• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
आइलिग मेरा लागि नसोचेको सपना जस्तै : प्रकाश बुढाथोकी (अन्तर्वार्ता)
64x64
नेपाल लाइभ शनिबार, फागुन २२, २०७७  ०६:२६
1140x725

काठमाडाैं– सफलताको उचाईमा पुगिसकेका खेलाडीको प्रदर्शन अकल्पनीय रुपले खस्कन सक्छ। उदाहरण प्रकाश बुढाथोकी नै हुन्। दक्षिण एशियाली खेलकूद (साग)मा सनसनीपूर्ण गोल गरेर उदाएका प्रकाश त्यसपछिका दिनमा भने यस्तो प्रदर्शनबाट हराए। भारतलाई २–१ गोल अन्तरले पराजित गर्दाको सन् २०१६ को उनको त्यो ‘फ्रिकिक गोल’ धेरैको सम्झनामै छ। अहिले भने उनी चर्चित भारतीय घरेलु फुटबल ‘आइलिग’ खेलिरहेका छन्।

सन् २०१६ मा १२ औं सागमा विश्वस्तरीय फ्रिकिक गोल गरेपछि सबैको नजरमा परेका प्रकाश लामो समय चोटको सिकार बने। २०७५ को शहिद स्मारक ए डिभिजन लिगमा  न्युरोड टिम (एनआरटी) को कप्तानको जिम्मेवारी सम्हालेका प्रकाश त्यसपछि भने लयमा फर्किए। सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्ध डेब्यू गरेका प्रकाश आक्रामक मिडफिल्डर हुन्। 

धरानका प्रकाश स–साना कमजोरी छिचोलेर अघि बढ्न प्रयास गरिरहन्छन्। जे भयो त्यसलाई भुल्न खोज्छन्। कसरी राम्रो गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छन्। राष्ट्रिय टिम उनका लागि अहिले विरानो छ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ५८ खेलाडी राष्ट्रिय टिममा बोलाउँदा पनि उनी पर्न सकेनन्। तर, नेपाली मात्र नभएर एशियाली खेलाडीकै लागि आकर्षक बनेको भारतमा जारी आइलिग फुटबलमा उनी जमेका छन्।

 

धरानमा घर बनाइरहेका उनलाई एक्कासि नेरोका एफसीका म्यानेजरले सम्पर्क गरेपछि उनको यो यात्रा सुरु भएको थियो। प्रकाश भन्छन्, ‘आइलिग खेल्ने कुनै योजना थिएन। म त इरानको लिग खेल्ने तयारीमा थिएँ। कोरोनाको संकटकालले त्यो पनि स्थगित भयो। आइलिग खेल्ने अवसर अचानक आयो।’

नेरोका फुटबल क्लबले लिगमा सात खेल खेलिसकेपछि मात्रै प्रकाश टिममा उपलब्ध भए। अहिले तीन खेल खेलिसकेका प्रकाश धेरैको नजरमा पर्न थालेका छन्। प्रकाशसँग आइलिग यात्राबारे नेपाल लाइभका लागि सरोज तामाङले गरेको कुराकानीको सारसंक्षेपः

अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलको यात्रा थाल्नु भएको छ। आइलिग खेलिरहँदा कस्तो लाग्दैछ?

विदेशी क्लबबाट अनुबन्धित भएर खेलेको थिइनँ। यो पहिलो पटक हो। भारतको क्लबसँग धेरै पटक खेलेको छु, तर नेपाली क्लबमा आबद्ध भएर मात्र। भारतमा अनुबन्धित भएर खेलेको चाहिँ यो पहिलो पटक हो। आइलिग भारतको ठूलो प्रतियोगिता हो, स्तरीय पनि छ। एसियामै नाम चलेको लिग खेल्न पाउँदा निकै खुशी छु।

Ncell 2
Ncell 2

आइलिग खेल्न कतिको गाह्रो छ?

विशेषगरी हामी दक्षिण एसियाका खेलाडीहरुलाई गाह्रो छ। हाम्रो राष्ट्रिय टिमका सबै खेलाडीहरु आइलिग खेल्न सक्छन्। तर, आइलिग खेल्न एसियन कोटामा आउनु पर्ने हुन्छ। क्लबले यति ठूलो लगानी गरेको छ नेपाली मात्रै होइन दक्षिण एसियाकै खेलाडीहरु राख्न मान्दैन। उनीहरुको नजर दक्षिण एसियाका खेलाडीहरुमै हुँदैन।

अस्ट्रेलिया, जापान, इरान, कोरिया लगायतका देशबाट राम्रा राम्रा खेलाडी ल्याउँछन्। एसियन कोटाबाटै ल्याउनु पर्दा किन नेपालबाट ल्याउने भन्ने सोच देखिन्छ। लगानीको हिसाबले राम्रै खेलाडी ल्याउनेमा जुटेको देखिन्छन् सबै क्लबहरु।

तपाई चाहिँ आइलिग खेल्न कसरी नेरोका फुटबल क्लबमा अनुबन्धित हुनुभयो?

