• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सभापतिलाई जेसुकै लागोस्, सिंगो कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध छ : रामचन्द्र पौडेल [भिडियो सहित]

डिबी खड्का/लिलु डुम्रे सोमबार, माघ १२, २०७७  ०८:२९
1140x725

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले पार्टीभित्र र बाहिर नै प्रतिपक्षका रुपमा देखिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसलाई स्पष्ट रुपमा असंवैधानिक भन्दै विरोधमा उत्रिने कांग्रेस नेता हुन् पौडेल। पार्टीको मुल नेतृत्व अलमलमा परेका बेला उनी मुखर भइरहेका छन्। पार्टीभित्र पनि संस्थापन पक्षका मनोमानीविरुद्ध आवाज उठाइरहेका छन्। आसन्न कांग्रेस महाधिवेशनलाई समेत लक्ष्य गरेर उनी पार्टीभित्र संस्थापन इतरको नेतृत्व लिने प्रयासमा छन्। यिनै विषयमा केन्द्रित रहेर कांग्रेस नेता पौडेलसँग डिबी खड्का र लिलु डुम्रेले गरेको संवादः 

प्रतिनिधि सभा विघटनपछि कांग्रेस जुन रुपमा जनतामाझ पुग्नुपर्ने थियो, त्यो अनुरुप सडक आन्दोलन सशक्त बनाउन नसेकेको आरोप छ नि?
प्रतिनिधि सभा विघटन भएलगत्तै यो कदमलाई कांग्रेसले संविधान विपरीत भनेको थियो। प्रतिनिधि सभा विघटनले मुलुकलाई निरंकुशतातिर लैजान खोजेको र सर्वासत्तावादतिर उन्मुख भएको भनेर हामीले सुरुमै विरोध गरेका हौं।

केन्द्रीय समिति बसेर पार्टीले यसको विरोधमा कार्यक्रम बनायो। नेपाली कांग्रेस देशभरि पुगेको छ। जिल्ला, प्रदेश, गाउँपालिका, नगरपालिका र वडास्तरसम्मै पुगेर हामीले प्रदर्शन गर्‍यौं। प्रधानमन्त्रीको कदमविरुद्ध सशक्त आवाज दिएकै छौं।

प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक संस्था, बुद्धिजीवी र लेखकसहित नेकपाकै एउटा समूह समेत सडकमा छ। प्रमुख प्रतिपक्षले प्रतिनिधि सभा विघटन विरुद्धमा रहेका सबै शक्तिको नेतृत्व गर्न सक्नुपर्ने होइन?
बुद्धिजीवी वर्ग, कानुनविद्, प्रेस जगत प्रतिनिधि सभाको विरुद्धमा छन्। कुनै पनि सचेत नागरिकले केपी ओलीको कामलाई ठिक भन्न सक्दैनन्। संविधान विपरीत प्रतिनिधि सभा विघटन गरियो। संविधानलाई भत्काउने काम भयो। मुलुकलाई अन्धकारतिर लैजान खोजियो। मुलुकलाई अधिनायकवादतिर धकेल्न खोजियो। यस्तो कदमका विरुद्ध सर्वसहमति जस्तै छ।

अदालतमा मुद्दा विचाराधीन छ। हाम्रो पार्टीका सभापति अदालतमा मुद्दा चलेको विषय भएकाले स्वतन्त्र रुपमा अदालतलाई निर्णय गर्ने अवसर दिऔं भन्नुहुन्छ। अदालतलाई प्रेसर गर्नुहुुन्न भन्ने उहाँको भनाइ छ। सभापतिको त्यो भनाइले के हो? कस्तो हो? भन्ने लागेको हुनसक्छ। तर सिंगो कांग्रेस यो कदमको खिलाफमा छ।

कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेको छ। असंवैधानिक बाटोबाट गरिएको निर्वाचनमा जानहुन्न भनेर तपाईंहरु सभापति शेरबहादुर देउवालाई किन भन्न सक्नुहुन्न?
सभापतिलाई कति विश्वास छ, म जान्दिनँ। मलाई के विश्वास छ भने अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई सदर गर्नै सक्दैन। प्रतिनिधि सभा पुनर्बहाली हुन्छ। प्रधानमन्त्रीको निर्णय उल्टिन्छ।

प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि राजनीतिक परिदृश्य अर्कै बन्छ। पुन:स्थापनापछि राजनीतिक व्यावस्थापन कसरी गर्ने भन्नेतिर ध्यान हुन्छ। आन्दोलन गरेर उल्ट्याउनुभन्दा अदालतले उल्टाउँछ भने उल्ट्याओस् भन्ने हो। त्यो नै सजिलो बाटो हो। आन्दोलनबाट उल्ट्याउने भन्ने त ठूलो जोखिम मोल्ने कुरा हो। हुन त, हामी लोकतन्त्र बचाउन जस्तोसुकै जोखिम मोल्न तयार छौं। त्यो स्थितिमा पुग्नु पर्दैन भन्ने हाम्रो भनाइ हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा विघटन राजनीतिक मुद्दा पनि भएकाले विघटन विरुद्ध कांग्रेस ‘यो स्थानमा छ है’ भन्ने सन्देश जनतालाई दिनु त पर्ला नि?
हाम्रो पक्ष त स्पष्ट रुपमै राखिसेकका छौं। अलोकतान्त्रिक, असंवैधानिक कदमको विरुद्धमा कांग्रेस पूर्ण रुपले लागेको छ। सुनाउने आवाज चर्को कि मलिनो भन्ने मात्रै हो। असंवैधानिक र अलोकतान्त्रिक भन्ने कुरामा कांग्रेसले कुनै कसर बाँकी राखेको छैन। 

