• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यता योजनामा परेनन् उता खेल देखाए

नेपाल लाइभ शनिबार, माघ २४, २०७७  ०९:००
1140x725

काठमाडौं- लुइस स्वारेज अहिले एथ्लेटिको मड्रिडमा गजव खेल देखाइरहेका छन्। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेजमाथि डिएगो सिमोनले देखाएको विश्वास मैदानमा प्रमाणित भइरहेको छ। लिगको शीर्ष स्थानमा रहन स्वारेजको गोल निर्णायक बनिरहेको छ। 

‘जब बार्सिलोनाले म उनीहरुको गणनामा परेको छैन भन्ने थाहा दियो, तब त्यो मैले सोचेको कुरा थिएन। जसरी त्यो कुरा भनियो त्यसले कठीन समय आइपरेको थियो। कोम्यानले फोन गरेर म उनको योजनामा नरहेको बताएका थिए’ स्वारेजलाई उद्धृत गर्दै केही स्पेनिस सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

‘बार्सिलोनाको योजनामा नपरेको विषय आएसँगै एथ्लेटिको मड्रिडबाट प्रशिक्षक सिमोनले कुराकानी गरेका थिए। त्योबाहेक अरु क्लबबाट पनि प्रस्ताव त आइरहेको थियो। मैले मेरो र परिवारको लागि उपयुक्त निर्णय कुन हुन्छ भनेर विचार गरेको थिएँ। सिमोनसँग गरेको कुराकानी विशेष थियो, उनी खेलाडी बुझ्छन्’ स्वारेजले भनेका छन्। 

कोम्यानले अविश्वास गरेका स्वारेज अहिले ला लिगामा उत्कृष्ट लयमा छन्। शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडमा उनले १४ गोल गरिसकेका छन्। दुई गोलका लागि पास मिलाएका छन्। १९ खेलमा ५० अंकसहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ। दोस्रोमा रहेको बार्सिलोनाको २० खेलमा ४० अंक रहेको छ।

सिजनको सुरुवातमा आर्थर मेलो, इभान राकिटिक, आर्टुरो भिडाल र नेल्सन सेमेडोपछि बार्सिलोना छाड्ने खेलाडीमा जोडिएका थिए स्वारेज। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेज ला लिगामा प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिड जाँदा धेरैले बार्सिलोनाको गलत निर्णय भनेर अथ्र्याएका थिए। जुन प्रमाणित पनि भइरहेको छ।

एथ्लेटिको मड्रिडले उनलाई फ्रि ट्रान्सफरमा रहेर आबद्ध गरेको हो। स्वारेजलाई प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडमा पठाउन बार्सिलोनाले कसरी सहमति जनायो त्यो स्पष्ट छैन। स्वारेज एथ्लेटिकोमा आफूले बार्सिलोनामा पाइरहेको तलबमा कम गरेर गएका हुन्। बार्सिलोनासँग सम्झौता सकिन एक वर्ष बाँकी हुँदै सम्झौता अन्त्य गर्ने सहमति भएको थियो। 

स्वारेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए। बार्सिलोनामा स्वारेजले चार ला लिगा उपाधि, चार कोपा डेल रे, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप र एक फिफा क्लब विश्वकप जिते। ला लिगामा क्रिष्टियानो रोनाल्डो र मेस्सीको समयमा समेत वर्ष उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका स्वारेज अझै केही वर्ष युरोपियन फुटबलमा नै रहन चाहन्छन्।

गएको सिजन बार्सिलोनामा स्वारेजले ३६ खेलमा २१ गोल र १२ असिस्ट गरेका थिए। समग्रमा बार्सिलोनामा २ सय ८३ खेल खेलेका स्वारेजले १ सय ९८ गोल र १ सय ९ असिस्ट गरेका छन्। गएको च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँग ८-२ ले हार्दा गरेको एक गोल नै स्वारेजको बार्सिलोनाका लागि अन्तिम गोल बन्यो। बार्सिलोनामार्फत देखाएको गोलको संख्या स्वारेजले एथ्लेटिको मड्रिडमा पनि निरन्तरता दिन सकिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

छाड्ने बेलाको समय सहज नदेखिए पनि बार्सिलोनामा स्वारेजले बिताएको ६ वर्ष तथ्यांक र प्रस्तुति दुवैका हिसाबले राम्रो हो। स्वारेज बार्सिलोना जाने बेला मैदानमा उनको अनुशासनको व्यवहारका कारण पनि निकै प्रश्न उठिरहेको समय थियो। तर बार्सिलोना गएपछि उनको त्यो व्यवहार दोहोरिएन। 

सन् २०१४ को विश्वकपको बेला उरुग्वेका स्वारेजको व्यवहारले फुटबलबाहेक उनको खराब चर्चा चल्यो। इटालीका खेलाडी जर्जियो चिलेनीलाई स्वारेजले टोकेको घटनाले विश्व फुटबल समर्थक अचम्मित थिए। तर त्यसरी स्वारेजलाई विपक्षी खेलाडीलाई टोकेको त्यो तेस्रो पटक थियो। जतिबेला उनी त्यही घटनाले चार महिनाको प्रतिबन्धमा समेत थिए। 

