• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुनतः 'नफुटेको पार्टी' नेकपामा किन चलिरहेछ 'कारबाही'को शृंखला? 

64x64
नेपाल लाइभ आइतबार, माघ ११, २०७७  २३:३२
1140x725

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षबीच एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ। पार्टी कानुनतः विभाजन नभएपनि एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप लगाएर कारबाही गर्ने शृंखला भने रोकिनुको साटो बढेको छ।  आइतबार मात्र निर्वाचन आयोगले नेकपाको विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ, ओली र प्रचण्ड दुवै अध्यक्ष रहेको नेकपा (विभाजनअघिको)लाई आधिकारिक मान्दै।

आइतबार प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले दिएको अधिकारलाई समेत प्रयोग गरेर यो पक्षले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको हो।

‘उहाँलाई यससँगै अध्यक्ष पदबाट हटाइएपछि पनि उहाँले संविधान र लोकतन्त्रको विरुद्ध, राष्ट्र र जनताको विरुद्ध र पार्टीविरुद्ध पार्टीको विचार, नीति, कार्यक्रम र हितका विरुद्ध लगातार गतिविधि गर्नुभएकोले विधान अनुसार तपाईंलाई पार्टी सदस्यताबाट नै किन नहटाउने भनी स्पष्टीकरण सोधिएकोमा उहाँले स्पष्टीकरण दिनुभएन,' प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यस स्थितिमा केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरी आजको स्थायी कमिटीको बैठकले विधान अनुसार उहाँलाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको छ।’ 

ओलीलाई राजनीतिक जीवनमा पहिलो पटक पार्टी सदस्य समेत नहुने गरी कारबाही भएको हो। २०२५ सालदेखि सक्रिय राजनीति गरेका ओलीले पहिलो पटक पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही भोगेका छन्। अब ओली पक्षको बैठकले प्रचण्ड–माधव पक्षलाई पनि कुनै न कुनै कारबाही गर्ने नेताहरूको आँकलन छ।  

यसअघि गत माघ ३ गते बसेको यो पक्षको स्थायी कमिटी बैठकले ओलीलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। निर्णय बमोजित गत माघ ५ गते लिखित पत्र लिई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र केन्द्रीय सदस्य श्रीराम ढकाल प्रधानमन्त्रीको निवास, बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री निवास प्रवेश गर्न नदिएपछि तीन दिनभित्र जवाफ दिने गरी गेटमै पत्र दर्ता गराएर उनीहरु फर्किएका थिए। त्यसको जवाफ नदिएपछि ओलीलाईं आइतबार बसेको स्थायी कमिटी बैठकले साधारण सदस्यबाट निष्कासन गरेको हो। 

पार्टी कानुनतः विभाजन नभएपनि एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप लगाएर कारबाही गर्ने शृंखला भने रोकिनुको साटो बढेको छ।

पुस ७ गते प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो। पार्टी विधान बमोजिम गतिविधि गरेको भन्दै ओलीलाई हटाएर अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय बैठकले गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, पार्टी उपाध्यक्ष, महासचिव लगायत अरु पद भने यथावत नै राखिएको थियो। प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएको दुई दिनपछि ओली पक्षले आफ्नो केन्द्रिय कमिटी बैठकबाट प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। ओली पक्षले त्यसअघि पुस ७ गते नै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई नियूक्त गरेको थियो। 

दुवै पक्षले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यलाई भने हटाएका छैनन्। ओली पक्षले भने केन्द्रीय कमिटी थपेर १५ सय १ सदस्यीय बनाएको छ। प्रदेश र जिल्ला नेतृत्व तह हेरफेर गरेर दुबै पक्षले आ–आफ्नो पक्षको नेतृत्व राखेका छन्।

