• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बाँकेमा भयावह बन्दै कोरोना संक्रमणकाे अवस्था, अस्पतालमा छैनन् बेड

९० प्रतिशत संक्रमित लक्षणसहितका, अक्सिजनसहितको बेड अभाव
64x64
कल्पना पौडेल शुक्रबार, वैशाख १०, २०७८  १०:४५
1140x725

काठमाडौं– बाँकेमा सक्रिय संक्रमितको संख्या बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। बाँकेमा हाल एक हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन्।  यीमध्ये ११ सय बढी संक्रमित होम आइसोलेसन रहेका छन्। अन्यलाई भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसनमा राखिएको छ।

बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा कोभिडका लक्षण भएका गम्भीर बिरामीको उपचारका लागि कोभिड युनिट छुट्याइएको छ। तर, दुबै अस्पतालका बेड बिरामीले भरिएपछि नयाँ पुष्टि भएका गम्भीर बिरामीको कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको हो। भेरी अस्पतालमा उपचाररत ४६ र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २९ कोरोना संक्रमितको अवस्था जटिल रहेको बताइएको छ।

भेरीमा संक्रमितका लागि बनाइएको १४२ वेड पूर्ण रुपमा भरिएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट डा प्रकाश थापाले बताए। हरेक दिन ३ सयभन्दा बढी संक्रमित पुष्टि भइरहेको भन्दै उनले नयाँ बिरामीको उपचारका लागि बेड नभएको बताए। ‘स्थिति नियन्त्रण बाहिर गइसक्यो। अस्पतालका सबै बेड भरिएका छन्,’ उनले भने, ‘जटिल प्रकारका बिरामी आउने क्रम जारी छ। त्यसैले हरेकले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी देखिन्छ।’

संक्रमणको स्थिति नियन्त्रण बाहिर गएकाले अस्पतालमा बिरामीले उपचार पाउने अवस्थाबाट बन्चित भएको बताउँदै उनले अस्पताल प्रशासनले मात्र केही गर्न नसक्ने दुखेको गरे। दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै बाँकेका स्थानीय तहले जिम्मेवारपूर्ण भूमिका नखेलेको समेत टिप्पणी हुन थालेको छ।

यता, नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा पनि बिरामी भरिएका छन्।  शिक्षण अस्पतालमा रहेको ३० बेडको कोभिड आइसियु पूर्ण रुपमा भरिएको छ। पछिल्लो समय कडा खालका लक्षण भएका बिरामी आउने क्रम जारी रहेकाले तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर थप गर्नुपर्ने अस्पतालका सहायक निर्देशक डा नितेश कनोडियाले बताए।

उनले संक्रमण नियन्त्रणका लागि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्र लकडाउन गर्नुको औचित्य नभएको टिप्पणी गरे। ‘स्थिति निकै भयाभह भइरहेको छ,’ उनले भने,‘बाँके मात्र होइन यो क्षेत्रमै कडा लकडाउन गरिहाल्नुपर्छ। उपमहानगरपालिका भित्रको लकडाउन पनि फितलो छ। यसरी संक्रमण रोक्न थप समस्या हुने देखिन्छ।’

तत्काल कडा लकडाउन गरी सिमानाकामा कडाइ, उपचारका लागि जनशक्ति, अक्सिजनसहितको बेड बढाउन उनले आग्रह गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अघिल्लो समय सामान्य लक्षण भएका संक्रमित बढी थिए। उपचारका लागि सबैलाई अक्सिजन आवश्यक परेको थिएन,’ उनले भने, ‘यसपटक कडा निमोनिया भई आउने गम्भीर प्रकृतिका बिरामी बढी छन्।’ पछिल्लो समय हरेक दिन परीक्षण गरिएका पिसिआर नमुनामध्ये ९० प्रतिशत पोजिटिव भइरहेको बताउँदै उनले कडा कदम नचाले अवस्था झन जटिल बन्ने बताए।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीले संक्रमण नियन्त्रणका अर्काको मुख ताकेर बस्ने बेला नभएको बताए। डिसिसिएमसीमा बजेट नभएकाले एम्बुलेन्स समेत संचालन गर्न नसकिएको दुखेको उनले गरे।  ‘अरुले गर्देला भन्ने समय नै छैन। पछिल्लो समय संक्रमण पुष्टि भएका मध्ये ९० प्रतिशत व्यक्तिमा लक्षण छ। हरेक पालिकामा अक्सिजन सहितको बेड  व्यवस्था गर्न सकियो भने भेरी र मेडिकल कलेजमा गम्भीर खालका बिरामी राख्न सकिन्थ्यो। हामीले आवाज उठाइरहेका छौँ तर सम्बन्धित निकाय तात्नुपर्‍यो,’ उनले भने।

उनले पछिल्लो समय उपचार हुन नसक्ने कारण रुघाखोकी र ज्वरोका लक्षण देखिएका व्यक्ति पिसिआर जाँच गराउन नआएको पनि बताए। उनले भने, ‘जाँच गराए पोजिटिव आयो भने उपचार पाइन्न भन्ने डर फैलन लागेको छ, यो झनै चिन्ताजनक अवस्था हो।’ समयमा संक्रमित पत्ता लगाइ आइसोलेट गर्न नसके उपचारको अभावमा ज्यान गुमाउनेको संख्या बढ्ने उनको भनाइ छ।

पछिल्लो २४ घण्टामा बाँकेमा तीन संक्रमितको ज्यान गएको सँगै मृतकको  संख्या ७० पुगेको छ।पालिका तहमै पर्याप्त मात्रामा अक्सिजनसहितको बेड व्यवस्थापन गरी आइसोलेसन निर्माण गरिनुपर्ने माग उठिरहे पनि स्थानीय पालिका, जिल्लामा भएका सरकारी निकाय मात्र होइन स्वास्थ्य मन्त्रालयले समेत  बेवास्ता गरेको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भेरी अस्पतालका मेसु थापा, मेडिकल कलेजका सहायक निर्देशक कनोडियाले अस्पतालमा थप गम्भीर बिरामी आए पनि उपचार गर्न राख्न नसकिने भएकाले तत्काल थप व्यवस्थाका लागि सरकार, स्थानीय निकाय, सरोकारवालसँग आग्रह गरेका छन्।

जिल्ला प्रशासन बाँकेले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लक डाउन गरेको छ। स्वास्थ्य मन्त्रालयले ५ सय बढी सक्रिय संक्रमित भए सो क्षेत्रमा लकडाउन गर्न सक्ने अधिकार जिल्ला प्रशासनलाई दिएको छ। संक्रमितको संख्या बाँके जिल्लाभर बढिरहेको अवस्था समस्या थप जटिल बन्दै गएको छ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्