• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन १४, २०८३ Thu, Jul 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

हामी तंग्रिन शुरु भएका मात्रै हौं, हिँड्न वा दौडिन थालिसकेका छैनौं

शेखर गोल्छा शनिबार, चैत २८, २०७७  १८:१३
1140x725

हामीले कहिल्यै नभोगेको महामारी कोभिडले निम्त्याएको आर्थिक र सामाजिक जोखिम व्यहोर्न बाध्य भयौं। जोखिम यस्तो कि जसले घरभित्रै कैद गर्‍यो। हाम्रा सामाजिक सम्बन्धहरू खल्बलिए। अर्थतन्त्रमा ऐतिहासिक गिरावट आयो। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार पनि करिब ९६ प्रतिशत उद्योग व्यवसाय पोहर साल यतिबेला बन्द थिए।  

अनौपचारिक क्षेत्रमा काम गर्नेहरू सबै कामविहीन बने। राजधानी वा अन्य शहरहरू पसेका अधिकांश मानिस हातमुख जोर्न गाउँ फर्किन बाध्य भए। हामी तमाम उद्योग वाणिज्य र वस्तुगत संघहरू एवं व्यवसायीले काम विहीनहरूको आवागमन र अन्य आवश्यकता पुरा गर्न सहयोग गर्‍याैं। 

कठिन समय भएपनि उपभोग्य सामानको उत्पादन र वितरणलाई हामीले अवरुद्ध हुन दिएनौं। जसले गर्दा आमसर्वसाधारणले लकडाउनका कारण अभाव भोग्नु परेन। तथापि, धेरै उद्यम बन्द हुदा समग्र अर्थतन्त्रमा भने नकारात्मक असर पर्‍यो। गत आर्थिक वर्षमा अर्थतन्त्र दुई प्रतिशतले संकुचित भयो। यस वर्षको पहिलो त्रैमासिकमा पनि साढे ४ प्रतिशतले अर्थतन्त्र ऋणात्मकनै रह्यो। 

तर, दोस्रो त्रैमासदेखि अर्थतन्त्र तंग्रिन थालेको छ। गतवर्ष महामारी नहुँदाको बेलाको भन्दा यस वर्षराजश्व ३.५ प्रतिशतले बढेको छ। अधिक तरलताको अवस्थामा कमि आइरहेको छ। गत पुसमा २ खर्ब ३० अर्बको अधिक तरलता थियो। अहिले करिब ४८ अर्बमा झरेको छ। 

अर्थतन्त्र र हाम्रो सामाजिक जीवनमा यति छिट्टै यति सकारात्मक परिवर्तन होला भन्ने हामीले सायदै सोचेका थियौं। सरकारले बजेट र मौद्रिक नीति मार्फत् ल्याएका कार्यक्रमले पनि केही सहज बनायो। जबकि सर्वोच्च अदालतको आदेश अनुसार हामीले राजश्व पछि बुझाउँदा पनि हुन्थ्यो। तर, हामीले सल्लाह गर्‍याैं। संकटका बेला हामी सबैले सहकार्य गर्नुपर्छ। जोखिम बाँड्याैँ भने असर कम गर्छ। हामी चाँडै तंग्रिन पनि सक्छौं।

शुरुमा सम्झेका पौरखी र साहसी उद्यमी लगायत सम्पूर्ण निजी क्षेत्रको योगदानले यो सम्भव भयो। हामी यति चाँडै तंग्रिदै छौं।  हामी तंग्रिन शुरु भएको मात्रै हो। हिँडन वा दाैडिन थालिसकेका छैनौं। भारतमा कोरोनाको दोस्रो लहर आएको छ। यो नेपाल पनि भित्रिन समय लाग्दैन। तर, हामीले विगतको पाठबाट सिक्यौं र अहिलेदेखि नै सावधानी अपनायाैं भने त्यसलाई रोक्न अवश्य सक्छौंं। मलाई विश्वास छ। 

