काठमाडौं– ठुलो मात्रामा लागूऔषध लिएर काठमाडौं आएको एक भारतीय गाडीलाई प्रहरीले बल्खुमा नियन्त्रण लिई दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले भारतको पूर्बी चम्पारणका जितेन्द्र कुकार र मनोज कुमारलाई पक्राउ गरेको हो।
बीआर ०५ पीए ७०३१ नम्बरको टाटा सुमो गाडीबाट प्रहरीले १५ सय एम्पुल लागूऔषध बरामद गरेको हो।
अनुसन्धानको क्रममा सो लागूऔषध रक्सौल बस्ने रीता शर्माले पठाएको खुलेको छ।
उनले पछिल्लो सयम काठमाडौंमा ६ हजार ७ सय २० एम्पुल लागूऔषध पठाइसकेको अनुसन्धानमा खुलेको छ। उनले काठमाडौं सहित नेपालका विभिन्न सहरहरुमा लागूऔष बिक्रि गर्दै आएको ब्यूरोले जनाएको छ। तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
गत चैत २९ गते रिताले नै पठाएको २ हजार १ सय १५ एम्पुल लागूऔषधसहित प्रहरीले जडिबुटीबाट वीरगंजका सनी कुमारलाई पक्राउ गरेको थियो।
त्यस्तै बैशाख १३ गते सुन्धाराबाट मनोहर गिरीलाई एक सय ५ एम्पुल, बैशाख २० गते रौतहटका अफताव वास्ता र शेख अंकुर आलमलाई ३ हजार एम्पुल लागूऔषधसहित कलंकीबाट पक्राउ गरेको थियो।
बरामद भएका यी सबै लागूऔषध रिताले नै पठाएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।