखमा घुसार्दै डस्टबिन छेउमा थुक्न आइपुगे कृष्ण थापा। ५३ हिउँद-बर्खा खेपेका उनको शरीर हल्का काम्दो थियो। उनले प्रष्टीकरण दिए- ‘रक्सी खायो भन्‍नुभा होला बिमारले हो कामेको।’

सायद त्यही भएर होला सिन्धुली ढुंग्रेबासका यी कृष्णले हरेस खाएर माथिका वाक्य हामीलाई सुनाएका।

थापा बल्खुस्थित तरकारी बजारमा भारी बोक्दै आएका थिए। भारी बोकेको पैसाले जेनतेन गुजारा चल्दै थियो। कोरोना माहामारी सुरू भएकाले निषेधाज्ञा लगाउने हल्ला उनले पनि नसुनेका हैनन्। ‘लकडाउन हुन्छ भन्‍ने त सुनेको थिएँ। घर जाम त भन्दाभन्दै कसकसो भयो जानै पाइएन,’ थापाले सुनाए।

भारी बोकेर जेनतेन गुजारा चलाएका उनको मुखमा माड लाग्‍न अब गाह्रो भयो।

‘उठ जोगी फट्कार छाला, जहाँ जाला त्यही खाला’ भनेझैं कतै सहयोगी मनहरूले खाना खुवाउँछ भन्‍ने सुनेका उनी यही मेसोमा खाना खाने ठाउँ खोज्दै थापाथली पुगेका थिए। निषेधाज्ञा सुरु भएदेखि बिहान-बेलुकाको खाना उनी प्रसूतिगृह नजिकको चौरमा खाँदै आएका छन्।

खाना त यहाँ खानुहुन्छ, अनि कोठाभाडा तिर्ने पैसाचाहिँ कहाँबाट जुटाउनुहुन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफ्नो वास्तविकता ओकले- त्यही तरकारी बजारमा कार्टुन ओच्छ्याएर सुत्छु, कल्लाई तिर्नुपरो र भाडा!

खाना खाइसकेपछि उनी हिँड्दै आफ्नो गन्तव्य, उही तरकारी बजारतिर जाने बताए। बल्खु-थापाथली, थापाथली-बल्खु गर्दै एक सातादेखि उनको दैनिकी बित्दै आएको छ।

०००

बुधबार दिउँसो साढे ३ बजेतिर प्रसूतिगृह नजिक बागमती नदी छेवैको चौरमा थापाजस्तै झण्डै ५० जना भूइँमा बसेर खाना खाँदै थिए। गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष तथा समाजसेवी इन्दिरा रानामगरले यसरी काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँमा खाना खुवाउन थालेको आज ३८६ दिन भयो। हाम्रो टिम नेपालमार्फत् कोरोनाका कारण लगाइएको लकडाउनदेखि असहाय, मजदुर, गरिबहरूलाई खाना खुवाउँदै आएकी रानामगर अहिले पनि निरन्तर यो कर्ममै छिन्। उनले अहिले दैनिक चार/पाँच सय जनालाई यसैगरी खाना खुवाइरहेकी छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबार पनि उनी सधैंझैँ ट्याक्सीमा खानाको प्याक लिएर दिउँसो ३ बजे थापाथलीको चौरमा पुगिन्। र, सबैलाई एक/एक प्याकेट खाना बाँडिन्।

धरानकी लीना कार्की खुट्टा खोच्याउँदै चौरको एक छेउमा बसेर खाना खाइन्। उनी काठमाडौंमा ज्यामी काम गर्थिन्। करिब दुई महिनाअघि इँटाले लागेको खुट्टा अहिलेसम्म ठीक भएको रहेनछ। सुन्‍निएको खुट्टा देखाउँदै कार्कीले भनिन्, ‘यही खुट्टाले दु:ख दिएर काम गर्न सकिनँ। आमा (इन्दिरा)ले नै दबाइ गर्दिनुभएको छ। अझै ठीक भएन।’

निषेधाज्ञा सुरू भएपछि काम पनि नपाइने र खुट्टाले पनि दु:ख दिएपछि उनी पनि केही दिनदेखि रानामगरले नै सञ्चालन गरेको खाना अभियानमा सामेल भएर खाना खाँदै आएकी छन्।

कार्कीजस्तै खुट्टाको समस्याले काम गर्न नसकेपछि ध्रुवप्रसाद पाण्डेको दम्पतीले पनि इन्दिराको टिमले बाँड्ने खाना खाँदै आएका छन्। पाण्डेको एक वर्षभन्दा अघि दुर्घटनामा परेपछि खुट्टाले राम्रोसँग काम गर्न सकेन। त्यही कारण गत वर्षदेखि यसैगरी हाम्रो टिम नेपालले बाँड्ने खाना खाँदै आएको उनले बताए।

हाम्रो टिमले निषेधाज्ञासँगै रोजगारी गुमाएकाहरूलाई बिहान ९ बजे र दिउँसो ३ बजेदेखि खाना खुवाउँदै आएको छ।

असहाय, बेरोजगारहरूको व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेको राज्य निरीह छ। धन्‍न, इन्दिरा जस्ता मनकारीहरूका कारण बेरोजगार मजदुरहरूले पेट भर्न पाइरहेका छन्।

आफ्नो दायित्वबाट पन्छिने राज्यलाई इन्दिराको काम एउटा गतिलो झापट नै हो। तर, त्यस्तो महसुस गर्ने राज्य भए त..!