बाँकी विश्व धेरै अगाडि बढिसकेका बेला हामी पछाडि नै रहनु हुँदैन। हामी सबै काम गर्न चाहन्छौं। म पनि चाहन्छु, यहाँहरू पनि चाहनुहुन्छ। तर, सम्पन्नता कसरी सम्भव छ? हामीले वर्षौदेखि सुधारका लागि विभिन्न प्रयोग गर्‍याैं। धेरै नीति नियमका दस्तावेज बनायौं। तर, पनि उल्लेखनीय सुधार हुन सकेन। तर, हामीभन्दा बढी सामाजिक, आर्थिक र राजनीतिक समस्या झेलेका देशहरू हेर्दाहेर्दै हामी भन्दा धेरै अगाडि बढिसके। बंगलादेश, क्याम्बोडिया, इथियोपिया, रुवान्डा जस्ता देश यसका उदाहरण हुन्।

अब हामी पनि एउटा प्रष्ट भिजन लिएर अर्थतन्त्रको सुधारका लागि लाग्नु आवश्यक छ। त्यसैको शुरुवात हो हामीले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३०। यसको मुख्य उद्देश्य निजी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिनका लागि मार्गचित्र तयार पार्नु हो। हामी मुलुकको समृद्धिमा अहिले भन्दा अझ बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनु हो। त्यसैले त हामी नयाँ नाराका साथ प्रस्तुत हुँदैछौं। 

nimb
nimb
Ncell 2
Ncell 2

हो, सम्मानित निजी क्षेत्र समुन्नत नेपाल। हामीले सम्मान आर्जन गर्न सक्नुपर्छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ। मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गयो भने समुन्नति पनि सँगसँगै आउनेछ। 

नेपाललाई समुन्नत बनाउन एक/दुई वर्षको परिश्रमले पुग्दैन। त्यसका लागि एक दशककै दूरदर्शिता, प्रष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक छ। सोही आवश्यकता अनुसार हामीले परिकल्पना गरेका छौं, राष्ट्रिय आर्थिक रूपान्तरण २०३० को। 

सम्माननीय प्रधानमन्त्री ज्यूसँग भेट्दा उहाँले सँधै भन्ने गर्नुहन्छ, शेखरजी निजी क्षेत्र र मुलुकको समृद्धिका लागि सरकारले के गर्नुपर्‍यो लेखेर दिनुहोस्। 

सम्माननीय प्रधानमन्त्रीज्यू, हामीले अब आर्थिक रूपान्तरणको दस्तावेज नै बनाएका छौं। यो सम्मानित निजी क्षेत्र र समुन्नत नेपालको परिकल्पनासहित आगामी दशकको आर्थिक रूपान्तरणको मार्गचित्र हो। अब यसको सफलताका लागि यहाँको प्रतिवद्धता आवश्यक छ। सरकार, राजनीतिक दल, कर्मचारी वर्गको दरिलो साथ, सहयोग र सहकार्य आवश्यक छ। मलाई विश्वस छ, यो नेपाल उद्योग वाणिज्य महासंघको मात्र दस्तावेज होइन, यो सम्पूर्ण निजी क्षेत्रकै हो। 

राष्टिय आर्थिक रूपान्तरण २०३० को निर्माण गर्नु भनेको जम्मा पाँच प्रतिशत काम हो। ९५ प्रतिशत काम त बाँकी छ। अर्थात् वास्तवमा यसको काम अब शुरु भएको छ। साना तथा मझौला उद्यमीका समस्या समाधान हाम्रो प्राथमिकतामा छ। अर्थतन्त्रमा २२ प्रतिशत योगदान दिने र २० लाखलाई रोजगारी दिइरहेको यस क्षेत्रका मूलभूत समस्या हामीले केलाएका छौं। 

वित्तीय सहजतासँगै राजश्व छुट र आवश्यकता अनुसार नगद अनुदान समेतको व्यवस्था हुने गरि लघु घरेलु तथा साना उद्यम विकास कार्यक्रम आवश्यक छ। हामी सहकार्य गरौं। यसैगरी बैंक, वित्तीय तथा बीमा समितिको पहलमा बैंकर्सको पनि सहभागिता रहने गरि वित्तीय गुनासो सुनुवाइ तथा व्यवस्थापन ईकाई गठन भइसकेको छ। 

