• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो सित्तैमा जान सक्नेछन् नयाँ क्लब

नेपाल लाइभ बिहीबार, माघ २९, २०७७  ०८:१०
1140x725

काठमाडौं- युरोपियन फुटबलमा खेलाडी ‘ट्रान्सफर’मा ठूला खेलाडीको अदलबदल हुन सिजनको अन्त्य नै पर्खनुपर्ने भएको छ। जनवरीमा हुने खेलाडी किनबेचको समयमा चर्चामा रहेका खेलाडीले क्लब फेरेको देखिएन। जसले आउने समयमा स्टार भनिएका खेलाडीहरु नै सित्तैमा क्लब छाड्न सक्ने अवस्था देखिएको छ। 

हुन त ट्रान्सफरमा खर्च हुने रकमबाहेक नै पनि खेलाडीको तलबको हिस्साले क्लबलाई सहज त हुने छैन। तर ठूला खेलाडीको ट्रान्सफर रकम मात्र सित्तैमा हुनु पनि किन्ने क्लबका लागि फाइदाको नै विषय हो। अहिले सुरुवाती ११ मा नै खेल्न सक्ने उत्कृष्ट खेलाडीहरु आ-आफ्नो क्लबसँग सम्झौताको अन्तिम समयमा छन्। 

यस्तोमा युरोपको ठूला फुटबल क्लबमा अहिले कोरोना माहामारीपछि आइपरेको आर्थिक समस्या जस्तो यसअघि कहिल्यै थिएन। जसको असर खेलाडी किनबेचको बजारमा परिरहेको छ। चर्चामा आएका धेरै खेलाडीलाई नयाँ क्लबमा जाने वातावरण ठूलो रकमका कारण नै बन्न सकिरहेको छैन। 

युरोपियन फुटबलमा कोरोनाले अप्ठ्यारो पारेको फुटबल सिजन सामान्य अवस्थामा फर्कने प्रयासमा भने देखिन्छ। यो सिजनको खेल आधातिर पुग्दा अहिले पुनः खेलाडीले पुरानै क्लबमा सम्झौता गर्छन् या नयाँ क्लब छनोट गर्छन् भन्ने बहस भइरहेको छ। मैदानबाहिरको यो खेलमा पहिले नै क्लब छाड्ने तयारीमा रहेका खेलाडी र केही नयाँ नाम किनबेचको चर्चामा छ।

खेलाडी किनबेचको गएको समय पनि कोरोनाले थलिएको फुटबल बजारका कारण प्रभावित बनेको थियो। ठूला भनिएका क्लबले पनि आफूले चाहेजस्तो गरी रकम खर्च गर्न सकेनन्। जसले अहिलेको समयमा पनि केही क्लबका लागि त्यही मुस्किल समय चलिरहेको छ। खेलाडी किनबेचको योजनालाई क्लबको आर्थिक अवस्था र खर्च गर्न पाउने रकमको सीमाले असर गरिरहेको छ।

यस्तोमा यस्ता केही खेलाडी छन्, जो नयाँ सिजनमा सित्तैमा क्लब छाडेर जान सक्नेछन्। छाडेर जाने खेलाडीका आधारमा नै नयाँ टिम हेर्ने हो भने सुरुवाती ११ मा पर्न सक्ने उत्कृष्ट समूह देखिन्छ। 

जियानलुइजी डोनारुम्मा
इटालियन क्लब एसी मिलानका गोलकिपर जियानलुइजी डोनारुम्मा रोजाइँका गोलपिकर हुन्। १६ वर्षको उमेरमा डेब्यू गरेदेखि २१ वर्षका उनले २०० खेल खेलिसकेका छन्। यस्तोमा उनको क्लबसँगको नयाँ सम्झौता रोकिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

डोनारुम्मा जस्तै गोलकिपरहरु फर्नान्डो मुस्लेरा, लुकास फाबिनास्की, सर्जियो रोमेरो र अस्मिर बेगोभिच जस्ता गोलकिपर फ्री हुँदै छन्। 

