• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कोरिया क्वारेन्टाइनबाट नेपाल सम्झिँदा...

मीनराज पोख्रेल सोमबार, फागुन ३, २०७७  २२:०६
1140x725

कोरोना भाइरस (कोभिड-१९) महामारीले मानवीय क्षतिसँगै विश्वको अर्थतन्त्रमा कति प्रभाव पार्‍यो भन्ने विषयमा धेरै चर्चा-परिचर्चा भइसकेका छन्। कतिपय मुलुकले थोरै क्षतिमा सजिलैसँग महामारी नियन्त्रणमा लिन सफल भए भने कतिपय मुलुक ठूलो क्षति व्योहोरेर पनि अझै महामारीसँग जुध्दै छन्।

अन्य मुलुकहरुमा जे-जस्तो भए पनि नेपालको अवस्थालाई हेर्ने हो भने कोरोना संक्रमण विस्तारै घट्दै गएको प्रतित हुन्छ। स्वास्थ्य मन्त्रालयका पछिल्ला तथ्याङ्कहरुले पनि नेपालमा कोरोना संक्रमणदर घट्दै गएको देखाउँछन्। दिनैपिच्छेका भेला, जुलुस र भीडभाडले त कोरोना संक्रमण पूरै नियन्त्रणमा आइसकेको जस्तो देखिन्छ।

तर, नेपाल जस्तो मुलुकले यति चाँडै महामारी नियन्त्रण गर्न सक्यो भन्ने कुरा भने धेरैलाई विश्वास लाग्न गाह्रो परिरहेको छ। नेपाल सरकारले चालेको प्रभावकारी कदमले नियन्त्रणमा आएको हो या प्रधानमन्त्री केपी शर्मा ओलीले  भनेजस्तै आम नेपालीमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुनाले सजिलै पचाउन सकेका हुन्, यो प्रश्नको उत्तर सम्बन्धित डाक्टर तथा  जनस्वास्थ्य विज्ञहरुले मात्र दिन सक्लान्। 

नेपालमा हाल नियन्त्रणउन्मुख जस्तो देखिएको कोरोनाले फेरि कुनै पनि बेला महामारीको रुप लिँदैन भनेर ढुक्क हुने कुनै वैज्ञानिक आधार भने देखिँदैन। आम नागरिकमा भ्याक्सिनको सहज पहुँच नपुग्दासम्म यसअघि अपनाइँदै आएका स्वास्थ्य  मापदण्ड र मास्कको प्रयोगलाई बेवास्ता गरिनु हुँदैन।

मेरा लागि कोरियाको क्वारेन्टाइन बसाइ कत्ति पनि पट्यारलाग्दो थिएन। सबै मापदण्ड पालना गरेर राखिएको छ। बस्ने ठाउँदेखि खानेकुरा सन्तुलित किसिमले व्यवस्थापन गरिएको छ। दिनमा तीन पटक खाना त्यसमा पनि दिनैपिच्छे फरकफरक आइटम, कोठामा पनि तातो-चिसो सबै व्यवस्था भएको।

यता, दक्षिण कोरियाको अवस्था भने अलि फरक छ। यहाँ कोरोनाको संक्रमण सुरुको एक चरणमा निकै तीव्र रुपले बढेको भएपनि महामारी विस्तारै नियन्त्रणउन्मुख छ। तर नियन्त्रणको लागि अपनाइएका मापदण्ड भने झन् कडा पारिएको छ। मास्कको प्रयोगलाई कडाइका साथ लागू गरिएको छ, मास्क नलगाएको खण्डमा १ लाख कोरियन वनसम्म जरिवानाको नियम छ भने ठूला चर्च, होटल तथा रेष्टुरेण्ट, क्लब र विद्यालय समेत सहज रुपले खुल्न सकेका छैनन्। अझ भनौं, भौतिक दूरीलाई थप कडाइ गरिएको छ। 

यहाँको संक्रमण दर र फैलावट हेर्दा अन्य देशको तुलनामा एकदमै न्यून भए तापनि स्वास्थ्य सुरक्षा मापदण्ड भने धेरै नै कडा अनि व्यविस्थत रहेको छ। तुलनात्मक रुपमा कोरियामा नेपालभन्दा पनि कम संक्रमित रहेका छन्। तर दैनिक संक्रमित दर भने केही दिनयता करिब ३/४ सयको अनुपातमा बढिरहेको देखिन्छ। 

