• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चेल्सीमा टचेल युग

नेपाल लाइभ शुक्रबार, माघ १६, २०७७  ०८:३५
1140x725

काठमाडौं- प्रशिक्षक थोमस टचेलको चेल्सी युग बराबरीबाट सुरु भएको छ। प्रिमियर लिग अन्तर्गत वुल्भ्ससँगको खेलमा चेल्सीले गोलरहित बराबरी खेलेको हो। गएको मंगलबार फ्रान्क लापमार्डलाई बर्खास्त गरेको चेल्सीले नयाँ प्रशिक्षकमा रुपमा टचेललाई ल्याएको हो। जहाँ चेल्सीमा उनको पहिलो खेल सोचेअनुरुप हुन सकेन। 

सन् २०१९ को अगस्टमा प्रशिक्षकका रुपमा फ्रान्क लामपार्डले पहिलो खेल लेस्टरसँग १-१ को बराबरी खेलाएका थिए। जतिबेला चेल्सी समर्थक ‘वेलकम होम सुपर फ्रान्क’ लेखिएको ब्यानरसहित स्वागतमा थिए। अहिले कोरानाका कारण समर्थकलाई उपस्थित हुन बन्देज भएकाले टचेललाई समर्थकले मैदानबाटै केही भन्न पाएनन्। 

जर्मन क्लब बोरुसिया डोर्टमुन्ड र फ्रेन्च क्लब पिएसजी सम्हालिसकेका प्रशिक्षक टचेलका लागि पहिलो खेल हतारमै आइपर्‍यो। चेल्सीको पोस्टमा एउटा पनि प्रहार गर्न नसकेको वुल्भ्ससँग रोकिनु उनको आगामी योजनासँग जोड्न नमिले पनि अवस्था सुखद भने रहेन। ७९ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पोस्टका ५ प्रहार चेल्सीका लागि गोलमा परिणत हुन सकेन। 

‘मैले धेरै कमजोरीहरु देखिनँ, म टिमको बलियो पक्षमा नै विशेष ध्यान दिनेछु। अनुभवि पुराना खेलाडी र युवा खेलाडीबीचको साझेदारी राम्रो रह्यो। खेलहरु जित्नका लागि आवश्यक उत्साह र उर्जा दिलाउने मेरो प्रयास हुनेछ। हामी यस्तो टिम बन्नेछौँ जसविरुद्ध खेल्न सबैलाई डर होस्’ खेलपछि टचेलले भनेका छन्। 

वुल्भ्सविरुद्धको खेलमा टचेलको विशेष लगाव अनुभवि खेलाडीमा नै देखियो। गएको आइतबार एफए कपको खेलमा ह्याट्रिक गरेका टामी अब्राहमलाई बेन्चमा राखेर टचेलले खेल सुरु गरे। अब्राहम खेलको ७७औँ मिनेटमा ओलिभर जिरउडको स्थानमा मैदान पसेका थिए। म्यासन मोउन्ट र रीस जेम्स पनि बेन्चमा नै थिए। मोउन्ट ८३औँ मिनेटमा हकिम जियाचको स्थानमा खेले भने जेम्स बेन्चमै सीमित रहे। 

पछिल्लो पाँच खेलमा दुई हार, दुई बराबरी र एक जित खेलेको चेल्सी २० खेलमा ३० अंकसहित अंक तालिकामा आठौँ स्थानमा छ। जहाँ शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ खेलमा ४१ अंक र दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलमा ४० अंक रहेको छ। शीर्ष चारभित्र रहने गरी बढ्न नै सिटीका लागि अब ठूलो सघर्ष देखिँदैछ। 

गएको सिजन मुस्किल अवस्थाबाट बढिरहँदा लामपार्डले चेल्सी चौथो स्थानसम्म लग्न सकेका थिए। ३८ खेलमा ५४ गोल खाएको अवस्था राम्रो नदेखिए पनि शीर्ष भित्र रहनु सुखद नै भयो। लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ५७ खेलमा ७७ गोल खाएको थियो। टचेल आउनुअघि यो सिजन चेल्सीले १९ खेलमा नै २३ गोल खाएको थियो। यसैले वुल्भ्ससँगको बराबरीको नतिजा चेल्सीका लागि सुखद नभए पनि गोल नखानु भने राम्रो देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

युरोपियन फुटबलमा टचेलको शैली बुझ्न उति सहज छैन। खेलमाथिको आफ्नो नियन्त्रण र व्यवहारकुशल दुरदर्शिता उनमा देखिन्छ। पिएसजीमा स्पोर्टिङ डाइरेक्टर लियोनार्दोसँगको विवादका कारण उनको समय कठीन भएको थियो। लगातार घरेलु लिग उपाधिसहित गएको सिजन पिएसजीलाई पहिलोपटक च्याम्पियन्स लिग फाइनलसम्म पुर्‍याएका टचेल डिसेम्बरमा बर्खास्तसम्म परे।

