• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको मारमा फिल्म : निषेधाज्ञापछि रोकिए छायांकन, राजधानीबाहिर भने जारी

64x64
पुष्पा थपलिया आइतबार, वैशाख १९, २०७८  ०७:०२
1140x725
फिल्म  ‘आँधी तुफान-२’ काे छयांकन टोली।

काठमाडौं- कोरोना भाइरस संक्रमण (कोभिड-१९) महामारीका कारण धराशायी बनिरहेको नेपाली फिल्म क्षेत्र कोभिडको दोस्रो लहरबाट झन् मर्कामा पर्ने देखिएको छ। संक्रमण बढेसँगै काठमाडौं उपत्यकासहित विभिन्‍न जिल्लामा निषेधाज्ञा जारी छ।

निषेधाज्ञा सुरू भएसँगै छायांकनमा गएका फिल्महरू पनि प्रभावित बनेका छन्। लकडाउन खुला गरिएको समयमा चलचित्र क्षेत्रलाई चलायमान गराउने भन्दै करिब एक दर्जन नयाँ फिल्मको निर्माण घोषणा गरिको थियो। जसमध्ये केही घोषणामै सीमित भए पनि आधा दर्जन फिल्मले शुभ मुहूर्तसमेत गरिसकेका थिए।

छायांकनमा जाने मिति घोषणा गरेका फिल्महरूमा ‘तिमीसँगै हुने मन छ’, ‘आँधी तुफान-२’, ‘बाबरी’, ‘प्रेमगञ्‍ज’, ‘गोर्खा वारियर-२’, ‘अभियान’, ‘अनन्त’, ‘जार’, ‘क्रस रोड्स- कथा तिम्रो र मेरो’ लगायत छन्।

रोकिए छायांकन
कोरोना संक्रमणको जोखिम बढेका कारण निर्देशक दिवाकर भट्टराईले चलचित्र ‘तिमीसँगै हुने मन छ’ को छायांकन स्थगित गरे। उनले वैशाख ५ गतेबाट फिल्म छायांकनमा जाने बताएका थिए।

भारतीय कलाकार मात्रै हैन, प्राविधिकसमेत उतैबाट ल्याएका भट्टराईले फिल्म छायांकन नगरी सबैलाई फिर्ता पठाए। भारतबाट १२ जनाको टोलीलाई झन्डै एक महिना भट्टराईले खर्च गर्नुपरेको थियो।

‘फिल्मको छायांकन पोखरामा गर्ने तयारी थियो तर, गण्डकी प्रदेशमा कोरोनाको जोखिम उच्च देखिएकाले कलाकार रोहित सुचान्तीसहित सम्पूर्ण प्राविधिक टिमलाई भारत फिर्ता पठाउनुपर्‍यो,’ उनले भने।

उताबाट आएको टोली नेपालमा २० दिन बस्यो। जेठदेखि फेरि छायांकनमा जाने भनेर रोकिएको फिल्मको भविष्य अहिलेको अवस्थाले अन्योलमा पुर्‍याएको भट्टराइले बताए।

त्यस्तै, एक हप्ता पहिलेदेखि छायांकनमा गएको फिल्म ‘आँधी तुफान-२’ ले पनि छायांकन रोकेको छ। सरकारको निषेधाज्ञाको पालना गर्दै छयांकन रोकिएको फिल्मकी निर्मात्री तथा लेखक मौनता श्रेष्ठले जानकारी दिइन्।

nimb
nimb
Ncell 2
Ncell 2
फिल्म 'कबड्डी ४' को छयांकन टोली।

फिल्मको छायांकन १५ गतेदेखि रोकेको श्रेष्ठले बताइन्। निर्माण टोलीले फिल्मको २५ प्रतिशत छायांकन भने सकिसकेको छ। अब निषेधाज्ञा खुल्नेबित्तिकै छायांकनमा जाने श्रेष्ठको भनाइ छ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रूपमा यो फिल्म बन्‍न लागेको थियो। यसमा पनि बलिउडको ‘साहो’ फिल्ममा खलनायकको भूमिका निभाएका कनिज कोइरालाको अभिनय रहेको छ।