जेरोमी बोएटेङ 
जर्मन क्लब बायर्न म्युनिकका डिफेन्डर जेरोमी बोएटेङ यो सिजन बायर्न टिममा राम्रो स्थान पाइरहेकै छन्। गएको वर्ष घरेलु उपाधिसहित च्याम्पियन्स लिग जितेको बायर्न म्युनिक यो सिजन पनि अंक तालिकामा शीर्ष स्थानमा नै छ। ३२ वर्षका बोएटेङ क्लबसँग सम्झौता थप गर्ने विषयमा छलफलमा छन् तर प्रगति देखिएको छैन। 

Xtrem

Xtrem

सर्जियो रामोस
स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस विश्व फुटबलमा राम्रा डिफेन्डर हुन्। उनको खेल शैलीका आधारमा पनि उनीमाथि धेरै क्लबको नजर छ। डिफेन्डरका रुपमा पनि एक सय गोलको आँकडाले पनि उनको खेलको शक्ति बताइरहेकै छ। मार्चमा ३५ वर्ष पुग्ने रामोसले मड्रिडसँगको सम्झौता सकिएसँगै नयाँ सिजनमा क्लब परिवर्तन गर्छन् भन्ने खबरहरु आइरहेका छन्। अहिले चोटमा रहेका रामोसले रियल मड्रिडमै सम्झौता थप गर्ने विषय रोकिएको छ। 

डेभिड अलाबा
जर्मन क्लब बायर्न म्युनिकका डिफेन्डर डेभिड अलाबा पनि क्लब छाड्ने अवस्थामा देखिन्छन्। गएको सिजन बायर्न म्युनिकका तेहोरो उपाधि जितेका अलाबा म्यानचेस्टर युनाइटेड, म्यनाचेस्टर सिटी, चेल्सी, बार्सिलोना, रियल मड्रिड र पिएसजी जस्ता ठूला क्लबसँग कुराकानीमा छन्। बायर्न म्युनिकसँगको सम्झौतामा अन्तिम वर्षमा रहेका अलाबाले आउने सिजनका लागि कुनै नयाँ क्लबसँग सम्झौतामा पुग्ने सम्भावना बढी छ।

यसका साथै इरिक ग्रासिया, जुआन बेर्नट, प्याट्रिक भ्यान एनहोल्ट र थियागो सिल्भा जस्ता खेलाडी पनि आउने सिजनअघि फ्रि ट्रान्सफरमा हुनेछन्। 

फर्नान्डिनो
इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर फर्नान्डिनो पनि आउने सिजनअघि सम्झौताविहीन हुनेछन्। सिटीमा ३०० भन्दा बढि खेल खेलेका ३५ वर्षका फर्नान्डिनोको स्थानमा युवा मिडफिल्डर रोज्ने प्रशिक्षक पेप गार्डिओलाको इच्छा देखिन्छ। उनका लागि अहिले दक्षिण अमेरिकी फुटबल क्लबहरुबाट प्रस्ताव आइरहेको बताइन्छ। 

जर्जिनियो विज्नाल्डम
प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जर्जिनियो विज्नाल्डम क्लब छाड्ने मनस्थितिमा देखिन्छन्। स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई लैजाने इच्छा देखाइरहँदा बार्सिलोनामा परेको आर्थिक अभावले समस्या आइपरेको थियो। उनलाई लैजान इटालियन क्लब इन्टर मिलानले पनि इच्छा देखाइरहेको छ। च्याम्पियन्स लिगको खराब खेलपछि इन्टर मिलान खेलाडी परिवर्तनको राम्रो तयारीमा देखिन्छ। यसैले आउने सिजनअघि उनले पनि क्लब छाड्ने अनुमान बढिरहेका छन्।