कोरियाको क्वारेन्टाइनको अवस्था
म केही दिनअघि बुबाको आकस्मिक निधनले कोरियाबाट नेपाल जानुपर्ने भयो। अहिले नेपालबाट फर्केर यहाँको क्वारेन्टाइनमा बसिरहेको छु। यतिबेला कोरियाबाट बिदामा जान, आउन होस् वा अन्य कुनै कारणले आउजाउमा यहाँको सरकार,  अध्यागमन विभागले कडाइ गरेको छ। कोरियाले केही देशलाई बाहेक सबै देशमा सिधा हवाई उडानलाई विच्छेद गरेको छ। विदेश भ्रमण जान आफ्ना नागरिकलाई पनि कडाइ गरेको यहाँको सरकारले विदेशी श्रमिकलाई पनि अति इमर्जेन्सी बाहेकमा बिदा स्वीकृत समेत दिएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

इमर्जेन्सीमा पनि के-कति कारणले जान लागेको हो भन्ने प्रमाण सम्बन्धित देशबाट नआएसम्म अनुमति दिइँदैन। पुन: प्रवेशको अनुमतिको भिसा नलिई बिदामा जानेहरुलाई फर्कन कडाइ गरिएको छ। मैले पनि नेपालबाट आवश्यक पर्ने कागजातहरु नाता प्रमाणित, मृत्यु दर्ता लगायतका प्रमाणहरु जुटाई ३ महिनाको रि-इन्ट्री अनुमति लिएर नेपाल गएको थिएँ।

नेपालसँग सिधा उडान नभएको हुँदा कोरियाबाट दुबई ट्रान्जिट गरी नेपाल जान महँगो शुल्कमा हवाई टिकट लिई जानुपर्ने बाध्यता थियो र अझै पनि छ। नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, नेपाल वायु सेवा निगमले आवश्यक समन्वय तथा नियमन गर्न नसक्दा ट्राभल्स एजेन्सीहरुको एकलौटी मनोमानी सहन बाध्य हुनुको विकल्प थिएन। जे-जसरी भए पनि कठिन अवस्थामा यात्रा गर्न पाउँदा शुल्कसँग खासै महत्व नहुँदो रहेछ। आकस्मिक समयमा आउन-जान पाउनु नै ठूलो कुरा हुँदो रहेछ।

सामान्य अवस्थामा दक्षिण कोरियादेखि काठमाडौंसम्म सिधा हवाई उडान हुँदा ६ घण्टाको समय लाग्ने भएपनि दुबई हुँदै नेपालसम्म पुग्न १४ घन्टा आकाश र ट्रान्जिट समय ४ देखि ८ घन्टासम्म एकातिर थियो भने अर्कोतिर जे-जसरी हुन्छ, नेपाल पुग्नु र सकुशल फर्केर पुन: काममा लाग्नु थियो। 

कोरियाबाट ३ महिनाको रि-इन्ट्रीको भिसा लिएर गएको भए पनि सहजै टिकट काटेर कोरियाबाट नेपाल फर्कने अवस्था भने थिएन। कोरिया आई १४ दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने हुँदा यसको लागि आफू कहाँ बस्ने हो, त्यो यकिन भएर एचआरडी कोरिया हुँदै नजिक रहेको हेल्थ सेन्टर (फोगन्सो) बाट उपयुक्त छ भनी प्रमाणित गरेको क्वारेन्टाइन सर्टिफिकेट अनिवार्य चाहिने थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल पुगेपछि क्वारेन्टाइनको अनुमतिको लागि नेपाल एचआरडीसँग अनुरोध गरी यहाँबाट प्रमाणित भएपछि मात्र फर्किनको लागि टिकट काट्न सकिने व्यवस्था रहेको छ। कम्पनीले सहयोग गरेर आवश्यक समन्वय गरेमा क्वारेन्टाइन सर्टिफिकेट छिट्टै जारी हुनसक्छ तर आफैं खोज्नुपर्ने अवस्था वा अन्य एजेन्टमार्फत गर्नुपर्ने भए केही समय थप लाग्न सक्छ।

