काठमाडाैं– भारतको तेस्रो तथा महत्वाकांक्षी चन्द्र मिसन अर्को वर्षको अन्त्यबाट सुरु गरिने भएको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के सिभानका अनुसार चन्द्रयान–३, चन्द्रयान–२ सँग मिल्दोजुल्दो छ, तर यसमा कुनै अर्बिटर छैन।
चन्द्रयान–२ मा भएको अर्बिटरलाई चन्द्रयान–३ का लागि पनि प्रयोग गरिने उनले बताए।
‘हामी यसमा काम गर्दैछौं। हामी यसको लागि एक प्रणाली विकास गर्दैछौं र यो २०२२ मा सकिन्छ,’ उनले भने।
चन्द्रयान–३ र देशको पहिलो मानवअधिकार अन्तरिक्ष मिसन गगनयान लगायतका प्रोजेक्टको थालनी कोरोना महामारीसँगै सुरु भएको लकडाउनले ढिला भएको उनले जनाएका छन्।
चन्द्रयान–२ जुलाई २२, २०१९ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। यो यानले अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुव लेन्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसका लागि छुटेको थियो।
यो अभियानअन्तर्गत चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाइने लक्ष्य थियो। चन्द्रमामा गएका कम्पनको मापन गर्ने योजना पनि अभियानमा रहेको थियो ।
सेप्टेम्बर, २०१९ मा यसको लेन्डर विक्रम चन्द्र सतहमा अवतरण गर्ने तय थियो। तर यो एक झटका साथ अवतरण भयो, जुन पूर्ण सफलताको रूपमा मानिदैन।
यद्यपी, चन्द्रयान २ का अर्बिटर सफलतापूर्वक आफ्नो काम गर्दै छ र डाटा पठाउँदै छ।
भारतले पहिलो चन्द्र अभियान ‘चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरेको थियो।
सो यान चन्द्रमाको सतहमा अवतरण गरेको थिएन। तर त्यसले राडारको प्रयोग गरि चन्द्रमाको सतहमा पहिलो पटक र एकदमै विस्तृत रूपमा पानीको खोजी अघि बढाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।