खेलमा भइरहेको तनावग्रस्त अवस्थालाई व्यवस्थापन गर्न नसक्दा आफ्नो व्यवहार त्यस्तो भएको स्वारेजले सार्वजनिक रुपमा बताएका थिए। खेल सकिएपछि सोचेर शान्त हुन सहज हुने गरी पनि खेल चलिरहेको दौरान आफूले आफैमा नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो। तर बार्सिलोना गएपछि उनको त्यो बानी हट्यो। 

Xtrem

Xtrem

बार्सिलोनामा लियोनल मेस्सी, स्वारेज र नेमारको फरवार्ड लाइन ‘एमएसएन’ का रुपमा खुबै चर्चित रह्यो। क्लब इतिहासमा नै सबैभन्दा योजनाबद्ध फरवार्ड लाइनका रुपमा समेत चर्चा भयो। जहाँ तीन दक्षिण अमेरिकी खेलाडीको उत्कृष्ट लयमा नै बार्सिलोनाले लुइस इनिरिक प्रशिक्षक रहेको समय २०१४-१५ मा च्याम्पियन्स लिग, कोपा डेल रे र ला लिगासहित तेहोरो उपाधि जिते। जहाँ स्वारेजले च्याम्पियन्स लिग फाइनलमा युभेन्टसविरुद्धको गोलसहित २५ गोल र २४ असिस्ट गरे। 

त्यसपछि २०१५-१६ को सिजन त स्वारेजले अझ उत्कृष्ट लय नै देखाए। त्यो वर्ष ५९ गोल र २२ असिस्ट गरेका स्वारेजले क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी चलिरहेको फुटबल समयमा समेत युरोपियन गोल्डेन बुटमा आफ्नो नाम लेखाउन सके। जहाँ बार्सिलोनाले सुपरकोपा, क्लब विश्वकप, कोपा डेल रे र ला लिगासहित चार उपाधि जितेको थियो। 

२०१६-१७ को सिजनमा समेत स्वारेजले ४२ गोल र १६ असिस्ट गरेका थिए। जहाँ च्याम्पियन्स लिगमा पिएसजीविरुद्धाको ऐतिहासिक वापसीमा स्वारेजको पनि विशेष भूमिका थियो। त्यो सिजन ला लिगा र च्याम्पियन्स लिगमा रियल मड्रिड उत्कृष्ट बने पनि बार्सिलोनाको खेल तारिफयोग्य नै रह्यो। जहाँ कोपा डेल रे र सुपरकोपा बार्सिलोनाकै नाममा रह्यो। 

२०१७ मा नै नेमार बार्सिलोना छाडेर पिएसजी गएपछि एमएसएन शैलीमा एक खेलाडी हराए। थप अरु कारणहरु जोडिँदै गए पनि बार्सिलोना त्यसपछि च्याम्पियन्स लिगमा कहिल्यै राम्रो देखिन सकेन। त्यसैको निरन्तरतामा गएको सिजन बायर्न म्युनिकसँगको ८-२ को हार त थप लज्जास्पद रह्यो। तर २०१७-१८ मा ३६ गोल र २०१८-१९ मा ३३ गोल गरेका स्वारेजको खेल नराम्रो भन्न सकिने आधार छैनन्।

तथ्यांकहरुलाई हेर्दा त बार्सिलोनामा सबैभन्दा उत्कृष्ट स्ट्राइकरका रुपमा आफ्नो नाम लेखाएर स्वारेजले छाडेका हुन्। अफिसियल खेलहरुलाई हेर्दा बार्सिलोनको इतिहासमा नै मेस्सी र १९४० ताका बार्सिलोना खेलाडी रहेका सिजर रोड्रिग्वेजपछि धेरै गोल गर्ने खेलाडी स्वारेज नै हुन्। 

मेस्सीसँग त मैदानमा मात्र होइन मैदानबाहिर समेत स्वारेजको तालमेल गजव रहिरह्यो। जसको प्रभाव मैदानमा प्रत्यक्ष देखियो। स्वारेजका ३९ गोलमा मेस्सीको पास र मेस्सीको ४७ गोलमा स्वारेजको पास पनि त्यसको प्रमाण हो। मैदानबाहिरको सम्बन्ध अझै उस्तै राख्न सकिए पनि मैदानमा मेस्सीलाई स्वारेजको अभाव खड्किएकै छ। 

यी सबै कुरालाई विचार गर्दा र उनको तथ्यांक र खेल शैलीसमेतका आधारमा एउटा कुरा के स्पष्ट छ भने स्वारेज बार्सिलोनाका ‘आदर्श’ खेलाडी हुन नै। बार्सिलोना आउने बेला अनुशासनहीन रिसाह खेलाडीको चरित्र बोकेका स्वारेज अहिले बार्सिलोना छाड्ने बेला समर्थकको प्रिय बनेका छन्। 

