• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
यता योजनामा परेनन् उता खेल देखाए
नेपाल लाइभ शनिबार, माघ २४, २०७७  ०९:००
1140x725

काठमाडौं- लुइस स्वारेज अहिले एथ्लेटिको मड्रिडमा गजव खेल देखाइरहेका छन्। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेजमाथि डिएगो सिमोनले देखाएको विश्वास मैदानमा प्रमाणित भइरहेको छ। लिगको शीर्ष स्थानमा रहन स्वारेजको गोल निर्णायक बनिरहेको छ। 

‘जब बार्सिलोनाले म उनीहरुको गणनामा परेको छैन भन्ने थाहा दियो, तब त्यो मैले सोचेको कुरा थिएन। जसरी त्यो कुरा भनियो त्यसले कठीन समय आइपरेको थियो। कोम्यानले फोन गरेर म उनको योजनामा नरहेको बताएका थिए’ स्वारेजलाई उद्धृत गर्दै केही स्पेनिस सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

‘बार्सिलोनाको योजनामा नपरेको विषय आएसँगै एथ्लेटिको मड्रिडबाट प्रशिक्षक सिमोनले कुराकानी गरेका थिए। त्योबाहेक अरु क्लबबाट पनि प्रस्ताव त आइरहेको थियो। मैले मेरो र परिवारको लागि उपयुक्त निर्णय कुन हुन्छ भनेर विचार गरेको थिएँ। सिमोनसँग गरेको कुराकानी विशेष थियो, उनी खेलाडी बुझ्छन्’ स्वारेजले भनेका छन्। 

कोम्यानले अविश्वास गरेका स्वारेज अहिले ला लिगामा उत्कृष्ट लयमा छन्। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडमा उनले १४ गोल गरिसकेका छन्। दुई गोलका लागि पास मिलाएका छन्। १९ खेलमा ५० अंकसहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ। दोस्रोमा रहेको बार्सिलोनाको २० खेलमा ४० अंक रहेको छ।

सिजनको सुरुवातमा आर्थर मेलो, इभान राकिटिक, आर्टुरो भिडाल र नेल्सन सेमेडोपछि बार्सिलोना छाड्ने खेलाडीमा जोडिएका थिए स्वारेज। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेज ला लिगामा प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिड जाँदा धेरैले बार्सिलोनाको गलत निर्णय भनेर अथ्र्याएका थिए। जुन प्रमाणित पनि भइरहेको छ।

एथ्लेटिको मड्रिडले उनलाई फ्रि ट्रान्सफरमा रहेर आबद्ध गरेको हो। स्वारेजलाई प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा पठाउन बार्सिलोनाले कसरी सहमति जनायो त्यो स्पष्ट छैन। स्वारेज एथ्लेटिकोमा आफूले बार्सिलोनामा पाइरहेको तलबमा कम गरेर गएका हुन्। बार्सिलोनासँग सम्झौता सकिन एक वर्ष बाँकी हुँदै सम्झौता अन्त्य गर्ने सहमति भएको थियो। 

स्वारेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए। बार्सिलोनामा स्वारेजले चार ला लिगा उपाधि, चार कोपा डेल रे, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप र एक फिफा क्लब विश्वकप जिते। ला लिगामा क्रिष्टियानो रोनाल्डो र मेस्सीको समयमा समेत वर्ष उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका स्वारेज अझै केही वर्ष युरोपियन फुटबलमा नै रहन चाहन्छन्।

गएको सिजन बार्सिलोनामा स्वारेजले ३६ खेलमा २१ गोल र १२ असिस्ट गरेका थिए। समग्रमा बार्सिलोनामा २ सय ८३ खेल खेलेका स्वारेजले १ सय ९८ गोल र १ सय ९ असिस्ट गरेका छन्। गएको च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग ८-२ ले हार्दा गरेको एक गोल नै स्वारेजको बार्सिलोनाका लागि अन्तिम गोल बन्यो। बार्सिलोनामार्फत देखाएको गोलको संख्या स्वारेजले एथ्लेटिको मड्रिडमा पनि निरन्तरता दिन सकिरहेका छन्। 

छाड्ने बेलाको समय सहज नदेखिए पनि बार्सिलोनामा स्वारेजले बिताएको ६ वर्ष तथ्यांक र प्रस्तुति दुवैका हिसाबले राम्रो हो। स्वारेज बार्सिलोना जाने बेला मैदानमा उनको अनुशासनको व्यवहारका कारण पनि निकै प्रश्न उठिरहेको समय थियो। तर बार्सिलोना गएपछि उनको त्यो व्यवहार दोहोरिएन। 

सन् २०१४ को विश्वकपको बेला उरुग्वेका स्वारेजको व्यवहारले फुटबलबाहेक उनको खराब चर्चा चल्यो। इटालीका खेलाडी जर्जियो चिलेनीलाई स्वारेजले टोकेको घटनाले विश्व फुटबल समर्थक अचम्मित थिए। तर त्यसरी स्वारेजलाई विपक्षी खेलाडीलाई टोकेको त्यो तेस्रो पटक थियो। जतिबेला उनी त्यही घटनाले चार महिनाको प्रतिबन्धमा समेत थिए। 