मेरो लागि यो कठिन थियो। तर, म विना एजेन्ट अनुबन्धित भएर खेलेको हुँ। एजेन्ट विना सम्भावना निकै कम छ। 
म घरमै बसिरहेको थिएँ, राष्ट्रिय टिममा पनि छैन। फुटबलमा मेरो नाम पनि त्यति छैन। बरु पहिला थियो। लिगहरु खेलेपनि म घरमै अभ्यास गरेर बसिरहेको थिएँ। 

नेपाली फुटबल खेलाडी सबै आइलिग खेल्न सक्नेगरी प्रतिभावान छन्। तर, एजेन्टविना यहाँ आउने सम्भावना नै छैन। म चाहिँ शतप्रतिशत आध्यात्मिक भएको कारणले गर्दा प्रभुको कृपाले हो जस्तो लाग्छ। मेरा लागि यो चमत्कार जस्तै भयो। 

गतवर्ष ए डिभिजन लिग खेल्न न्युरोड टिम (एनआरटी) मा ‘ट्रायल’ को लागि एउटा भाई भारतबाट आएको थियो। तर, उनको खुट्टामा चोट लागेकाले फर्किए। उनले मेरो प्रतिभालाई नजिकबाट नियालेका रहेछन्। यो क्लबले चाहिँ एसियन खेलाडी नै नराख्ने भनेर खेल्न थालेको रहेछ। तर, पछि फेरि एसियन खेलाडी राख्ने भएपछि त्यो भाइको काका चाहिँ नेरोका क्लबको म्यानेजरको साथी रहेछन्।

नेपालमा एउटा खेलाडी राम्रो छ भनेका रहेछन्। त्यसपछि मलाई म्यानेजरले म्यासेज गरे। म्यानेजरसँग कुरा भएपछि मैले बायोडाटा पठाइदिएँ। त्यसपछि प्रशिक्षकले हुन्छ भनेपछि म नेरोका क्लबसँग अनुबन्धित भएँ।

क्लबमा अनुबन्धित हुनुमा भारतलाई पराजित गर्दा तपाईले गरेको त्यो फ्रिकिक गोलको प्रभाव पनि त होला नि?

त्यो धेरै अगाडिको कुरा हो। भारतीयहरुले नेपाली फुटबलरलाई खासै चिन्दैनन् पनि। उनीहरुले चिन्ने भएको भए त नेपालमा भएका राम्रा खेलाडीलाई अनुबन्धित गरिहाल्थे। भारतका क्लबले दक्षिण एसियाली राष्ट्रका खेलाडीलाई वास्ता गर्दैनन्। लगानी यस्तो तरिकाले गरेको छन् कि स्टार खेलाडीहरु ल्याएर खेलाउँछन्।

आइलिगमा तपाईको प्रदर्शन कस्तो भइरहेको छ? 

मैले डेब्यु गरेको खेलमा टिमले जित्यो। मेरो प्रदर्शन राम्रो भयो। पछिल्लो खेलमा पनि मैले गरेको प्रदर्शनमा सबैजना खुशी छन्। 
म त बीचमा आएको हुँ। ७ वटा खेल सकिइसकेको थियो। छोटो अवधिमा पनि मैले क्लबमा आएर राम्रो गरें। टिमका साथीहरु पनि मलाई तँ बिचमा आएर पनि कसरी यति छिटो फिट भइस् भन्छन्। सबैले तारिफ गर्दा खुशी लाग्छ। किनभने म यहाँ देशको प्रतिनिधित्व गरिरहेको छु। यहाँ प्रकाश भन्दैनन्, नेप्लिज भनेर चिन्छन्। 

बाँकी खेलमा कस्तो प्रदर्शनको आशा छ? 

आधा खेल सकिँदा आएकोले मलाई सुरुमा अलिक गाह्रो हुन्छ कि भन्ने डर थियो। क्लबको गतिमा म भिज्न सक्दिनँ कि भन्ने थियो। तर त्यस्तो भएन। मैले खेल्ने अन्तर्राष्ट्रिय खेलहरु जहिल्यै राम्रो हुन्छ। त्यो अनुभव भएर पनि होला, मलाई असहज भन्ने भएन।
मैले खेलेका तीन खेलमा प्रदर्शन सुधार हुँदै गइरहेको छ। मेरो स्कोर भइरहेको छैन। अब आउने खेलमा चाहिँ मेरो मुख्य लक्ष्य भनेको गोल गर्दै टिमलाई अलिक अगाडि बढाउने छ।

