काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधबारदेखि एक साता थपिएको छ। कोरोनाभाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न १६ वैशाख बिहानदेखि जारी निषेधाज्ञा एकसाता थपिएको हो।
योपटकको निषेधाज्ञामा अघिल्लो हप्ताभन्दा कडाइ गरिएको छ। खाद्यान्न तथा फलफूल पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न दिइएको छ।
सवारी चेकिङलाई पनि कडा पारिएको छ। बुधबारदेखि सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ।
प्रहरीले पासबिनाका सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राख्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।