• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

खेलकुदका नाममा १८५ संघ, धेरैको काम ‘बजेट खाने’ मात्र 

64x64
सराेज तामाङ शुक्रबार, फागुन २८, २०७७  ०९:४९
1140x725

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा केही समय पहिलेसम्म खेलसम्बन्धी २०९ वटा संघ आवद्ध थिए। तर, राखेपले २०७५ असार २६ गते २६ वटा खेल संघ खारेज गरेपछि अहिले १८५ खेल संघ बाँकी छन्।

१८५ आफैमा निकै ठूलो संख्या हो। यतिका संघले गर्छन् चाहिँ के? अनि ती संघ कुन हालतमा छन् अहिले? नेपाली खेल क्षेत्रको नियामक निकाय, तिनै संघहरूको अभिभावक मानिने राखेपलाई नै यसबारे जानकारी छैन। धेरै खेल संघ तथा संस्था त नाममात्रका छन्। उनीहरूको आफ्नो कार्यालय छैन। कैयौं त व्यक्ति विशेषको झोलामा मात्र संघ वा संस्था बनेर रहेका छन्। अझ रोचक चाहिँ तिनको उद्देश्य नै कार्यक्रम गर्ने क्यालेन्डर मात्र राखेपलाई दिएर बजेट खाने हुन्छ।

राखेपमा आबद्ध  खेलकुदका संघ–संस्थाले प्रत्येक वर्ष आफूले गर्ने कार्यक्रम, आर्थिक आयव्ययको विवरण राखेपमा बुझाउनु पर्छ। त्यति मात्र होइन, प्रत्येक संघले आफूले सञ्चालन गरेका सम्पूर्ण गतिविधि स्पष्ट रुपमा उल्लेख गरेर राखेपलाई पठाउनुपर्छ। तर, राखेपमा दर्ता रहेका कैयौं खेल संघहरूले वर्षमा एउटा पनि कार्यक्रम गरेको देखिँदैन। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा ‘काम नगर्ने खेल संघ–संस्थाको दर्ता खारेजसम्म गर्न सक्ने’ प्रष्ट उल्लेख छ।

खेलकुद विकास ऐन, २०४८ मा पनि ‘आम्दानी र खर्चको हिसाबकिताबको श्रेस्ता नराख्ने वा रकम हिनामिना गर्ने खेलकुदसम्बन्धी संस्थाको नाम राखेपले आफ्नो लगतबाट कटृा गर्न सक्ने’ उल्लेख छ। तर, खेलकुद विकास ऐन, २०४८ कार्यान्वयनमा हुँदासम्म धेरै संघ तथा संस्थाले राखेपमा आफ्नो वार्षिक प्रतिवेदन नै बुझाएनन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएको आठ महिना पुग्यो। यो ऐनमा खेल संघहरूलाई थप कडाइ गरिएको छ। तर, त्यसको पनि पालना भएको छैन।

संस्था नै झोलामा बोकेर हिँड्नेहरूका लागि पछिल्लो समय कोरोना महामारीले थप अनुकुल बनाइदिएको छ।

जसले पनि खेल संघ तथा संस्था खोल्ने प्रबृत्ति रहेको युवा तथा खेलकुद मन्त्रालयका पूर्वसचिव दीपेन्द्र शर्मा बताउँछन्। ‘यहाँ खेलकुदको विकास भन्दा पनि म चाहिँ फलानो संघको अध्यक्ष भन्नका लागि पनि  संघ खोलेको देखिन्छ’, पूर्व सचिव शर्मा भन्छन्, ‘भोलि गएर राखेपको सदस्य हुँदै सदस्य-सचिव हुन पाइन्छ भन्ने हिसाबले खोलेको देखिन्छ।’

राखेपको खेलकुद विकास विभागका प्रमुख डेम बहादुर बस्नेत भन्छन्, ‘वर्ष दिनमा एक पटक एउटा मात्रै कार्यक्रम गर्ने खेल संघ–संस्थाहरू धेरै छन्। अब तिनलाई राख्ने कि नराख्ने भन्ने प्रश्न उठेको छ। राखेपको इतिहास हेर्ने हो भने राजनीतिक संस्कारबाट चलेको देखिन्छ। अब मुख्य लिडर नै राजनीतिबाट आइसकेपछि यहाँ हुने गतिविधि पनि राजनीतिकै शैलीमा हुने हुन्।’

