• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भ्याक्सिन खरिदमा ३२ करोड कमिसनको खेल, एक डोजमै २३४ रुपैयाँ बढी

64x64
कल्पना पौडेल बुधबार, फागुन २६, २०७७  २०:२५
1140x725

काठमाडौं- सरकारले भारतीय कम्पनीबाट खरिद गर्न लागेको ५० लाख डोज कोभिड खोपमा १० प्रतिशत कमिसन रकम थप गर्नुपर्ने खेल सुरु भएको खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम इन्स्ट्च्यिुटबाट खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्नेक्रममा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन छुट्याउने खेल सुरु भएको हो।

स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले ५० लाख डोज 'कोभिसिल्ड भ्याक्सिन' खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसन उपलब्ध गराउने खेल सुरु भएको नेपाल लाइभलाई बतायो। खोप उत्पादक कम्पनीले पनि एजेन्टलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत कमिसन जोडेर स्वास्थ्य मन्त्रालयलाई खोपको नयाँ मुल्य प्रस्ताव गरेको छ।

‘कम्पनीले १० प्रतिशत कमिसन जोड्दा प्रतिडोज ६ दशमलव ०५ डलर पर्ने प्रस्ताव गरेको छ’, स्रोत भन्छ, ‘कमिसन नजोड्दा प्रतिडोज ५ दशमलव ५० डलर पर्छ। कमिसनसहितको शुल्क आएकाले हामी पनि अचम्मित छौं। सरकारले कम्पनीसँग सिधै खरिद गर्ने खोपमा किन एजेन्टलाई कमिसन दिने कुरा आइरहेको छ भन्ने हामीले पनि बुझेका छैनौं।'

अघिल्लो पटक स्वास्थ्य मन्त्रालयले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरीद गरेको थियो। यो पटक कमिसनसहित प्रतिडोज ६ दशमलव ०५ डलरमा ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यो आधारमा हेर्दा नेपालले प्रतिडोज खोपको मूल्यमा २३४ रुपैयाँ बढी तिर्नुपर्ने छ।

बुधबारको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको ११७ नेपाली रुपैयाँ छ। यो आधारमा हेर्दा स्वास्थ्य मन्त्रालयले ५० लाख डोज खोपका लागि ३ अर्ब ५३ करोड ९२ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ। कमिसन सहितको मुल्य र कमिसन बाहेकको मूल्यमा ३२ करोड १७ लाख ५० हजारको अन्तर देखिन्छ।

Ncell 2
Ncell 2

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले पनि कमिसन सहितको मूल्यमा खोप खरिद गर्ने तयारी अगाडि बढाएको छ। ‘कमिसनसहितको मूल्यमा किन खोप खरिद गर्ने रुचि देखाइएको छ, हामीले समेत बुझ्न सकेका छैनौं,’ स्रोत भन्छ।

कमिसनको विषय उठेपछि मन्त्रालयकै केही कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरीदका लागि सेरम कम्पनीबाहेक अर्को विकल्प किन खोजेनन् भन्नेबारेमा चर्चा गर्न थालेका छन्। उनीहरुले अन्य विकल्पबारे चासो नदिई कोभिसिल्ड महंगोमा खरीद गर्न खोज्नुमा मन्त्रीको ‘इन्ट्रेस्ट’ रहेको हुनसक्ने अनुमान लगाइरहेका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने मन्त्री त्रिपाठीको यो विषयमा कुनै चासो नरहेको दाबी गरे। उनले केही 'एजेन्ट'ले कमिसनको कुरा उठाएको भने स्वीकार गरे। ‘कमिसनको कुरामा मन्त्रालयले कुनै इन्टरटेन नै गर्दैन’, उनले भने।

सेरमले यसअघि अग्रिम रुपमा २० लाख डोज खोपको रकम लिइसकेको भए पनि अझै १० लाख डोज खोप उपलब्ध गराएको छैन।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
गुन्डुमा एमाले सचिवालय बैठक सुरु शनिबार, फागुन ३०, २०८२
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्