एउटै कुरा हो भने, अदालतमा मुद्दा विचाराधीन छ। हाम्रा केही साथीले अदालतमा विचाराधीन विषयलाई त्यति चर्को स्वरमा उचाल्नु पर्दैन भन्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र न्यायाधीशलाई औंलो ठड्याउँदै ‘यो मेरो राजनीतिक निर्णय हो’ भनिरहनुभएको छ। अदालतले यस्ता काम हेरिराख्नु जरुरी छैन भनिरहनुभएको छ। संविधान पल्टाइरहन आवश्यकता छैन भनिरहनुभएको छ।  अदालतलाई ‘डिक्टेसन’ गर्न खोजिरहनुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले प्रतिवाद गर्नुपर्छ।

केपी ओलीले अदालतलाई किन दबाब दिँदैछन्? प्रधानमन्त्रीले अदालतलाई चेतावनी दिनुहुँदैन। हामीले जनताको कुरा बोल्ने हो, हामी सडकमा छौं। हाम्रो बोली दबाब हुँदैन, प्रधानमन्त्रीको बोली दबाब हुन्छ। उहाँको बोलीले अदालत तर्साउने कुरा हुन्छ। प्रधानमन्त्रीले अदालतलाई दिएको दबाबको ‘काउन्टर’मा कांग्रेस बोल्नुपर्छ। मेरो भनाइ प्रष्टै छ।

सभापतिलाई मैले केही भन्न बाँकी छैन। केन्द्रीय समितिमा पटक–पटक छलफल भएरै आन्दोलन भएको हो। प्रतिगामी कदम ‘मुर्दावाद’ भन्दै आज देशभर नारा लागेको छ। लाखौं कार्यकर्ता सडकमा आएका छन्।

Xtrem

Xtrem

तपाईं असंवैधानिक कदमको विरोधमा अग्रपंक्तिमा उभिनुभएको देखिएको छ। तर, सभापति देउवा भने प्रधानमन्त्री ओलीसँग मिलेको कतिपयको आशंका छ। त्यसकारण पनि कांग्रेस आक्रामक नभएको भन्ने कुरामा कति सत्यता छ?
संस्थागत रुपमा कांग्रेस असंवैधानिक कार्यको खिलाफमा छँदैछ। व्यक्तिगत रुपमा कोही व्यक्तिको कसैसँग उठबस भए उनै व्यक्तिले जानून्। प्रमाण मैले केही भेटेको छैन। अन्दाजमा आरोप लगाउन पनि भएन। व्यक्तिगत रुपमा कसैको कमजोरी छ भन्दैमा त्यसलाई कांग्रेसको कमजोरी भएको मैले मान्दिनँ।

सडकमै जानुपर्छ भनेर तपाईंले सभापतिलाई आन्तरिक रुपमा दबाब सिर्जना गर्न नसक्नुभएको हो कि?
सभापतिलाई मैले केही भन्न बाँकी छैन। केन्द्रीय समितिमा पटक–पटक छलफल भएरै आन्दोलन भएको हो। प्रतिगामी कदम ‘मुर्दावाद’ भन्दै आज देशभर नारा लागेको छ। लाखौं कार्यकर्ता सडकमा आएका छन्।

दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले मुख्यमन्त्रीको आश्वासन पाएको सुनिएको छ। कांग्रेस सभापतिले प्रधानमन्त्री ओली पक्षीयसँग साँठगाँठ गर्ने मनसाय राख्नुभएको हो?
त्यस्तो हुँदैन। साथीहरुले आफ्नो धारणा राखिसक्नुभएको छ। ओलीको क्रियाकलाप विरुद्धमा अहिले हामी सडकमा छौं। जुन प्रधानमन्त्रीले असंवैधानिक काम गरे, राष्ट्रलाई नै धरापमा पार्ने कार्य गरे। उनलाई समर्थन गर्ने गरी हामी प्रदेशमा केही पनि गर्न चाहँदैनौं। आम साथीहरुको भनाइ पनि त्यही छ। हामी केपी ओली पक्षसँग मिलेर कहीँ पनि सरकार बनाउने पक्षमा छैनौं।

प्रधानमन्त्रीको त्यस्तो आश्वासनलाई ठाडै नकार्नु पर्नेमा बैठक नै बस्नुपरेको छ। जनतामा आशंका सिर्जना हुुनु त स्वभाविक हो नि?
‘मिस अन्डरस्टाडिङ’ नहोस् भनेर कोसिस गरिरहेका छौं। जनतालाई गलत सन्देश नजाओस् भन्नेमा हामी सचेत छौं। बुझाइमा फरक नहोस् भनेर प्रयत्न गरिहेका छौं।