खेलकुदका संघ–संस्थाहरूले गर्नुपर्ने काम नियमित रुपमा नगरेको राखेप नै स्वीकार्छ। अहिलेसम्म करिब ६० प्रतिशत खेल संघहरूको मात्र नियमित अडिट रिपोर्ट आउने गरेको राखेप बताउँछ। हुन त वर्ष दिनमा एक पटक मात्र कार्यक्रम वा प्रतियोगिता गर्ने, राखेपको आँखा छल्नलाई मात्र त्यसो गर्ने संघहरूको कमी छैन। अब लागू भएको नयाँ ऐनले भने उनीहरूलाई छुट नदिने बस्नेतको दाबी छ। भन्छन्, ‘अहिलेको ऐनले २ वर्षभित्र स्थानीय स्तरमा संघ गठन गर्न नसक्ने, तोकिएको नियम पालना गर्न नसक्ने संघलाई खारेज गरिनेछ भनेको छ। मापदण्ड पूरा गर्न नसक्ने संघहरू स्वतः कारबाहीमा पर्नेछन्।’

Ncell 2
Ncell 2
nimb
nimb

खारेजीमा परेका संघ
खेल सम्बन्धी संघ–संस्थाहरूले चित्तबुझ्दो र निश्चित मापदण्ड टेकेर काम र गतिविधि गरेका छैनन् भने राखेपले उनीहरूलाई निलम्बन गरेर दर्ता नै खारेज गर्न सक्छ। अहिलेसम्म राखेपले त्यस्ता २६ वटा संघ–संस्थाहरूलाई खारेज गरेको छ। खारेजीमा पर्नेमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जिनकाई कराते संघ, नेपाल लागु पदार्थ तथा एड्सविरुद्ध खेलकुद संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ छन्।

त्यस्तै नेपाल कर्पोरेट खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट संघ नेपाल, नेपाल स्टिक स्पोर्ट्स एसोसिएसन, नेपाल फुटबल संघ, नेपाल आर्म रेस्टलिङ संघ, नेपाल आसिहारा काइकन कराते डो संघ खारेजीमा परेका छन्।

खेलकुदका संघ–संस्थाहरूले गर्नुपर्ने काम नियमित रुपमा नगरेको राखेप नै स्वीकार्छ।

त्यसैगरी, नेपाल जेनुइन मार्सल आर्ट एन्ड स्पोर्ट्स एसोसिएसन, नेपाल फ्युजन मार्सल आर्ट संघ, एभियस स्पोर्ट्स एसोसिएसन नेपाल, नेपाल एमच्योर किक बक्सिङ संघ, नेपाल खेलकुद योग संघ, विद्यालय बास्केटबल महासंघ नेपाल, राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघ, नेपाल विद्यालय फुटबल महासंघलाई पनि राखेपले खारेज गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, राष्ट्रिय विद्यालय जिम्न्यास्टिक महासंघ, नेपाल विद्यालय ह्यान्डबल महासंघ, राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघ, मोर्डन पेन्टाथलन एसोसिएसन नेपाल, नेपाल विद्यालय कबड्डी संघ, राष्ट्रिय विद्यालय क्रिकेट संघ र राष्ट्रिय विद्यालय बुद्धिचाल संघ पनि खारेजीमा परेका छन्। 

‘विगतमा निस्क्रिय भएका कारण हामीले केही संघहरूलाई खारेज गरेका छौं’, बस्नेत भन्छन्, ‘प्रतियोगिता नगरेको, साधारण सभा नगरेका, आफ्नो आयव्यय नराखेका, चुनाव नगराएका संघ–संस्थाहरूलाई खारेज गरेका हौं।’

संघ दर्ता गर्न ‘माथि'कै दबाब
अरु क्षेत्र जस्तै खेलकुदमा पनि राजनीति यसरी घुस्यो कि सम्भावना भएका खेलदेखि खेलकुदका राम्रा संस्था त्यसबाट नराम्ररी प्रभावित बने। राजनीति हावी हुँदा सम्भावना बोकेका खेलाडीको खोजी गर्ने काम ओझेलमा परेको छ। कतिसम्म भने, खेल पदाधिकारीहरूकै कारण राम्रो गर्न सक्ने सम्भावित खेलाडी अगाडि आउनै सकिरहेका छैनन्। 

खेल संघहरू अहिले राजनीतिको केन्द्र बनेका छन्। त्यहाँभित्र हुने विवाद र राजनीतिले खेलाडी प्रत्यक्ष मारमा परिरहेका छन्। राखेप आफै विवाद बढाउने भूमिकामा देखिन्छ। त्यसका उदाहरण हुन्– नेपाल क्रिकेट संघ (क्यान) र नेपाल कराते महासंघ।

