• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चेल्सीमा टचेल युग

नेपाल लाइभ शुक्रबार, माघ १६, २०७७  ०८:३५
1140x725

काठमाडौं- प्रशिक्षक थोमस टचेलको चेल्सी युग बराबरीबाट सुरु भएको छ। प्रिमियर लिग अन्तर्गत वुल्भ्ससँगको खेलमा चेल्सीले गोलरहित बराबरी खेलेको हो। गएको मंगलबार फ्रान्क लापमार्डलाई बर्खास्त गरेको चेल्सीले नयाँ प्रशिक्षकमा रुपमा टचेललाई ल्याएको हो। जहाँ चेल्सीमा उनको पहिलो खेल सोचेअनुरुप हुन सकेन। 

सन् २०१९ को अगस्टमा प्रशिक्षकका रुपमा फ्रान्क लामपार्डले पहिलो खेल लेस्टरसँग १-१ को बराबरी खेलाएका थिए। जतिबेला चेल्सी समर्थक ‘वेलकम होम सुपर फ्रान्क’ लेखिएको ब्यानरसहित स्वागतमा थिए। अहिले कोरानाका कारण समर्थकलाई उपस्थित हुन बन्देज भएकाले टचेललाई समर्थकले मैदानबाटै केही भन्न पाएनन्। 

जर्मन क्लब बोरुसिया डोर्टमुन्ड र फ्रेन्च क्लब पिएसजी सम्हालिसकेका प्रशिक्षक टचेलका लागि पहिलो खेल हतारमै आइपर्‍यो। चेल्सीको पोस्टमा एउटा पनि प्रहार गर्न नसकेको वुल्भ्ससँग रोकिनु उनको आगामी योजनासँग जोड्न नमिले पनि अवस्था सुखद भने रहेन। ७९ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पोस्टका ५ प्रहार चेल्सीका लागि गोलमा परिणत हुन सकेन। 

‘मैले धेरै कमजोरीहरु देखिनँ, म टिमको बलियो पक्षमा नै विशेष ध्यान दिनेछु। अनुभवि पुराना खेलाडी र युवा खेलाडीबीचको साझेदारी राम्रो रह्यो। खेलहरु जित्नका लागि आवश्यक उत्साह र उर्जा दिलाउने मेरो प्रयास हुनेछ। हामी यस्तो टिम बन्नेछौँ जसविरुद्ध खेल्न सबैलाई डर होस्’ खेलपछि टचेलले भनेका छन्। 

वुल्भ्सविरुद्धको खेलमा टचेलको विशेष लगाव अनुभवि खेलाडीमा नै देखियो। गएको आइतबार एफए कपको खेलमा ह्याट्रिक गरेका टामी अब्राहमलाई बेन्चमा राखेर टचेलले खेल सुरु गरे। अब्राहम खेलको ७७औँ मिनेटमा ओलिभर जिरउडको स्थानमा मैदान पसेका थिए। म्यासन मोउन्ट र रीस जेम्स पनि बेन्चमा नै थिए। मोउन्ट ८३औँ मिनेटमा हकिम जियाचको स्थानमा खेले भने जेम्स बेन्चमै सीमित रहे। 

पछिल्लो पाँच खेलमा दुई हार, दुई बराबरी र एक जित खेलेको चेल्सी २० खेलमा ३० अंकसहित अंक तालिकामा आठौँ स्थानमा छ। जहाँ शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ खेलमा ४१ अंक र दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलमा ४० अंक रहेको छ। शीर्ष चारभित्र रहने गरी बढ्न नै सिटीका लागि अब ठूलो सघर्ष देखिँदैछ। 

गएको सिजन मुस्किल अवस्थाबाट बढिरहँदा लामपार्डले चेल्सी चौथो स्थानसम्म लग्न सकेका थिए। ३८ खेलमा ५४ गोल खाएको अवस्था राम्रो नदेखिए पनि शीर्ष भित्र रहनु सुखद नै भयो। लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ५७ खेलमा ७७ गोल खाएको थियो। टचेल आउनुअघि यो सिजन चेल्सीले १९ खेलमा नै २३ गोल खाएको थियो। यसैले वुल्भ्ससँगको बराबरीको नतिजा चेल्सीका लागि सुखद नभए पनि गोल नखानु भने राम्रो देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

युरोपियन फुटबलमा टचेलको शैली बुझ्न उति सहज छैन। खेलमाथिको आफ्नो नियन्त्रण र व्यवहारकुशल दुरदर्शिता उनमा देखिन्छ। पिएसजीमा स्पोर्टिङ डाइरेक्टर लियोनार्दोसँगको विवादका कारण उनको समय कठीन भएको थियो। लगातार घरेलु लिग उपाधिसहित गएको सिजन पिएसजीलाई पहिलोपटक च्याम्पियन्स लिग फाइनलसम्म पुर्‍याएका टचेल डिसेम्बरमा बर्खास्तसम्म परे।

अहिले नयाँ सिजनको बीचमा चेल्सी प्रशिक्षक बन्ने प्रस्ताव प्रिमियर लिगमा आफ्नो कला देखाउन नै टचेलले स्वीकार गरेका हुन्। जसरी योर्गेन क्लोप र पेप गार्डिओलाले इंग्ल्याण्डमा आफ्नो छबि देखाइरहेका छन्, उस्तै चाहन्छन् टचेल पनि। 

