सिरहा– पेस्तोल र लागूऔषधसहित होटल सञ्चालक पक्राउ परेका छन्। लहानस्थित बाबा होटलका सञ्चालक ज्ञान कुमार कामैतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
इप्रका लहानबाट खटिएको टिमले सुचनाका आधारमा होटलमा छापा हान्दा ९८ एम्पुल फेनारगन, ३१ एम्पुल डाइजिल्याब, १९ एम्पुल नोफिन, नाइट्रेजापाम ५८ ट्याबलेट र ८६ एम्पुल लुपिजेसिक नामक लागूऔषध बरामद गरेको हो। सिरहाका एसपी जीवनकुमार श्रेष्ठका अनुसार आछ्याउनमुनि उनले ती लागूऔषध लुकाएका थिए।
खानतालसीको क्रममा नक्कली पेस्तोल समेत भेटिएको छ।
पक्राउ परेका कामैत विगतमा पनि लागूऔषध कारोबारको मुद्दामा पक्राउ परी छुटेका व्यक्ति भएको एसपी श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।