यद्यपि उक्त १४ दिनको क्वारेन्टाइन शुल्क नेपाली डेढ लाखदेखि २ लाख भने आफैं तिरेर बस्नुपर्ने हुन्छ। कम्पनीले सहयोग गरेर आफ्नै कम्पनीमा राख्न छुट्टै कोठा र अलग्गै शौचालयको व्यवस्था सहितको क्वारेन्टाइन दिन सकेमा भने उक्त खर्चबाट बच्न सकिने रहेछ। तर मेरो हकमा भने उक्त सुविधा प्राप्त हुने सम्भावना थिएन।

जब कोरियासम्मको हवाई यात्रामा काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईमार्फत दुवई एयरपोर्ट आयौं र त्यहाँ करिब ४ घन्टाको ट्रान्जिटपछि इमिरियट्सको फ्लाइटमार्फत् इन्छन कोरिया आउन तयार भयौँ।

जब दुबईबाट इन्छनको लागि बोडिङ्ग सुरु भयो मसँगै आएका दुई जना नेपाली साथीको सहज बोर्डिङ पार गर्दासम्म मलाई पनि सोधपुछको लागि रोकिरहेको थियो। करिब १० मिनेट मलाई दुबई अध्यागमन विभागले सोधपुछ गर्‍यो र जान पाइने विषयमा शंका व्यक्त गर्‍यो। 

मेरो सबै डकुमेन्ट ठिकै थियो। काठमाडौंमा पनि मलाई खासै सोधपुछ गरिएको थिएन। तर यहाँको अध्यागमनले मलाई अनावश्यक दु:ख दियो, रिस पनि उठ्यो। बुझ्दै जाँदा मेरो रि-इन्ट्रीको समय हेरेर भिसा १ महिना मात्र छ, किन बिदामा गएको भन्ने त्यहाँको कर्मचारीलाई लागेछ र तुरुन्त कोरियन अध्यागमनलाई उसले फोन लगायो र मेरो नाम, जन्म मिति  बताइसकेपछि यताबाट सबै डकुमेन्ट्सहरु हेरेर बल्ल  भित्र छिर्न दिइयो।

त्यहाँबाट लगभग ९ घन्टापछि इन्छन अन्तर्राष्ट्रिय एयरपोर्ट आयौँ। विमानस्थलबाट बाहिर थोरै मात्र हिँडेपछि सुरुमै क्वारेन्टाइन हेल्थ डेस्क बसेको थियो।  त्यहाँ चाहिने केही कागजातहरु प्लेनभित्रै भर्न लगाइएको  थियो। उक्त कागजात र नेपालबाट ल्याइएको कोरोना पोजिटिभ नभएको सर्टिफिकेट देखाउने काम भयो। 

क्वारेन्टाइन जाँचपछि हामी सरासर अध्यागमनतिर लाग्यौं। अध्यागमनमा अहिले पासपोर्ट भिसा र अन्य  डकुमेण्टसँगै कोरोना परीक्षण रिपोर्ट र क्वारेनटाइन सटिर्फिकेट पनि प्राथमिकता साथ  हेर्दो रहेछ। त्यसपछि हाम्रो मोबाइल  फोन मागियो र सबैका  मोबाइलमा "सेल्फ क्वारेन्टाइन सेफ्टी प्रोटेक्सन" नामको मोबाइल एप्लिकेसन डाउनलोड गर्न लगाइयो। अनि हाम्रो सम्पूर्ण विवरण जस्तै: फोन नम्बर, कम्पनीको नाम, क्वारेनटाइनको ठेगाना, सम्पर्क व्यक्ति, सबै भरेर हाम्रो लोकेसन ट्र्याक गरेपछि मात्र मोबाइल फिर्ता दिइयो। 

हामीलाई सोधपुछ भयो- कहाँ जाने?, केमा जाने? बस, ट्याक्सी, ट्रेन केमा जाने हो त्यही अनुसार ज्याकेटको बाहिर संकेत लेखिएको स्टिकर टाँसेर लामबद्ध गरियो। 

