• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजेट २०७८/७९ कस्तो आउँदैछ बजेट, प्राथमिकतामा के के छन्?
64x64
नेपाल लाइभ बुधबार, वैशाख ८, २०७८  १५:२९
1140x725

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा अर्थमन्त्रालयका उच्चपदस्थ कर्मचारी अहिले बजेट तयारीको क्रम छन्। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणसँगै अर्थ मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल तथा सुझाव संकलनको काम तिब्रताका साथ गरिरहेको छ।

अन्य मन्त्रालयहरू पनि बजेटको विषयमा छलफल गरिरहेका छन्। साथै, संघीय संसद्को अर्थसमितिले पनि अहिले निरन्तर रूपमा चालु आर्थिक वर्षको बजेट खर्च तथा नयाँ बजेटको प्राथमिताको विषयमा छलफल गरिरहेको छ।

‘बजेट निर्माणले अहिले तिब्रता पाएको छ,’ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘सरकारले राष्ट्रिय प्राथमिकता र कोभिडले धरासय पारेको अर्थतन्त्र पुनर्उत्थानमा सहयोग पुग्नेगरी बजेट आउँछ। बजेट कुनै एक विशेष वर्ग वा समुदायलाई लक्षित गरेर भन्दा पनि सम्रग नेपालको विकासलाई आधार बनाएर बजेट आउँछ।’

बजेट छलफलकै क्रममा मन्त्री पौडेलले मंगलबार मात्रै पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका थिए। पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा मंगलबार चार जना पूर्वअर्थमन्त्रीसँग छलफल तथा परामर्श गरेका हुन्। छलफलको क्रममा पूर्वअर्थमन्त्रीहरूले पपुलर बजेटको सट्टा राज्य कोषमा थप दायित्व थपिने गरी कुनै नयाँ कार्यक्रम नल्याउन सुझाव दिएको दिएका थिए।

‘कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण, खस्किएको अर्थतन्त्रलाई उकास्न प्याकेज घोषणा, विकासबजेट खर्चमा वृद्धि गर्नुपर्ने र राज्य कोषमा थप दायित्व थपिने गरी कुनै नयाँ कार्यक्रम नल्याउनु उचित हुन्छ,’ छलफलमा सहभागी पूर्वअर्थमन्त्री रामशरण महतले भने, ‘आकारमा ठूलो बजेटभन्दा पनि रियालिस्टिक बजेट ल्याउनुपर्‍यो। स्वास्थ्य क्षेत्र सुधार तथा कोभिड-१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बजेटको प्राथमिकतामा राखिनु पर्छ।’

छलफलकै क्रममा पूर्वअर्थमन्त्रीहरूले कोरोनाका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्नका लागि एकमुष्ठ प्याकेज घोषणा गर्नुपर्ने र पुँजीगत खर्च बढाउनका लागि उपाय खोज्नुपर्ने बताएका थिए। पूर्वअर्थमन्त्री शंकर कोइरालाले कोभिड-१९ महामारीबाट जनजीवन सहज र सुरक्षित बनाउनका लागि सरकारले नीति तथा कार्यक्रममा यो विषयलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए।

अहिले अर्थतन्त्र संकटमा भएका बेला सामाजिक सुरक्षालगायत थप दायित्व थप्न नहुने पनि उनीहरूको जोड थियो। बजेटमा 'हावा योजना'भन्दा पनि कार्यान्वयन गर्न सकिने खालका कार्यक्रम समेट्न पर्ने कांग्रेस नेता समेत रहेका महतको भनाइ थियो। महतले सामाजिक सुरक्षा भत्ता बढाउँदा स्रोतले धान्न नसक्ने र बढी पपुलर हुने प्रवृत्ति देखिएको बताए। उनले वास्तविक बजेट ल्याउन सुझाव दिएको बताए।

साथै, बजेट प्राथमिकताका विषयमा राजनीतिक दलसँग पनि छलफल शुरु गरेका छन्। यसैक्रममा बुधबार उनले जनता समाजवादी पार्टीका संघीय सांसदहरूसँग आगामी बजेटको प्राथमिकताका विषयमा छलफल गरेका छन्। छलफलका क्रममा जसपाका नेताहरूले स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु उचित हुने सुझाव दिएका छन्। छलफलमा सहभागी नेता लक्ष्मणलाल कर्णले आगामी बजेट मुलत: कोभिडले धरासयी पारेको अर्थतन्त्रसँगै चुरे संरक्षणमा पनि ध्यान दिनुपर्ने सुझाव दिइएको बताए। 

