काठमाडौं– ठमेलमा चरेसको कारोबारमा संलग्न ४ जना समातिएका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठा चोकबाट शनिबार साँझ सात सय ग्राम चरेससहित कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कालिकोटका बिरजित शाही, लगिन्द्र बम, रंजित बिक र पटक बहाददुर बम छन्।
उनीहरुविरुद्ध लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।