मेमफिस डिपे 
फ्रेन्च क्लब लियोनका स्ट्राइकर मेमफिस डिपे यसअघि नै बार्सिलोना जाँदैछन् भन्ने चर्चा खुबै चल्यो। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो प्रमुख योजनामा डिपेलाई लैजाने विषय अगाडि सारेका थिए। तर बार्सिलोनामा पछिल्लो समयको कमजोर आर्थिक अवस्थाले त्यो सफल हुन सकेन। अहिले त डिपेलाई लैजान चाहने क्लबको संख्या थपिएको छ। इटालियन क्लब युभेन्टससँगै म्यानचेस्टर युनाइटेड पनि डिपे चाहिरहेको छ भन्ने खबर आएका छन्। 

जुलियन ड्राक्सलर
फ्रेन्च क्लब पिएसजीमा रहेका जर्मन खेलाडी जुलियन ड्राक्सलर यो सिजन टिममा नियमित देखिएका छैनन्। उनी पिएसजीसँगको सम्झौतापछि नयाँ क्लबमा जाने विषयमा कुराकानी भइरहेको बताइन्छ। आफ्नो नयाँ यात्राबारे आउने मार्चमा बताउने उनलाई उद्धृत गर्दै खबरहरु आइरहेका छन्। 

यस्तै मिडफिल्डरहरु हकन काल्हानोग्लु, हेनरिख मिख्तारयान, जाभी मार्टिनेज र योआन माटा पनि आउने सिजन फ्रि हुनेछन्। 

एन्जेल डि मारिया
फ्रेन्च क्लब पिएसजीका अर्का खेलाडी एन्जेल डि मारिया पनि आउने सिजनअघि सम्झौताविहीन हुनेछन्। विंगर डि मारिया पेरिस टिममा राम्रो समय बिताएका खेलाडी हुन्। उनले मैदानमा आफ्नो कौशल म्यानचेस्टर युनाइटेड र रियल मड्रिडमा भन्दा राम्ररी देखाएको मानिन्छ। ३२ वर्षका डि मारिया नयाँ सिजनमा कुनै अरु क्लबमा जानेछन् या पिएसजीसँगै सम्झौता थप गर्नेछन् यकिन छैन। 

लियोनल मेस्सी
यो सिजनको अन्त्यमा सम्झौता सकिने बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले जनवरीमा कुनै क्लबसँग पूर्वसम्झौता गर्छन् भन्ने अनुमान गलत सावित भइसकेको छ। उनले अहिले बार्सिलोनामा नै जितका लागि मेहनत गरिरहेको बताएका छन्। आउने सिजनमा मेस्सीलाई लैजाने सम्भावित क्लबमा म्यानचेस्टर सिटी र पिएसजी अगाडि देखिन्छन्। बार्सिलोनामा जनवरी २४ मा सकिने अध्यक्षको नयाँ चुनावसँग मेस्सीले के गर्लान् भन्ने प्रश्न जोडिएको छ।

सर्जियो अग्युरो
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले यो सिजन चोटका कारण खराब समय भोगिरहेका छन्। अहिलेसम्म यो सिजनमा उनले ९ खेल मात्र खेलेका छन्। जसमा प्रिमियर लिगको ५ खेलमा गोलविहीन छन् भने च्याम्पियन्स लिगको ३ खेलमा २ गोल गरेका छन्। एक खेल इएफएल कपमा खेलेका छन्। ३२ वर्षका अग्युरो पनि आउने सिजन नयाँ क्लबमा हुने खबरहरु आइरहेका छन्। अहिले सिटीमा हप्ताको २ लाख ६० हजार पाउन्डको सम्झौतामा रहेका अग्युरोलाई नयाँ क्लबमा तलबका हिसाबले भने सहज देखिँदैन। 

यसका साथै नयाँ सिजन अघि सम्झौता सकिने अरु फरवार्डमा जाल्टन इब्राहिमोविच, ओलिभर जिरउड, स्टेभेन जोभेटिक र टोरी डिने जस्ता खेलाडी रहेका छन्। 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्