काठमाडौं– लागूऔषध लिएर काठमाडौं आएका एक युवक नागढुंगामा पक्राउ परेका छन्।
महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको बसबाट दुहवी नगरपालिका २ सुनसरी वस्ने वर्ष २३ को श्याम शाहलाई पक्राउ गरेको हो।
उनको साथबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल , फेनार्गन ५० एम्पुल डाईजाल्याव ५० एम्पुल गरी जम्मा २०० एम्पुल र ३०० ट्याव्लेट नाईट्रोवेट अवैध बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।