यसैगरी छायांकन रोकिएको फिल्मको सूचीमा अटाएको छ, घिन्ताङ। आठ वर्षसम्म नेपाली फिल्म क्षेत्रबाट बिलाएका दीपक श्रेष्ठले बल्ल फिल्म बनाउन आँटेका थिए। दूर्भाग्य, लामो समय नायिकाको खोजीमै बिताएका श्रेष्ठलाई अहिले फेरि कोरोनाले धोका दियो।

सुरूमा एलिजा गौतमलाई नायिका लिएका श्रेष्ठको घिन्ताङमा एलिजाले हस्ताक्षर गरेर पनि काम गरिनन्। व्यक्तिगत कारण देखाउँदै उनी बाहिरिइन्। त्यसपछि श्रेष्ठले लक्ष्मी बर्देवालाई नायिका भित्र्याए, तर उनी पनि धेरै दिन टिकिनन्। छायांकनमा जाने समयमा अर्को फिल्मको प्रस्ताव स्वीकार गर्दै बर्देवाले घिन्ताङ छाडिन्। 

त्यसपछि केकी अधिकारीले फिल्ममा हस्ताक्षर गरेकी थिइन्। छायांकनमा जाने समयमा उनको रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखायो र छायांकन स्थगित भयो। फिल्म निर्माण टोली छायांकनस्थल काभ्रेको पनौती पुगेर फर्केको थियो।

यस्तै, असोज १५ मा प्रदर्शन हुने मिति तोकिसकेको फिल्म 'कबड्डी ४' को अवस्था पनि अन्योलमा छ। वैशाख १५ गतेबाट छायांकनमा जाने भन्दै फिल्मको शुभमुहूर्त गरिएको थियो। निषेधाज्ञासँगै यो फिल्मको छायांकन पनि रोकिएको छ।

राजधानीबाहिर पुगेका फिल्मको छायांकन जारी 
केही फिल्मलाई भने कोभिड-१९ ले छुन सकेको छैन। ती फिल्मको अहिले पनि छायांकन चलिरहेको छ। विशेषतः छायांकनको सिलसिलामा उपत्यकाबाहिर पुगेका फिल्म युनिटले कामलाई निरन्तरता दिएका हुन्।

वैशाख ६ गतेदेखि छायांकनमा गएको फिल्म ‘बाबरी’ ले काम जारी राखेको छ। झापाको बुधबारेमा फिल्म छायांकनको काम भइरहेको यसका निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिएका छन्।

विभिन्‍न ठाउँको छायांकन सक्काउँदै यो टोली झापाको बुधबारे पुगेको र त्यता कोभिडको जोखिम नभएकाले छायांकन जारी राखिएको पौडेलले बताए।

यस्तै फिल्म ‘प्रेमगञ्‍ज’ ले पनि छयांकनको काम जारी राखेको छ। छायांकनको सिलसिलमा काभ्रे जिल्ला पुगेको फिल्म ‘प्रेमगञ्‍ज’ ले निषेधाज्ञाको समयमा पनि काम रोकेको छैन।

निर्माण टोलीले काभ्रेमा मात्रै अझै एक साता काम गर्ने जनाएको छ। काभ्रेको काम सकिएपछि भने काठमाडौंमा छायांकनका लागि समय तालिका मिलाइएको थियो। काठमाडौंको समय तालिका भने प्रभावित भएको फिल्मका निर्देशक परिच्छेद सेनले जानकारी दिएका छन्।

काभ्रेमा भएको छायांकनमा पनि सुरक्षाका सबै सावधानी अपनाएरै काम भइरहेको निर्माण टोलीले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? आइतबार, भदौ ७, २०८३
सरकार र लघुवित्त ऋणीबीच सहमति, मानव अधिकार आयोग अगाडिको धर्ना स्थगित आइतबार, भदौ ७, २०८३
ठूला सिँचाइ आयोजना रोजगारी र पलायन रोक्ने आधार बन्न सक्छन् : श्रेष्ठ आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्