राखेपले कारबाही गरेर खारेज गरेका कतिपय संघ नै फेरि दर्ता भएका पनि छन्। जस्तो कि, नेपाल लागु पदार्थ तथा एड्स विरुद्ध खेलकुद संघलाई राखेपले खारेज गरेको थियो। तर, पछि यही संस्था ‘नेपाल लागु पदार्थ तथा एड्स विरुद्ध खेलकुद महासंघ’ भनेर राखेपमा २०७४ सालमा दर्ता भएको छ। त्यस्तै, २०६८ सालमा स्थापना भएको नेपाल खेलकुद योग संघलाई राखेपले खारेज गरेको थियो। तर, यही संघ २०७३ सालमा पुनः राखेपमा दर्ता भएको छ।

राखेपमा यस्ता संघहरू पनि छन् जसले कहिल्यै प्रतियोगिता गरेको देखिँदैन। गरिहाले पनि टिपटापे हुने गरेको छ।

राखेपले कतिपय संघलाई खेलकुद क्षेत्रमा नपर्ने भन्दै खारेज गरेको थियो। तर, पछि पुनः दर्ता भएको देखिन्छ। यसले राखेपकै पदाधिकारीको नियतमा प्रश्न उब्जाएको छ। ‘खेलसँग विद्यालय जोडेर दर्ता भएका संघहरू खारेज भएका थिए। योग संघ पनि खेलकुदको एउटा सहयोगी पाटो हो, तर खेलकुद चाहिँ होइन भनेर खारेज भएकै हो,’ राखेपको खेलकुद विकास विभाग प्रमुख बस्नेत थप्छन्, ‘खारेज भएको संस्था फेरि दर्ता हुन आयो। खारेज भएको संस्था दर्ता गर्न मिल्दैन भन्दाभन्दै पनि माथिको दबाबमा भयो। यो बारेमा हामी कर्मचारीले भन्ने भनेको यति नै हो।’

संस्था नै झोलामा बोकेर हिँड्नेहरूका लागि पछिल्लो समय कोरोना महामारीले थप अनुकुल बनाइदिएको छ। किनभने, महामारीको बहानामा कार्यक्रम र प्रतियोगिता पनि गर्नु परेन। फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, बास्केटबल, गल्फ, जुडो, सुटिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिङ, पौडी, कराते, तेक्वान्दो, आर्चरी, उसु, भारोत्तोलन, शारीरिक सुगठन, साइक्लिङ लगायतका खेलहरूको राष्ट्रिय प्रतियोगिता हुँदै आएपनि अन्य खेलले भने राखेपको राष्ट्रिय प्रतियोगिता कुरेर बस्नुपर्छ। 

नेपाल हात्ती खेल संघ, नेपाल परेवा उडान संघ, नेपाल आइस हक्की संघ, नेपाल कुराँस संघ, नेपाल ट्रायथलन संघ लगायतका केही संघहरू वर्ष दिनमा एउटा कार्यक्रम गरेर ठूलै उपलब्धि गरेको ठान्छन्।

राखेपमा यस्ता संघहरू पनि छन् जसले कहिल्यै प्रतियोगिता गरेको देखिँदैन। गरिहाले पनि टिपटापे हुने गरेको छ। डान्स स्पोर्ट्स संघ नेपाल, नेपाल उडबल संघ, तङ्–ईल मो–दो संघ नेपाल, नेपाल सुमो संघ, नेपाल कम्व्याट संघ, नेपाल चकबल संघ, पेताङ फेडेरेसन अफ नेपाल, जु–जित्सु नेपाल संघ, नेपाल  र्‍याकेट बल संघ, नेपाल ओरियन्टियरिङ फेडेरेसन, नेपाल ब्रेकिन एण्ड डान्स स्पोर्ट्स संघ लगायत नामै नसुनेका संघहरू पनि राखेपमा दर्ता भएका छन्। यी संघहरूले अहिलेसम्म कार्यक्रम गरेको देखिँदैन। संघको कार्यालय, छाप, विधान, गर्ने काम केहीको टुंगो छैन। राखेपमा यस्ता धेरै संघहरू अस्तित्वमा छन्।

खेल संघ–संस्थाविरुद्ध राखेप गम्भीर भएर लाग्नुपर्ने पूर्व सचिव शर्मा बताउँछन्। ‘कुन कुन खेल संघहरूले राष्ट्रिय प्रतियोगिता गरेका छन्, कुन संघहरूले गरेको छैनन् भनेर खोजीनिती गर्नुपर्छ,’ पूर्वसचिव शर्मा थप्छन्, ‘प्रतियोगिता नगर्ने संघ–संस्थालाई कारबाही गर्नुपर्छ। उनीहरूको बजेट रोकिदिनुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्