खेलमा भइरहेको तनावग्रस्त अवस्थालाई व्यवस्थापन गर्न नसक्दा आफ्नो व्यवहार त्यस्तो भएको स्वारेजले सार्वजनिक रुपमा बताएका थिए। खेल सकिएपछि सोचेर शान्त हुन सहज हुने गरी पनि खेल चलिरहेको दौरान आफूले आफैमा नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो। तर बार्सिलोना गएपछि उनको त्यो बानी हट्यो। 

बार्सिलोनामा लियोनल मेस्सी, स्वारेज र नेमारको फरवार्ड लाइन ‘एमएसएन’ का रुपमा खुबै चर्चित रह्यो। क्लब इतिहासमा नै सबैभन्दा योजनाबद्ध फरवार्ड लाइनका रुपमा समेत चर्चा भयो। जहाँ तीन दक्षिण अमेरिकी खेलाडीको उत्कृष्ट लयमा नै बार्सिलोनाले लुइस इनिरिक प्रशिक्षक रहेको समय २०१४-१५ मा च्याम्पियन्स लिग, कोपा डेल रे र ला लिगासहित तेहोरो उपाधि जिते। जहाँ स्वारेजले च्याम्पियन्स लिग फाइनलमा युभेन्टसविरुद्धको गोलसहित २५ गोल र २४ असिस्ट गरे। 

त्यसपछि २०१५-१६ को सिजन त स्वारेजले अझ उत्कृष्ट लय नै देखाए। त्यो वर्ष ५९ गोल र २२ असिस्ट गरेका स्वारेजले क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी चलिरहेको फुटबल समयमा समेत युरोपियन गोल्डेन बुटमा आफ्नो नाम लेखाउन सके। जहाँ बार्सिलोनाले सुपरकोपा, क्लब विश्वकप, कोपा डेल रे र ला लिगासहित चार उपाधि जितेको थियो। 

२०१६-१७ को सिजनमा समेत स्वारेजले ४२ गोल र १६ असिस्ट गरेका थिए। जहाँ च्याम्पियन्स लिगमा पिएसजीविरुद्धाको ऐतिहासिक वापसीमा स्वारेजको पनि विशेष भूमिका थियो। त्यो सिजन ला लिगा र च्याम्पियन्स लिगमा रियल मड्रिड उत्कृष्ट बने पनि बार्सिलोनाको खेल तारिफयोग्य नै रह्यो। जहाँ कोपा डेल रे र सुपरकोपा बार्सिलोनाकै नाममा रह्यो। 

२०१७ मा नै नेमार बार्सिलोना छाडेर पिएसजी गएपछि एमएसएन शैलीमा एक खेलाडी हराए। थप अरु कारणहरु जोडिँदै गए पनि बार्सिलोना त्यसपछि च्याम्पियन्स लिगमा कहिल्यै राम्रो देखिन सकेन। त्यसैको निरन्तरतामा गएको सिजन बायर्न म्युनिकसँगको ८-२ को हार त थप लज्जास्पद रह्यो। तर २०१७-१८ मा ३६ गोल र २०१८-१९ मा ३३ गोल गरेका स्वारेजको खेल नराम्रो भन्न सकिने आधार छैनन्।

तथ्यांकहरुलाई हेर्दा त बार्सिलोनामा सबैभन्दा उत्कृष्ट स्ट्राइकरका रुपमा आफ्नो नाम लेखाएर स्वारेजले छाडेका हुन्। अफिसियल खेलहरुलाई हेर्दा बार्सिलोनको इतिहासमा नै मेस्सी र १९४० ताका बार्सिलोना खेलाडी रहेका सिजर रोड्रिग्वेजपछि धेरै गोल गर्ने खेलाडी स्वारेज नै हुन्। 

मेस्सीसँग त मैदानमा मात्र होइन मैदानबाहिर समेत स्वारेजको तालमेल गजव रहिरह्यो। जसको प्रभाव मैदानमा प्रत्यक्ष देखियो। स्वारेजका ३९ गोलमा मेस्सीको पास र मेस्सीको ४७ गोलमा स्वारेजको पास पनि त्यसको प्रमाण हो। मैदानबाहिरको सम्बन्ध अझै उस्तै राख्न सकिए पनि मैदानमा मेस्सीलाई स्वारेजको अभाव खड्किएकै छ। 

यी सबै कुरालाई विचार गर्दा र उनको तथ्यांक र खेल शैलीसमेतका आधारमा एउटा कुरा के स्पष्ट छ भने स्वारेज बार्सिलोनाका ‘आदर्श’ खेलाडी हुन नै। बार्सिलोना आउने बेला अनुशासनहीन रिसाह खेलाडीको चरित्र बोकेका स्वारेज अहिले बार्सिलोना छाड्ने बेला समर्थकको प्रिय बनेका छन्। 