आइलिगमा नेपाली फुटबल टिमकै कप्तान किरण चेम्जोङ र अभिषेक रिजाल पनि हुनुहुन्छ। उनीहरुसँग कुराकानी भइरहेको छ?
कुरा त भइरहको हुन्छ। एकदम व्यावसायिक तरिकाको कुराहरु हुन्छ। के कस्तो भइरहेको छ? तयारी कस्तो छ? राम्रो गर्नुपर्छ भन्ने कुरा हुन्छ।

किरणकै कप्तानीमा पञ्जाबले नेरोकासँग खेल्दा तपाई दोस्रो हाफमा मैदानमा प्रवेश गर्नु भएको थियो। त्यो खेल कस्तो रह्यो?

त्यो खेल हामीले राम्रो खेलेको हो। तर, कहिलेकाहीँ पाँचवटा मौका पाउँदा पनि गोल हुँदैन तर एउटै मौकामा गोल गर्दै खेल जितिन्छ। त्यसरी नै पहिलो हाफमै हामीले पाँच पटक ‘वान भर्सेस वान’ को मौका पाएका थियौं। तर गोल गर्न सकेनौं। किरणदाई हिरो सावित हुनुभयो।

त्यति धेरै अवसर पाउँदा ३–० अथवा ४–० भए खेल हामीले जित्नु पर्ने थियो। तर कहिलेकाहीँ यस्तै हुन्छ। हामीले त राम्रो प्रयास गरेका हौं, तर किरण दाईले धेरै राम्रो खेल्नु भयो।

आइलिग र सहिद स्मारक ए डिभिजन लिगमा फरक के पाउनु भयो?

आइलिग स्तरीय प्रतियोगिता हो। यहाँ सुविधाहरु पनि त्यस्तै राम्रो छ। यो अर्थमा हाम्रो भन्दा फरक छ कि यहाँ हरेक कुराको सुविधा हुन्छ। खेलाडीलाई राम्रो सुविधा छ। व्यवस्थापन त्यतिकै राम्रो छ।

यहाँ अर्बौं रुपैयाँ खर्च भएको छ। त्यस्तै, स्पोन्सरहरु छन्। तर हाम्रोमा यस्तो हुँदैन। भारतीय र नेपाली खेलाडीमा प्रतिभा उस्तै हो। नेपालमा पनि स्तरीय खेलाडी छन्। नेपाली खेलाडीले खेल्न चाहिँ थोरै पाउँछन्। राम्रा खेलाडी नभएको होइन, तर सेवासुविधा र लिगको व्यवस्थापनमा भने धेरै फरक छ।

आइलिग खेलिरहँदा अन्य नेपाली खेलाडी, आफन्त वा शुभचिन्तकहरुले के भन्नुहुन्छ?

परिवारसँग त सधैं कुरा हुन्छ। राष्ट्रिय टिमका साथीहरुले कल गरिरहनु हुन्छ। सबैले राम्रो गरिरहेका छौ भन्नुहुन्छ।
सन्तोष तामाङसँग मेरो दिनदिनै कुरा भइरहेको हुन्छ। निराजन खड्का दाइले पनि सुझाबहरु दिइरहनु हुन्छ। अहिले दाइ इंग्ल्यान्डमा प्रशिक्षकको काम गरिरहनु भएको छ। प्राविधिक पक्षमा खेल कसरी सुधार गर्ने भनेर मलाई सहयोग गरिरहनुभएको छ। सबैले राम्रो गरिरहेका छौ, अझै राम्रो गर्नु भन्नुहुन्छ।

भारतलाई पराजित गर्दाको त्यो ‘फ्रिकिक’ गोलबाटै धेरैले तपाईंलाई चिन्छन्, तर पछि चोटको कारण हराउनुभो। अब फेरि पूरानै लयमा फर्किए झैं लाग्छ? 

त्यो बेला मेरो उमेर २२ वर्ष थियो। मैले राम्रो खेलिरहेको थिएँ। राम्रो खेलेकै कारण १९ वर्षको उमेरमा राष्ट्रिय टिममा परेको थिएँ। मैले र विमल भाइले सँगै राष्ट्रिय टिममा डेब्यु गरेका थियौं।

त्यतिबेला युवा जोश थियो। अहिले चाहिँ अनुभव छ। फ्रेन्ड्स क्लबबाट थ्रीस्टार हुँदै राष्ट्रिय टिममा स्थान बनाएको थिएँ। त्यतिबेलाको प्रकाश बुद्धिमानी त थियो, तर परिपक्क थिएन। अहिले राष्ट्रिय टिमबाट खेलेको नै सात वर्ष वितिसक्यो।

पहिले शारीरिक रुपमा म त्यति चुस्त थिइनँ। अहिले छु। प्राविधिक रुपमा पनि म पहिलेको भन्दा अब्बल छु। हरेक कुरामा पहिलेको भन्दा परिवर्तन भएको छ। यसकारण त्यो बेलाको प्रकाश भन्दा अहिलेको प्रकाश ठीक भनेर आफूले आफूलाई मूल्यांकन गर्छु।

आउँदा दिनहरुमा आइलिग वा अरु लिगमा तपाईंबाट कस्तो प्रदर्शनको अपेक्षा गर्ने? 