उक्त एपमा दिनमा २ पटक सेल्फ डाइग्नोस अप्सनमा गएर आफ्नो सम्पूर्ण स्वास्थ्य अवस्थाबारे अपडेट गराउनुपर्ने अनिवार्य सर्त रहेछ। हामी सबै कुरामा सहमति जनाई अध्यागमनको सम्पूर्ण जाँच पूरा गरेर लगेजको लागि भुइँ तलामा पुग्यौं। यसपछिको जाँच पनि अलि कडा नै थियो। एन्टी डिस इन्फेक्टेन्ट स्प्रे राम्रो सँग छर्केपछि मात्र हामीलाई लगेज दिने  काम भयो। कुनै पनि औषधिजन्य पदार्थ वा  धातुजन्य वस्तुलाई बढी नै सोधपुछ हुन्थ्यो। सेक्युरिटीमा रहेका कर्मचारीसँगै २ वटा कुकुरलाई सुंघाएर यात्रुले लगेका सामान यकिन भएपछि मात्र लैजान पाउने व्यवस्था थियो। 

हामी यी सबै प्रक्रिया पूरा गरी एयरपोर्ट बाहिर के निस्केका थियौं, त्यहीँ हामीलाई सोधपुछ भयो- कहाँ जाने?, केमा जाने? बस, ट्याक्सी, ट्रेन केमा जाने हो त्यही अनुसार ज्याकेटको बाहिर संकेत लेखिएको स्टिकर टाँसेर लामबद्ध गरियो। 

म सबैभन्दा टाढा बुसान आउनुपर्ने भएकोले केटिएस ट्रेन लाइनमा बसेँ। ट्रेन त्यहाँबाट सिधै नआउने हुँदा बस चढी करिब डेढ घन्टामा बल्ल ग्वाङ्ग्म्यङ ट्रेन स्टेसनमा आएँ। त्यहाँ आइपुग्दा लगभग रातिको साढे आठ बजेको थियो। करिब १० बजेतिर ट्रेन चढी बुसान स्टेसन पुग्दा रातिको १२:१७ बजेको थियो। त्यहाँ हेल्थ सेन्टरका व्यक्तिहरु अस्थायी संरचना हेल्थ डेस्क  बनाएर बसेका रहेछन्। 

हामी ट्रेनबाट झर्ना साथ डेस्कमा गएर फेरि लामबद भएर बस्यौं र पालैपालो कोरोना परीक्षणको लागि स्वाब दिने काम भयो। कोरोना टेष्टको लागि स्वाब दिएको पनि चौथो पटक थियो। स्वाब दिएर हामी बाहिर निस्कियौं। त्यतिन्जेल हामीलाई लिन बुसानस्थित कनेक्ट होटल (हामीले पहिले नै बुक गरेको) को गाडी आइसकेको रहेछ। मसँगै उक्त होटलमा क्वारेन्टाइन बस्न त्यो दिन ४ जना कोरियन पनि सँगै थिए। हामी होटलमा आयौँ र सबै दर्ता प्रक्रिया पूरा गरेर होटलको आआफ्नो कोठातर्फ लाग्यौं। 

राति ढिला भएकोले होटलमा त्यो दिनको लागि खानाको अर्डर क्यान्सिल गरिएको रहेछ। कोठामा भएको चाउचाउ खाएर सुत्दा रातिको २ बजिसकेको थियो। शरीर धेरै गलेर होला कतिबेला निदाएछु पत्तै भएन।

ब्युँझदा बिहान ९ बजिसकेको थियो। आज पनि कोठामा २ पटक तापक्रम नापेर लेख्नुपर्ने थियो। ढोकामा गते, समय लेखेर टाँसिएको पेपर थियो। उक्त पेपरमा लेख्न यसो निस्केको थिएँ, ढोका बाहिर खाजाको पोको पो राखिएको रहेछ। हिजो राति होटलवालाले कोरियन भाषामा भनेको राम्रोसँग ध्यान दिएर नसुनेकोले हो या राम्रोसँग नबुझेकोले हो, खाजा, खाना लिन आफैं जानुपर्ने होला भन्ने लागेको थियो तर होइन रहेछ। बिहान ७:१५ मा ब्रेकफास्ट, ११:१५ मा खाना र साँझ ५:१५ मा बेलुकाको खाना आफैं प्याकिङ गरेर ढोका अगाडि पोको पारेर छाडिदिने अनि बेल बजाइदिने चलन रहेछ।