जर्मन क्लब मेन्जबाट सन् २००९ मा प्रशिक्षकका रुपमा सिनियर फुटबलमा अघि सरेका टचेल २०१५ मा बोरुसिया डोर्टमुन्डको प्रशिक्षक बने। २०१८ देखि २०२० सम्म टचेल पिएसजीमा रहे। पिएसजीमा स्टार खेलाडीअनुसारको प्रदर्शन देखाउन नसकेको आरोप लागे पनि टचेलले मैदानमा जे गरे त्यो बलियो अवस्था नै थियो। मैदानबाहिरको साथ नपाएकैले उनी निस्कनुपर्ने अवस्थामा पुगेका हुन्। यसैले चेल्सीमा मैदान र मैदानबाहिर दुवैमा हुने साथले उनले केही नौलो गर्ने आश समर्थकमा छ। 

चेल्सीमा आवश्यक देखिएका खेलाडीको समूह बर्खास्तमा परेका लामपार्डले जुटाइसकेका छन्। गएको खेलाडी किनबेचको समयमा चेल्सीले २२२ मिलियन पाउण्ड खर्च गरेको थियो। यसैले सबै खेलाडीको खेल समय मिलाएर जितमा बढ्न टचेलका लागि मुस्किल नै छ। चेल्सीका केही खेलाडीले खेल समय नपाएको र प्रशिक्षकसँग खुलेर कुराकानीको वातावरण नरहेको भन्दै दुःखेसो पहिले पनि गरेका थिए। 

टचेल यस्ता प्रशिक्षक हुन् जो मैदानको अवस्थामा मात्र नजर राख्दैनन्। उनले यसअघि सम्हालेका क्लबको अनुभवका आधारमा हेर्दा उनी खेलाडीको खानपिनको तालिकादेखि सुत्ने समयसम्म विचार गर्छन्। खेलाडीले पाइरहेका सुविधामा पनि उनी ध्यान दिन्छन्। तर यही स्वभावले उनी क्लबमा ब्यवस्थापनमा रहेकाबाट सत्रुतापूर्ण व्यवहार भोग्न बाध्य भइरहेका हुन्छन्। 

अहिले टचेलको आगमनले चेल्सीमा रहेका ‘अट्याकिङ प्लेयर’ टिमो वेर्नर र काए हाभरेट्ज जस्ता खेलाडीको प्रदर्शन निखारिने विश्वासमा समर्थक देखिन्छन्। पिएसजीमा नै विश्वास कमाएर चेल्सी आएका डिफेन्डर थियागो सिल्भामाथि पनि टचेल आएपछिको विश्वास बढेको छ। टचेलले बोरुसिया डोर्टमुन्डको प्रशिक्षक रहँदा क्रिष्टियन पुलिसिकसँग पनि काम गरिसकेका छन्। 

टचेल पिएसजीमा रहँदा १२७ खेलमा ९५ जित, १३ बराबरी र १९ हार भएको थियो। जसमा पिएसजीले ३३७ गोल गरेको थियो भने १०३ गोल खाएको थियो। पिएसजीमा उनको ७४.८ को जित प्रतिशत उत्कृष्ट नतिजा नै हो। जहाँ साढे दुई वर्षको समयमा उनले विभिन्न ६ उपाधि जिते। जसमा दुई लिग वान, एक कोपा डि फ्रान्स, एक कोपा डि ला लिग, दुई ट्रफी देस च्याम्पियन्स उपाधि रहेका छन्। 

टचेल बोरुसिया डोर्टमुन्डमा रहँदा उनले १०७ खेलमा ६७ जित, २३ बराबरी र १७ हार भएको थियो। जसमा २५१ गोल गर्दा ११५ गोल खाएको थियो। बोरुसियामा उनको जित प्रतिशत ६२.६ रहेको थियो। जर्मनीमा रहँदा बायर्न म्युनिकको दबदबा तोड्न नसके पनि उनको समय राम्रो नै मान्नुपर्छ। बोरुसियामा उनले २०१७ मा डिएफबी पोकलको उपाधि जिताएका थिए। 

पछिल्ला दुई क्लबको तथ्यांक हेरेर प्रिमियर लिगमा उनको समय अनुमान गर्न नमिल्ने भए पनि उनी मैदानमा नतिजा दिन सक्ने प्रशिक्षक हुन् भन्ने देखिएको छ। यसैले चेल्सीको नयाँ टचेल युगमा केही फरक देखिने नै छ। 

(यो सामग्री बिबिसी, गार्जियन र गोलमा आधारित रहेर तयार पारिएको हो।) 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
महावीर पुन : नेपालमै ड्रोन उत्पादन गर्ने तयारीमा छौँ बुधबार, भदौ ३१, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन बुधबार, भदौ ३१, २०८३
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, भदौ ३१, २०८३
संसद् डिजिटल युगमा प्रवेश गर्दै, सभामुख अर्यालले भने– ‘ढिला गर्नु हुँदैन’ बुधबार, भदौ ३१, २०८३
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’, बसन्तपुरदेखि पाटनसम्म पदयात्रा बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्