पछिल्ला वर्ष उनको खेलमा तीब्रताको कमि देखिए पनि गोलमा बढ्ने उनको शैली अझै उत्कृष्ट नै छ। यसैले एथ्लेटिको मड्रिडमा सिमोनको प्रशिक्षणमा उनले खेल देखाइरहेकै छन्। डेभिड भिलालाई एथ्लेटिको मड्रिडमा पठाएर पछुताएको बार्सिलोनामा उही गल्ती फेरि दोहोरिएको छ। 

ला लिगामा यो सिजन पहिलो खेलमा नै ग्रानडालाई ६-१ ले हराउँदा स्वारेजले दुई गोल गरेका थिए। खेलको ७१औँ मिनेटमा डिएगो कोस्टाको स्थानमा परिवर्तन भएका स्वारेजले ८५औँ मिनेटमा पहिलो गोल र अतिरिक्त समयमा दोस्रो गोल गरेका थिए। 

एथ्लेटिको मड्रिडले दोस्रो खेलमा हुएस्कासँग गोलरहित बराबरी खेल्यो। जहाँ स्वारेज ६१ मिनेटसम्म मैदानमा थिए। भिलारियलसँग गोलरहित बराबरी खेल्दा स्वारेज ७० मिनेटसम्म मैदानमा थिए। लिगको चौथो खेलमा सेल्टा भिगोलाई २-० ले हराउँदा स्वारेजले खेलको छैठौँ मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए। जसले अतिरिक्त समयमा कारास्कोको गोल महत्वपूर्ण रुपमा जोडियो। 

लिगमा रियल बेटिससँग २-० को जित निकाल्दा पनि स्वारेजले एक गोल गरेका थिए। ओसासुनालाई ३-१ ले हराउँदा स्वारेज स्वास्थ्यका कारण टिमबाहिर थिए। काडिजविरुद्ध मैदान फर्किएको खेलमा स्वारेजले पुनः एक गोल गरे। एथ्लेटिकोले ४-० जितेको खेलमा स्वारेज ७१औँ मिनेटसम्म मैदानमा थिए। 

लिगमा बार्सिलोनाविरुद्धको खेलमा स्वारेज स्वास्थ्य अवस्थाकै कारण सहभागी हुन पाएनन्। जसले बार्सिलोनाविरुद्धको १-० को जितमा उनी साक्षी हुन पाएनन्। त्यसपछि नै भ्यालेन्सियाविरुद्ध १-० ले जितेको खेलमा पनि स्वारेज खेलमा थिएनन्। भायाडोलिडलाई २-० ले हराएको खेलमा स्वारेज ६३औँ मिनेटसम्म खेलेका थिए। लिगमा एथ्लेटिको मड्रिडले एक मात्र हार रियल मड्रिडसँग खेल्यो। जहाँ २-० ले हार्दा स्वारेज ७३ मिनेटसम्म मैदानमा थिए। 

लिगमा इल्चेलाई ३-१ हराउँदा स्वारेजले २ गोल गरेका थिए। खेलको ४१औँ र ५८औँ मिनेटमा स्वारेजले गरेको गोल जितको आधार बन्यो। रियल सोसिडाडसँगको २-० को जितमा स्वारेजले ८७ मिनेट खेले। गेटाफेलाई १-० ले हराएको खेलमा २०औँ मिनेटमा स्वारेजको गोल आधार बन्यो। 

ला लिगाको १५औँ खेलमा अलाभेसलाई २-१ ले हराउँदा पनि स्वारेजले एक गोल गरेका थिए। सेभियालाई २-० ले हराउँदा स्वारेज ८२ मिनेटसम्म खेले। अर्को खेलमा इबरलाई २-१ ले हराउँदा स्वारेजले दुवै गोल गरेका थिए। १२औँ मिनेटमा नै पछि परेको एथ्लेटिको मड्रिडका लागि स्वारेजले ४०औँ र ८९औँ मिनेटमा गोल गरेका थिए। 

लिगको १८औँ खेलमा ३-१ ले भ्यालेन्सियालाई हराउँदा एथ्लेटिको मड्रिडका लागि स्वारेजले एक गोल गरेका थिए। पछिल्लो पटक काडिजलाई ४-२ ले हराएको खेलमा पनि स्वारेजले दुई गोल गरेका थिए। खेलको २८औँ र ५०औँ मिनेटको उनको गोल महत्वपूर्ण थियो। 

ला लिगामा गोलको शीर्षमा रहेका स्वारेज जितको आधार बनिरहँदा बार्सिलोना आफ्नो लय फर्काउने संघर्षमा नै छ। यसैले अन्त्यतिर हुने बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको खेलले निकै अर्थ बोक्नेछ। स्वारेजको गोल देखिएमा बार्सिलोना समर्थकका लागि उनीविरुद्धको खेल हेर्न सहज हुने छैन। 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्