कोरोना नियन्त्रणमा पनि सरकारले चालेको यो प्रभावकारी कदम र सँगसँगै नागरिकमा कर्तव्य पालना सही किसिमले भएकोले गर्दा नै कोरियाले ठूलो मानवीय र आर्थिक क्षति  व्यहोर्नुपरेको छैन।

प्याकिङ  खानाको पोको लगेर आफ्नो इच्छाअनुसार जतिबेला खाए पनि हुने भयो। ल्याउँदै चिसो भइसक्ने खाना जति समय राखे पनि फरक नपर्ने भयो। होटेलमा दिनको कोरियन १ लाख वन करिब नेपाली १० हजार तिर्नुपर्थ्यो। पैसा तिरेअनुसार सुविधा पनि राम्रो थियो। सबै कुरा कोठामै एट्याच थियो। हुन त बाहिर जान त के झ्यालबाट बाहिर टाउको झिकेर हेर्न पनि नमिल्ने खालका नियम छन्। धन्न मेरो रुमको बाहिर सानो बरण्डा थियो र यसो बेलाबेलामा आउन पाइन्थ्यो। बाटोतिर नजिकै भएको बुसान टावर, अगाडिका अपार्टहरुतिर हेर्न सकिन्थ्यो।

मेरा लागि कोरियाको क्वारेन्टाइन बसाइ कत्ति पनि पट्यारलाग्दो थिएन। सबै मापदण्ड पालना गरेर राखिएको छ। बस्ने ठाउँदेखि खानेकुरा सन्तुलित किसिमले व्यवस्थापन गरिएको छ। दिनमा तीन पटक खाना त्यसमा पनि दिनैपिच्छे फरकफरक आइटम, कोठामा पनि तातो-चिसो सबै व्यवस्था भएको। बाहिर चिसोले तापक्रम माइनस हुँदा पनि कोठामा आनन्दले पातला कपडामा सुत्न मिल्ने थियो। वाइफाई, टेलिफोन, टिभी सबैको व्यवस्था मिलाइएको छ। गर्नुपर्ने काम पनि आफ्नो व्यक्तिगत सरसफाइ र खाना खाने बाहेक अरु केही थिएन। दिनभरि एकलै बस्दा बोरिङ हुनु स्वभाविक हो तर लेख्न र पढ्नमा रुचि हुनेका लागि भने १४ दिन क्वारेन्टाइन बस्नु खासै गाह्रो थिएन।

क्वारेन्टाइनको बसाइमा मलाई लाग्यो, साँच्चै कोरियाको विकास त्यसै भएको होइन। यहाँका कर्मचारी यति धेरै इमान्दारिताका साथ सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा लागेको देख्न सकिन्छ। जनतामा पनि इमान्दारिता, अनुशासनको कडा पालना देख्न सकिन्छ। यहाँका सडकमा प्रहरी देखिँदैनन् तर पनि नियम पालना शतप्रतिशतले भइरहेको हुन्छ। सबै कुरा ठिकठाक चलिरहेको छ।

कोरोना नियन्त्रणमा पनि सरकारले चालेको यो प्रभावकारी कदम र सँगसँगै नागरिकमा कर्तव्य पालना सही किसिमले भएकोले गर्दा नै कोरियाले ठूलो मानवीय र आर्थिक क्षति  व्यहोर्नुपरेको छैन।

हाम्रो जस्तो देशले कोरियाबाट धेरै कुरा सिक्नुपर्छ भन्ने लाग्छ। करिब ४०/५० वर्षको विश्व इतिहासमा नेपालभन्दा पनि कमजोर आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिएको  देश दक्षिण कोरिया कसरी यति छिटो द्रुत गतिको विकास गर्न सक्षम भयो भन्ने कुरा धेरैका लागि अनुकरणीय हुनसक्छ। 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्