उद्योग क्षेत्रका परम्परागत समस्यासँगै अहिले जग्गा प्राप्ति ठूलो समस्या भएको छ। मूल्य अकासिएको छ। त्यसैले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रमा के समस्या छन् केलाऔं र समाधान निकालौं। अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्या पारेकोप्रति हामी सम्वेदनशील छौं। व्यापार समितिले कालाबजारी र उपभोक्ता ऐनमा भएका अव्यवहारिक प्रावधानको अध्ययन गरी सरकारलाई सुझाव दिने गरि काम थालेका छौं। 

प्रधानमन्त्रीसमक्ष मेरो आग्रह छ, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन। यसमा सुधार आवश्यक छ। पहिले त यसको नियमावली नै बन्नु पर्छ।  हामीलाई थाहा छ, न्यून बिजकीकरण लगायतका कारण व्यवसायी र उपभोक्ता सबैलाई समस्या छ। यसको न्यूनिकरणका लागि पनि हामी सरकारसँग सहकार्य गर्न चाहन्छौं। भिसिटएसको कार्यान्वयनमा निक्कै समस्या आएको छ। व्यवसायी मर्कामा परेका छन्। यो व्यवस्था पुनरावलोकन गरिनुपर्छ। 

हामी आफै पनि जिम्मेवार व्यवसायी बन्न खोजिरहेका छौं।  दुई वर्षअघि नयाँ कानुन आएपनि एकद्वार नीति कार्यान्वयन हुन नसक्दा समस्या यथावत छन्। पाच लाख डलरभन्दा कमको लगानी ल्याउन नपाउने प्रावधानले विशेषगरि स्टार्टअपको विस्तार रोकिएको छ। अन्तर्राष्ट्रिय व्यापार विस्तार अबका दिनमा थप चुनौतिपूर्ण देखिएको छ। अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि तेस्रो मुलुकमा भन्साररहित सुविधा कटौती हुँदै जानेछ। 

कोभिडले थला परेका बेला स्तरोन्नतिका लागि हतार गर्न नहुने हामीले माग राखेका थियौं। तर, सरकारले हामीसँग राय लिने औपचारिकतामात्रै पुरा गर्‍यो। यस्ता औपचारिकतामा मात्रै निजी क्षेत्रलाई सीमित गर्ने परम्पराले पनि हाम्रो विकास हुन नसकेको हो। निजी क्षेत्रको मर्मलाई सरकारले महसुस गर्नुपर्छ। यसले हालको आकलन अनुसार करिब २० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुने छ। यस्तो निर्णय गर्दा निजी क्षेत्रलाई नजरअन्दाज गर्न मिल्दैनथ्यो। तर, अब यसमा चर्चा गरेर केही हुँदैन। अब सबै मिलेर योजना बनाऔं र निर्यात बढाउने उपाय खोजौं। 

रोजगारदाता परिषद्ले मुलुकको रोजगार क्षेत्र सुधार एवं उत्पादकत्वमा आधारित ज्याला निर्धारणका लागि पोजिसन पेपर बनाउँदैछ। यस्तो अवधारणा अपनाएका मुलुकहरूमा रोजगारदाता र श्रमिक दुवै लाभान्वित भएका छन्। अहिले कोभिड-१९ का कारण दुवै पक्ष समस्यामा छन्। त्यसैले, न्यूनतम ज्याला बढाउने लगायतका विषयमा दुवै पक्षलाई मान्य हुने गरि सुझबुझपूर्ण निर्णय गर्नु आवश्यक छ। 

(नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा शनिबार महासंघका अध्यक्ष शेखर गोल्छाले प्रस्तुत गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित
सुरक्षा परिषद्को बैठक सकियो, के–के विषयमा भयो छलफल?
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित बिहीबार, साउन १४, २०८३
सुरक्षा परिषद्को बैठक सकियो, के–के विषयमा भयो छलफल? बिहीबार, साउन १४, २०८३
सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी बिहीबार, साउन १४, २०८३
देवानगन्ज गोलीकाण्ड: अर्का घाइतेको पनि मृत्यु, दुई घाइतेको अवस्था अझै गम्भीर बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
देवानगन्ज गोलीकाण्ड: अर्का घाइतेको पनि मृत्यु, दुई घाइतेको अवस्था अझै गम्भीर बिहीबार, साउन १४, २०८३
सुनसरी घटनामा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप बुधबार, साउन १३, २०८३
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्