• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

किन मलाई यस्तो डर लाग्छ?

सुरेश गिरी शनिबार, माघ २४, २०७७  २०:०८
1140x725

हिजोआज मलाई मलाई एकदमै डर लाग्छ। त्यो डर किन लाग्छ, के कुराले डर लाग्छ, त्यो न म कोहीसँग साट्न सक्छु न कसैलाई खुलेर भन्न सक्छु। कहिलेकाहीँ त लाग्छ म किन यसरी डराइरहेको छु? न मैले कुनै ठूलै गल्ती पो गरेको छु कि? म विगतमा फर्केर सम्झन खोज्छु। तर, यो मानसपटलमा कहीँ कतै कुनै गल्ती नभेट्दा मलाई झन् बढी डर लाग्छ।

जब स्मृतिका पानाहरूमा कहीँ कतै कुनै गल्तीका गुञ्जायस भेटिँदैनन् त्यो बेला मेरो डर अझै बढेर जान्छ। सोच्छु, के म आफूले आफैंलाई चिन्न नसकेर डराएको त हैन? म आफूले आफैलाई चिन्ने धेरै प्रयास गर्छु, धेरै सोचविचार पनि गर्छु र आफूले गरिरहेका कामलाई नियाल्ने प्रयास पनि गर्छु। अनि यसो सोच्छु– सबै कुरा ठिकठाक नै त छ। राम्रैसँग जीवन चलिरहेकै छ। फेरि यस्तो विचार मनमा आउँदा अझै डर बढेर जान्छ। म आफू जीवन जिउनका लागि चाहिने सबै कुरामा परिपूर्ण छु जस्तो लाग्छ। त्यही पनि मलाई मात्र किन यसरी डर लाग्छ? के म मा कायरता भरिएको छ? सबै कुरामा पूर्ण छु भन्ने मेरो बुझाई नै गलत हो कि, जसले मलाई यस्तो विधि डर लाग्छ?

के अरु मानिस सोच्दैनन् म मात्र सोच्छु, त्यसैले मलाई मात्र डर लाग्छ? मलाई डर के को लाग्छ किन लाग्छ म त्यो कुरा सोच्नमै धेरै समय बिताउँछु किन? कहिलेकाहीँ त सोच्छु, यस्ता डर कति प्रकारका हुन्छन् होला? के सबै डर खान/लाउन नपाएर मात्र आउँछन् या आफ्ना सपना पूरा गर्न नसकेर ? यसो सोच्छु, यी कुरामा पनि त्यति डराउनु पर्ने जस्तो लाग्दैन। थोरै धेरै होला, मलाई यी कुराले पुगेकै छ। त्यसो हुँदा फेरि सोच्छु मलाई डर किन लाग्छ?

यस्तै यस्तै डरैडरको सोंचमा डुबिसकेपछि विस्तारै मलाई लाग्छ म डराउने अरु धेरै कुरा छन्। मलाई मेरो बारेमा हैन मेरा सन्ततिका कारणले डर लाग्छ। वर्ष दिनदेखि कोरोनाको कहरले स्कुलको अनुहार नदेखेका विद्यार्थी, गुजाराका लागि विदेशिएका युवा, खाना नपाएर भोकभोकै परेका जनताको अवस्थाले डर लाग्छ। कुबाटो र कुसंस्कारमा हुर्किएको युवा पुस्ता, पार्टीको झण्डालाई सर्वोपरि ठान्ने वर्ग, कोरोनाको प्रवाह नगरी पार्टीको झण्डा बोकी सडकमा उत्रेको त्यो भीड, फरक विचारलाई सम्मान गर्न नसक्ने जमात, सहीलाई सही र गलतलाई गलत देख्न नसक्ने हामी वरिपरिको जमात देखेर पनि मलाई डर लाग्छ। अनि गलत सूचना प्रवाह गर्ने सञ्चारकर्मी, वर्षौंवर्षदेखि निमुखामाथि भइरहेको दमन, अनेकौं स्वरुपका छुवाछुत, यो वा त्यो नाममा हुने आन्दोलनको मारमा परेका जनता, सानो चोटमा पनि उपचार नपाएर मृत्युवरण गरेका, एकमुठी अन्नको लागि लामो लाइनमा उभिएका निरीह चेहरा मेरो डर बढाउने अरु कारण रहेछन्। 

सोझा जनतालाई सडकमा उत्रन प्रेरित गरिरहने नेताहरूको हाँसोसँगै ठोक्किएको महंगो रक्सीको गिलासको आवाजले पो मलाई डर लाग्दो रहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, स्वतन्त्र रूपमा अभिव्यक्ति दिने मानिस नदेख्दा, सपनामा आएर झस्काउने शहीदहरूको अबोध चित्कार, उखु बारी र धान खेतमा मारिएका ती अबोध बालिकाहरूको रोदनले मेरो डर अझैं बढाइदिन्छ। अनि केन्द्रमा बसेर आफूलाई राजा, रजौटा, ठूलाबडा, नागरिककर्मी, अधिकारकर्मी, व्यापारी, शिक्षित भनाउनेहरु, हाकिमहरू, बिचौलिया, आफूले आफूलाई महान स्वतन्त्रतावादी ठान्ने चाकडीवाजहरू र सधैं आफ्नो स्वार्थको लागि सोझा जनतालाई सडकमा उत्रन प्रेरित गरिरहने नेताहरूको हाँसोसँगै ठोक्किएको महंगो रक्सीको गिलासको आवाजले पो मलाई डर लाग्दो रहेछ।

के यस्तो डर मलाई मात्र हो कि अरुलाई पनि लाग्छ? मलाई यी कुराले डर लाग्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। यी कुरा पनि डर हुन् र भविष्यमा यी कुराले ठूलो असर गर्छन् भन्ने कुरामा सहमत हुने, थोरै पनि यस्तो मान्न तयार हुने जमात नै भेटिएनन्। त्यसो भए के मेरो डर जायज छैन? के माथिका कुराले डराउनु जरुरी छैन? के मेरो सोंच नै जायज छैन? मलाई यो सोच्दा अझै बढी डर लागेर आउँछ। के साँच्चै माथिका मेरा डरहरूको भविष्यसँग कुनै सम्बन्ध छैन? या यी कुराले हाम्रो समाज अनि भावी पुस्तालाई केही असर गर्दैनन्?

दशकौंदेखिको परिवर्तनको आन्दोलन र पाएका उपलब्धिहरूको दुरुपयोग गर्दै जनतालाई सधैं भेडा सोच्ने नेताहरू र भेडा बन्ने जनताको सोंचदेखि डराउनु के जायज होइन र?  फेरि पनि परिवर्तनको लागि आन्दोलन गर्न तयार रहनुस् भनेर सडकमा उत्रन बाध्य बनाउने, संविधानको घाँटी रेटेर बजाइने बेमौसमी बाजामा नाच्न तयार रहनुपर्ने कुराले  तपाईंहरूलाई पनि भित्र भित्र पक्कै डर लाग्दो हो। हो, यस्ता कुरामा डर लाग्नु पनि पर्दछ। के यो मेरो डर हटाउने कुनै उपाय छैन? पक्कै छ, मेरा यी डरलाई एकछिन सापटी लिएर भविष्यको बारेमा सोच्नुस् र एकछिन डराउनुस्। आजैदेखि सहीलाई सही र गलतलाई गलत भन्ने प्रण गर्नुहोस्। यति गरेपछि भोलिदेखि न म डराउनुपर्नेछ न तपाईं।

@Rhishendra

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्