काठमाडाैं- गायन रियालिटी शो 'द भोइस अफ नेपाल'मा आफ्नो गायिकीमार्फत् धेरैको मन जित्न सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो 'किन मायामा’ सार्वजनिक गरेका छन्।
गीतमा गोपाल लोहारको शब्द रहेको छ भने वसन्त सापकोटाको संगीत रहेको छ।
यस गीतलाई बिशम आचार्यले संगीत संयोजन गरेका हुन्। त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभातपल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ।
श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्। श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।