काठमाडौं– डलरसहित विभिन्न देशका नक्कली नोट लिएर नेपालको क्यासिनोमा जुवा खेल्न आएका जोर्डनका एक नागरिक पक्राउ परेका छन्। ६६ वषिय माजिन अब्दिलजबार तलेब अलािपकमेहलाई महानगरीय अपराध महाशाखाले सोमबार विमानस्थलमा पक्राउ गरेको हो।
उनको साथबाट ६८ सय नक्कली अमेरिकन डलर बरामद भएको छ । त्यस्तै साढे १२ हजार साउदी रियाल र भिसा ट्राभलर चेक पनि प्रहरीले बरामद गरेको छ।
एक क्यासिनोमा गएर नक्कली डलर दिएर उनले उनले नेपाली रुपैयाँ साटी जुवा खुलेका थिए। सोही सूचनाका आधारमा पछ्याउदै अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो। उनीसँग च्यातिएका नोटहरु समत प्रहरीले बरामद गरेको छ।
स्वदेश फर्कने क्रममा उनी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।