‘सहयोग पनि आउँदैन, अब सक्दिन भन्दा घरै घेर्न पुग्छन्’

वैशाख ४ गते झापा जानुपर्ने भएकाले ६ दिनसम्म खाना अभियान रोकियो। म झापाबाट फर्केर आउँदा मेरो घरै घेर्न आइपुगे। त्यसपछि फेरि खाना अभियान सुरू गरेँ। लकडाउन हुने भएपछि सबै स्टाफहरू घर जाने भए। काठमाडौंमा भएका पनि अहिले डराएर पहिलाजस्तो बाहिर हिँडेका छैनन्।

इन्दिरा रानामगर, अध्यक्ष, बन्दी सहायता नेपाल

पहिला मान्छेहरूमा मानवीयता थियो। कसैलाई दु:ख पर्‍यो भने केही गरौं भन्‍ने भावना थियो। अहिले त्यो सोचाइ छैन। सबैजना त्रासमा देखिन्छ। हामीलाई ‘फन्डिङ’ नआएको पनि धेरै भयो। केटीएम रोटरी क्लब र ज्येष्ठ डाक्टरले दिएको रकमबाट एक लाख जनालाई खुवाइयो। अरू अन्त सहयोग मागेर जम्मा पाँच लाख पाँच हजारलाई वैशाख ४ गतेसम्म खुवाइएछ।

फेरि, बीचमा मान्छे आएर चामल, दाल सहयोग गर्न थालेका छन्। तर, पहिलाको जस्तो सहयोग छैन। ३० लाख अफिसबाट खर्च भएको छ। नेपाली घरका राजु श्रेष्ठसँग मैले सहयोग मागेपछि १० बोरा चामल, एक कार्टुन तेल, आधा बोरा आलु सहयोग दिनुभयो। सब्जी पसलका भाइहरूले पनि मलाई आमा भन्छन्। लु छोराहरू फेरि फ्रिमा मलाई सब्जी चाहियो भनेपछि उहाँहरूले पनि सहयोग गर्नुभएको छ।

तर, पहिलाजस्तो छैन। अहिले यिनीहरूले धेरै अत्याएका छन्। एकजनाले नै दुई/तीन वटा प्याक माग्छन्। मैले एउटालाई मात्रै दुई वटा दिएँ भने अर्कोले पनि माग्छ। त्यो गर्दा हिजोमात्रै तीन पटक पकाउनुपर्‍यो। रातिसम्म खुवाइयो। प्रहरी पनि छक्क परे कति कुद्नुहुन्छ भनेर।

पहिला ‘बर्थडे’ मनाउनेले पनि सहयोग गर्थे। अहिले त्यो छैन। म आफैं माग्दै हिँडुनुपरेको छ। जे सक्नुहुन्छ सहयोग गर्नुस् म पकाएर खुवाउँछु भनेर खुवाउँदै आएको छु। हामीसँग फन्डिङ छैन। ट्याक्सीको भाइलाई भने अफिसबाट तिर्ने गरी मिलाइएको छ।

अहिलेको यो त्रासपूर्ण वातावरणमा सरकारले झन् धेरै ध्यान दिनुपर्नेमा दिएको देखिँदैन। अहिले सरकारले चामल दिएको छैन, पहिला दिएको थियो। हामीलाई गाह्रो भयो। ३८६ दिन खुवाइसकेपछि मैले अब हामी रोक्छौं भनेकी थिएँ। एउटी महिलाले रूँदै भन्‍नुभयो- मेरो त घर पनि छोरालाई साइन गरेर दिएँ। छोराले मलाई निकालिदियो। श्रीमान् पनि प्रेसर भएर खस्नुभयो। कसरी बाँच्ने भन्‍नुभयो। त्यसपछि मनले मानेन र रोक्न सकिनँ।

अघिल्लो वर्ष त सरकारले पनि खुवाएको थियो नागरिकता हुनेलाई। अहिले त्यो छैन। नागरिकता भएकै सडकमा आएका छन्। पहिला यसरी खाना वितरण गर्दा सरकारी निकायबाटै रोक लगाएको थियो, अहिले त्यो चाहिँ छैन।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्