अर्थमन्त्री पाैडेलले जसपाका सांसदहरूले दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै बजेट निर्माणका क्रममा आफूले यसलाई समेट्ने प्रतिवद्धता  जनाएका थिए। 

केही समय अगाडि मात्रै अर्थ मन्त्रालयले पनि नयाँ कार्यक्रम भन्दा पनि अहिले चलिरहेको कार्यक्रमलाई  प्राथमिकता दिँदै बजेट निर्माण हुने प्रतिबद्धता गरेको थियो। बजेटले पहिलो प्राथमिकता स्थास्थ्य क्षेत्रलाई  नै दिनु पर्ने पूर्वअर्थसचिव शंकर अधिकारी बताउँछन्। सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषय र खोप व्यवस्थापनको विषयलाई पहिलो प्राथमितामा राखेर बजेट आउनुपर्ने अधिकारी बताउँछन्।

कोरोनाबाट प्रभावित अर्थतन्त्र बलियो बनाउन सबैभन्दा पहिले संघीय संरचनालाई पनि छरितो बनाउनपर्ने अधिकारी बताउँछन्। ‘संघीय संरचनालाई बलियो बनाउने गरी नीतिगत व्यवस्था बनाउनु पर्छ,’ अधिकारीले भने, ‘सांसदहरूमार्फत् खर्च हुने बजेट छ। त्यसलाई कटौती गर्नुपर्छ। किनकी, अहिले स्थानीय तहहनै सक्रिया रहेका करण उनीहरूमार्फत् नै काम गर्नु पर्छ।

पूर्वअर्थसचिव शंकर अधिकारी। फाइल तस्बिर।

बजेट आकार बढाउने प्रवृत्ति बढेको छ। बजेटको आकार धेरै असन्तुलित हुन नहुने अधिकारीको तर्क छ। ‘बजेट सन्तुलित नै हुनुपर्छ’, अधिकारीले भने, ‘कोरोनाको लहर बढ्दो छ। लकडाउन गर्ने अवस्था नभएको समयमा अर्थतन्त्रको चलायमान बढ्दै जान्छ।’

विकास खर्च बढाउका लागि आयोजनाहरूमा सही तवरबाट खर्च गनुपर्ने अधिकारीले बताए। बजेट तय गर्दा कार्यान्वयन गर्न सकिने खालका आयोजनामा मात्रै बजेट तय हुनुपर्ने र खर्च गर्न नसकिने आयोजनामा नाम मात्रै राखेर बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ।

प्रोजेक्ट बैंकलाई यथार्थमा कार्यान्वयन हुनुपर्ने उनको तर्क छ। पूर्वतयारी भएको योजनाहरूमा मात्रै बजेट विनियोजन गर्नुपर्ने हुन्छ। जसले पुँजीगत खर्च पनि बढी हुने अवस्था आउने अधिकारीले नेपाल लाइभसँग बताए।

तर, अहिलको अवस्थामा सामाजिक सुरक्षा भत्ता बढाउने भने पनि दिगो खालको सामाजिक सुरक्षामा जोड दिनुपर्ने उनले बताए। अहिलको अवस्था भत्ता बढाउने सक्ने स्रोत नहुने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली,नेप्से परिसूचक फेरि २७०० माथि सेयर बजारमा हरियाली आएसँगै बुधबार २२ अंकले बढ्दै २७०५ विन्दुमा पुगेर रोकिएको छ। आज कारोबारका आधारमा ७ अर्ब ४५ करोडमा मूल्य बराबरको स... बुधबार, असार २५, २०८२
जापानद्वारा  ‘जेडियस’ परियोजनाका लागि पाँच सय ७२ मिलियन जापानी येन अनुदान प्रदान अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो। जापान सरकार... बुधबार, असार २५, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
कुलपति समक्ष उपकुलपति अर्यालले लिए सपथ बुधबार, असार २५, २०८२
बाढीविद् : रसुवामा बाढीको कारण पत्ता लगाउन समस्या देखियो बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्