पछिल्ला वर्ष उनको खेलमा तीब्रताको कमि देखिए पनि गोलमा बढ्ने उनको शैली अझै उत्कृष्ट नै छ। यसैले एथ्लेटिको मड्रिडमा सिमोनको प्रशिक्षणमा उनले खेल देखाइरहेकै छन्। डेभिड भिलालाई एथ्लेटिको मड्रिडमा पठाएर पछुताएको बार्सिलोनामा उही गल्ती फेरि दोहोरिएको छ। 

ला लिगामा यो सिजन पहिलो खेलमा नै ग्रानडालाई ६-१ ले हराउँदा स्वारेजले दुई गोल गरेका थिए। खेलको ७१औँ मिनेटमा डिएगो कोस्टाको स्थानमा परिवर्तन भएका स्वारेजले ८५औँ मिनेटमा पहिलो गोल र अतिरिक्त समयमा दोस्रो गोल गरेका थिए। 

एथ्लेटिको मड्रिडले दोस्रो खेलमा हुएस्कासँग गोलरहित बराबरी खेल्यो। जहाँ स्वारेज ६१ मिनेटसम्म मैदानमा थिए। भिलारियलसँग गोलरहित बराबरी खेल्दा स्वारेज ७० मिनेटसम्म मैदानमा थिए। लिगको चौथो खेलमा सेल्टा भिगोलाई २-० ले हराउँदा स्वारेजले खेलको छैठौँ मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए। जसले अतिरिक्त समयमा कारास्कोको गोल महत्वपूर्ण रुपमा जोडियो। 

लिगमा रियल बेटिससँग २-० को जित निकाल्दा पनि स्वारेजले एक गोल गरेका थिए। ओसासुनालाई ३-१ ले हराउँदा स्वारेज स्वास्थ्यका कारण टिमबाहिर थिए। काडिजविरुद्ध मैदान फर्किएको खेलमा स्वारेजले पुनः एक गोल गरे। एथ्लेटिकोले ४-० जितेको खेलमा स्वारेज ७१औँ मिनेटसम्म मैदानमा थिए। 

लिगमा बार्सिलोनाविरुद्धको खेलमा स्वारेज स्वास्थ्य अवस्थाकै कारण सहभागी हुन पाएनन्। जसले बार्सिलोनाविरुद्धको १-० को जितमा उनी साक्षी हुन पाएनन्। त्यसपछि नै भ्यालेन्सियाविरुद्ध १-० ले जितेको खेलमा पनि स्वारेज खेलमा थिएनन्। भायाडोलिडलाई २-० ले हराएको खेलमा स्वारेज ६३औँ मिनेटसम्म खेलेका थिए। लिगमा एथ्लेटिको मड्रिडले एक मात्र हार रियल मड्रिडसँग खेल्यो। जहाँ २-० ले हार्दा स्वारेज ७३ मिनेटसम्म मैदानमा थिए। 

लिगमा इल्चेलाई ३-१ हराउँदा स्वारेजले २ गोल गरेका थिए। खेलको ४१औँ र ५८औँ मिनेटमा स्वारेजले गरेको गोल जितको आधार बन्यो। रियल सोसिडाडसँगको २-० को जितमा स्वारेजले ८७ मिनेट खेले। गेटाफेलाई १-० ले हराएको खेलमा २०औँ मिनेटमा स्वारेजको गोल आधार बन्यो। 

ला लिगाको १५औँ खेलमा अलाभेसलाई २-१ ले हराउँदा पनि स्वारेजले एक गोल गरेका थिए। सेभियालाई २-० ले हराउँदा स्वारेज ८२ मिनेटसम्म खेले। अर्को खेलमा इबरलाई २-१ ले हराउँदा स्वारेजले दुवै गोल गरेका थिए। १२औँ मिनेटमा नै पछि परेको एथ्लेटिको मड्रिडका लागि स्वारेजले ४०औँ र ८९औँ मिनेटमा गोल गरेका थिए। 

लिगको १८औँ खेलमा ३-१ ले भ्यालेन्सियालाई हराउँदा एथ्लेटिको मड्रिडका लागि स्वारेजले एक गोल गरेका थिए। पछिल्लो पटक काडिजलाई ४-२ ले हराएको खेलमा पनि स्वारेजले दुई गोल गरेका थिए। खेलको २८औँ र ५०औँ मिनेटको उनको गोल महत्वपूर्ण थियो। 

ला लिगामा गोलको शीर्षमा रहेका स्वारेज जितको आधार बनिरहँदा बार्सिलोना आफ्नो लय फर्काउने संघर्षमा नै छ। यसैले अन्त्यतिर हुने बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको खेलले निकै अर्थ बोक्नेछ। स्वारेजको गोल देखिएमा बार्सिलोना समर्थकका लागि उनीविरुद्धको खेल हेर्न सहज हुने छैन। 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्