काठमाडौं– छोरी नाता पर्ने किशोरीलाई बलात्कार गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। खोटाङ लामीडाँडा– ६ घर भएका ५८ वर्षिय रामबहादुर दर्जीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबीले सोमबार पक्राउ गरेको हो।
उनले गत पुस १८ गते राती चाबहिलको मैजुबहालमा छोरी नाता पर्ने सुस्त मनिस्थितीकी २६ वर्षिया किशोरीलाई बलात्कार गरेका थिए। घटनापछि फरार रहेका उनलाई ठिमीको बोडेबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ। अभियुक्तलाई सिआईबीले गौशला वृत्तमा बुझाएको छ। उनी गार्मेन्ट मजदुर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।