भागबन्डाको लफडाले निम्तिएको कारबाही शृंखला 
तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते एकता घोषणा हुदाँ ओली र प्रचण्डबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। ओलीले पहिलो कार्यकाल सरकारको नेतृत्व सम्हालेपछि दोस्रो कार्यकाल प्रचण्डले सम्हाल्ने सहमति थियो। सहमति भएको २ वर्षसम्म केही समय ओली र प्रचण्डवीच सुमधुर सम्बन्ध रह्यो। तर, सहमति लागू गर्ने समय नजिक आउँदै गर्दा उनीहरुवीच एकापसमा आशंका बढ्न थाल्यो। पार्टी र सरकार दुबैमा ओली नै हावी हुँदै गएकाले त्यतिञ्जेल प्रचण्ड भूमिकाविहिन जस्तै भईसकेका थिए। 

यस्तो चाल पाएका प्रचण्ड ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री छाड्न तयार भए। सहमति बमोजिम आफूले प्रधानमन्त्री पाउने सम्भावना नदेखेपछि प्रचण्ड आफैले पाँचै वर्ष ओलीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका थिए। आफू पूर्णरुपमा पार्टीको काममा केन्द्रित हुने उनको निर्णय थियो। ओली आफैले चाहेजस्तो प्रस्ताव प्रचण्डले गरेपछि दुई नेतावीच कार्यविभाजन सहज रुपमै भएको थियो। 

Xtrem

Xtrem

२०७६ मंसीर ४ मा पाँच वर्षसम्म ओलीले सरकारको नेतृत्व सम्हाल्ने र प्रचण्ड कार्यकारी अध्यक्षका रुपमा पार्टीको काममा केन्द्रित हुने सहमति भएको महिना दिन नबित्दै सभामुखको पदलाई लिएर नेकपामा विवाद बढ्यो। तत्कालीन सभामुख कृष्णबहादुर महाराले बलात्कार प्रयासको आरोप लागेर राजीनामा दिएपछि सभामुख कसले लिने भन्ने विषयमा लामै रस्साकस्सी चल्यो। असोज १४ गते महराले राजीनामा दिएपनि यहीकारण माघ १२ गते मात्र सभामुखबारे टुंगो लागेको थियो। जसमा प्रचण्डले चाहेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाइयो। 

त्यो असन्तुष्टि ओलीले बाहिर नदेखाए पनि प्रचण्ड पक्षका नेतालाई सभामुख दिन उनी सहजै तयार भएनन्। 

सभामुखको विषय सेलाउन नपाउँदै फेरी वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने विषय थपियो। त्यो विषयले समेत ओलीलाई अप्ठ्यारो पर्दैै गएपछि उनी आफ्नै पार्टीका नेताहरुसंग चिढिँदै गए। यो विवाद नसुल्झिँदै गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याएपछि नेकपामा बबण्डर मच्चियो। प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने भन्दै बहुमत सचिवालय सदस्यले दबाब बढाए। अध्यादेश फिर्ता गरेपछि मात्र त्यो विवाद साम्य बन्यो। 

त्यही वेलादेखि नै नेकपा विभाजनको रेखा कोरिएको नेताहरु बताउँछन् । फेरी असार १० गतेको स्थायी कमिटी बैठक सुरु भएपछि पार्टी विवाद उत्कर्षमा पुग्यो। त्यतिबेला पार्टी विभाजनको अवस्थामा पुगे पनि गत भदौ २६ गते ओली र प्रचण्डबीच भएको सहमतिले त्यसलाई टार्‍यो। 

त्यहीबीचमा नेकपामा कर्णाली प्रदेश सरकारलाई लिएर विवाद चुलियो। पर्साका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या, मन्त्रिपरिषद पुनर्गठन, राजदूत नियूक्ति आदी विषयले विवाद बढाउन आगोमा घिउको काम गरे। त्यसको उत्कर्ष प्रधानमन्त्री ओलीले  पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि देखिएको हो। 

अहिले नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षमा विभाजित छ। एक पक्षले अर्को पक्षलाई खुइल्याउन व्यक्तिगत लान्छना र गालीगलौज गर्ने अभ्यास सामान्य बनेको छ। तर, कानूनी रुपमा भने आइतबार, ११ माघसम्म नेकपा एउटै पार्टी छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा?
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
सम्बन्धित सामग्री
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्