अहिले नयाँ सिजनको बीचमा चेल्सी प्रशिक्षक बन्ने प्रस्ताव प्रिमियर लिगमा आफ्नो कला देखाउन नै टचेलले स्वीकार गरेका हुन्। जसरी योर्गेन क्लोप र पेप गार्डिओलाले इंग्ल्याण्डमा आफ्नो छबि देखाइरहेका छन्, उस्तै चाहन्छन् टचेल पनि। 

जर्मन क्लब मेन्जबाट सन् २००९ मा प्रशिक्षकका रुपमा सिनियर फुटबलमा अघि सरेका टचेल २०१५ मा बोरुसिया डोर्टमुन्डको प्रशिक्षक बने। २०१८ देखि २०२० सम्म टचेल पिएसजीमा रहे। पिएसजीमा स्टार खेलाडीअनुसारको प्रदर्शन देखाउन नसकेको आरोप लागे पनि टचेलले मैदानमा जे गरे त्यो बलियो अवस्था नै थियो। मैदानबाहिरको साथ नपाएकैले उनी निस्कनुपर्ने अवस्थामा पुगेका हुन्। यसैले चेल्सीमा मैदान र मैदानबाहिर दुवैमा हुने साथले उनले केही नौलो गर्ने आश समर्थकमा छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चेल्सीमा आवश्यक देखिएका खेलाडीको समूह बर्खास्तमा परेका लामपार्डले जुटाइसकेका छन्। गएको खेलाडी किनबेचको समयमा चेल्सीले २२२ मिलियन पाउण्ड खर्च गरेको थियो। यसैले सबै खेलाडीको खेल समय मिलाएर जितमा बढ्न टचेलका लागि मुस्किल नै छ। चेल्सीका केही खेलाडीले खेल समय नपाएको र प्रशिक्षकसँग खुलेर कुराकानीको वातावरण नरहेको भन्दै दुःखेसो पहिले पनि गरेका थिए। 

टचेल यस्ता प्रशिक्षक हुन् जो मैदानको अवस्थामा मात्र नजर राख्दैनन्। उनले यसअघि सम्हालेका क्लबको अनुभवका आधारमा हेर्दा उनी खेलाडीको खानपिनको तालिकादेखि सुत्ने समयसम्म विचार गर्छन्। खेलाडीले पाइरहेका सुविधामा पनि उनी ध्यान दिन्छन्। तर यही स्वभावले उनी क्लबमा ब्यवस्थापनमा रहेकाबाट सत्रुतापूर्ण व्यवहार भोग्न बाध्य भइरहेका हुन्छन्। 

अहिले टचेलको आगमनले चेल्सीमा रहेका ‘अट्याकिङ प्लेयर’ टिमो वेर्नर र काए हाभरेट्ज जस्ता खेलाडीको प्रदर्शन निखारिने विश्वासमा समर्थक देखिन्छन्। पिएसजीमा नै विश्वास कमाएर चेल्सी आएका डिफेन्डर थियागो सिल्भामाथि पनि टचेल आएपछिको विश्वास बढेको छ। टचेलले बोरुसिया डोर्टमुन्डको प्रशिक्षक रहँदा क्रिष्टियन पुलिसिकसँग पनि काम गरिसकेका छन्। 

टचेल पिएसजीमा रहँदा १२७ खेलमा ९५ जित, १३ बराबरी र १९ हार भएको थियो। जसमा पिएसजीले ३३७ गोल गरेको थियो भने १०३ गोल खाएको थियो। पिएसजीमा उनको ७४.८ को जित प्रतिशत उत्कृष्ट नतिजा नै हो। जहाँ साढे दुई वर्षको समयमा उनले विभिन्न ६ उपाधि जिते। जसमा दुई लिग वान, एक कोपा डि फ्रान्स, एक कोपा डि ला लिग, दुई ट्रफी देस च्याम्पियन्स उपाधि रहेका छन्। 

टचेल बोरुसिया डोर्टमुन्डमा रहँदा उनले १०७ खेलमा ६७ जित, २३ बराबरी र १७ हार भएको थियो। जसमा २५१ गोल गर्दा ११५ गोल खाएको थियो। बोरुसियामा उनको जित प्रतिशत ६२.६ रहेको थियो। जर्मनीमा रहँदा बायर्न म्युनिकको दबदबा तोड्न नसके पनि उनको समय राम्रो नै मान्नुपर्छ। बोरुसियामा उनले २०१७ मा डिएफबी पोकलको उपाधि जिताएका थिए। 

पछिल्ला दुई क्लबको तथ्यांक हेरेर प्रिमियर लिगमा उनको समय अनुमान गर्न नमिल्ने भए पनि उनी मैदानमा नतिजा दिन सक्ने प्रशिक्षक हुन् भन्ने देखिएको छ। यसैले चेल्सीको नयाँ टचेल युगमा केही फरक देखिने नै छ। 

(यो सामग्री बिबिसी, गार्जियन र गोलमा आधारित रहेर तयार पारिएको हो।) 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको... आइतबार, कात्तिक ८, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्