आइलिग भन्दा अघि इरानको लागि तयारी भइरहेको थियो। यस्तो कुरा म गोप्य नै राख्छु। यहाँ आइलिग खेल्न आउँदा पनि मैले गोप्य नै राखेको थिएँ। हिँड्ने दिनमात्र सबैले थाहा पाएका हुन्। इरान विश्वकप खेल्ने देश हो, म त्यहाँको दोस्रो डिभिजन लिग खेल्न प्रक्रिया मिलाइरहेको थिएँ। तर, ठ्याक्कै कोरोनाको संकट आइपरेको हुँदा रोकियो। विदेशी खेलाडीलाई नखेलाउने, स्वदेशी खेलाडीलाई मात्रै खेलाउने नीति बन्यो।

त्यसपछि म घरमै थिएँ। आइलिग खेल्छु भनेर सोचेको पनि थिइनँ। त्यहीबेला आइलिग खेल्ने अवसर आयो। यो मेरो लागि अनपेक्षित अवसर थियो। 

मैले भुटानमा २०१८–१९ को लिग पनि खेल्ने मौका पाएँ। यो सिजनपछि मलाई भुटानबाट खेल्ने फेरि अवसर आइरहेको छ। अब नेपालमा पनि लिग हुँदैछ। हेरौं के हुन्छ। खेल्नु त पर्छ नै। यतिकै बसेर हुँदैन। आइलिग नै खेलिरहँदा पनि यहाँका केही क्लबहरुसँग कुरा भइरहेको छ। आउने सिजनमा इरानको लागि पनि कुरा भइरहेको छ। के गर्दा राम्रो हुन्छ, अहिले नै सोचेको छैन। 

लामो समयदेखि राष्ट्रिय टिम बाहिर हुनुहुन्छ। पुनरागमन गर्ने लक्ष्यमा हुनुहुन्छ? 

खेलाडी भएपछि राष्ट्रिय टिमबाट खेलिरहने इच्छा हुन्छ। म त खेलिसकेको मान्छे। पुनरागमन गर्ने लक्ष्य त सबैलाई हुन्छ। मलाई पनि छ। तर, हाम्रो हातमा केही पनि छैन। हामीले खेल्दै जाने हो। राष्ट्रिय टिममा बोलाउने नबोलाउने त एन्फामा भर पर्छ। म खेल्छु भनेर मात्रै पनि हुँदैन। 

यसरी नै राम्रो गर्दै गएँ भने चाहिँ पक्कै राष्ट्रिय टिममा पुनरागमन गर्छु। बिचमा म घाइते भएँ। चोटकै कारण लामो समय राष्ट्रिय टिमबाट मात्र होइन फुटबलबाटै टाढा रहेँ। समयले साथ दियो भने यसरी नै फिटनेशमा रहिरहेमा राष्ट्रिय टिममा फर्किन्छु भन्ने आश छ।

आफ्नो करिअरको बारेमा अथवा नेपाली फुटबलको बारेमा भन्नुपर्ने केही छ? 

मैले २०६७ को लिगबाट व्यावसायिक यात्रा सुरु गरें। १० वर्ष भइसक्यो। तर, यो अवधिमा पाँच वटा लिग मात्रै खेलेको छु।

१० वर्षको अवधिमा ५ वर्ष लिग नै भएन। भूकम्पकै कारण तीन वर्ष लिग रोकियो। त्यो भन्दा अघि पनि दुई वर्ष भएन। यसलाई नियाल्दा हामी निकै मारमा छौं। यो वर्ष पनि हुनु पर्ने लिग भएन। यतिबेला त भइरहेको हुनुपर्ने हो।

हामी खेलेर बाँच्ने खेलाडीको लागि त लिग नहुँदा निकै समस्या हुन्छ। लिग भएमा ३०० जना व्यावसायिक खेलाडीले जागिर पाउँछन्। नहुँदा केही न केही। मैले मेरो मात्रै कुरा गरेको होइन, हामी सबै खेलाडीको कुरा यही हो।
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान शनिबार, असार १४, २०८२
इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा ३९ जना प्यालेस्टिनीको मृत्यु शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्