प्रदेशमा कांग्रेस पनि विपक्षी हो। प्रतिपक्षी दलकोे धर्म नै सत्तापक्षकै विपक्षमा जाने हो। केन्द्रमा सत्ता हुनेको विपक्षमा हामीले प्रदेशमा एलायन्स गर्न सक्छौं। प्रदेशमा हामी प्रधानमन्त्री ओली पक्षको विपक्षमा हुन्छौं। हामीले गर्ने नै त्यही हो, अन्य कुरा हुन सक्दैन।

प्रतिनिधि सभा पुनर्बहाली भयो भने ओली पक्षसँग सत्ता साझेदारी गर्ने सभापति देउवाको इच्छा देखिन्छ भनिन्छ, त्यसो हुन सक्ला?
संसद पुनर्बहाली भएपछि प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्छ। उहाँलाई फेरि सत्तामा बस्ने नैतिक अधिकार हुँदैन। जुन सदनलाई उहाँले फालिसक्नुभयो, त्यो सदनमा उहाँ मुख देखाउन आउने कुरै हुँदैन। 

प्रतिनिधि सभा पुनर्बहाली भए राजीनामा दिने नैतिकताको विषय हो। संवैधानिक त होइन नि?
राजीनामा नदिए ओलीलाई संसदले हटाउँछ। आफूलाई फाल्ने प्रधानमन्त्रीलाई त्यही संसदले राख्ने कुरा हुँदैन। प्रतिनिधि सभाले राख्छ?

त्यसो भए कांग्रेसले प्रचण्ड–नेपाल समूहलाई सघाउँछ?
हामी ‘कज’को लागि लड्छौं। म जे बोलिरहेको छु, त्यो न प्रचण्ड–माधव नेकपाको लागि बोलिरहेको छु, न ओलीको लागि बोलिरहेको छु। कांग्रेसको सिद्धान्त र आदर्शको लागि बोलिरहेको छु।

७० वर्षदेखि हामी लोकतन्त्रका लागि लड्यौं। संविधान बचाउने कांग्रेसको दायित्व हो। संविधान विरुद्ध कसैको दृष्टि पर्छ भने त्यसैको विरुद्ध उठ्नु कांग्रेसको धर्म हो। म कांग्रेसको धर्म बोलिरहेको छु। कांग्रेसको सिद्धान्त मैले नसम्झने हो भने चुनावका लागि अवसर आयो भन्थें होला नि। त्यो अवसर मैले खोजिरहेको छैन।

प्रचण्ड वा कसैलाई बल दिनको लागि म बोलेको होइन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि बोलेको हुँ।

म सदनमा छैन, सदन टिकाएर मेरो लागि केही हुने त होइन। प्रचण्ड वा कसैलाई बल दिनको लागि म बोलेको होइन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि बोलेको हुँ। लडेर ल्याएको संसदीय प्रणाली बचाउन लडिरहेका छौं।

विश्लेषकहरु भन्छन्– प्रधानमन्त्री ओलीको सरकारले वैशाखमा चुनाव गराउँछ भन्ने लागेको भए त कांग्रेस यो कदमलाई असंवैधानिक भन्नेतर्फ लाग्दै लाग्दैनथ्यो, खुसीले चुनावमा जान्थ्यो। मुल नेतृत्व अझै चुप जस्तै छ, चुनाव नगर्ने शंका लागेर केही कांग्रेस नेता विरोधमा देखिएका हुन्!
यो निर्वाचन गराउनका लागि चालिएको कदम होइन। उहाँहरुसँग ढुक्कै पाँच वर्ष सरकार चलाउने अवसर थियो। पार्टी भित्रका कुरा त मिलिहाल्थे। ‘लौ तपाईं पार्टी चलाउनुहोस्, म सरकारमा बस्छु’ भन्ने ठाउँ अझै बाँकी नै थियो। अलिकति लेनदेन गरेर मिलाउन सकिने अवस्था थियो। यसको सट्टा  प्रतिनिधि सभा नै भंग गरेर आफ्नै छातीमा छुरा हान्ने काम केपी ओलीले गरे होलान् भनेर म पत्याउँदिन। निर्वाचनमै सीमित हुने वा प्रतिनिधि सभा फेरेर अर्को प्रतिनिधि सभा ल्याउनका लागि गरिएको काम हुँदै होइन यो। 

अब निर्वाचन हुँदा त अहिले पाएका सबै सिट घर्‍यामघुरुम जान्छन्। केपी ओली नबुझ्ने छन्? ओली पक्षका मान्छे नबुझ्ने छन्? आफ्नो पार्टी दुई टुक्रा भएको छ। हुँदाखाँदाको बहुमत बिगारेको छ। त्यही बहुमत सडकमा फालेर के नैतिकतामा भोट माग्न जाने? उनीहरुलाई थाहा छ। उनीहरुसँग भोट माग्ने कुनै बहाना नै छैन। ओली त यो व्यवस्था नै फाल्ने पक्षमा हुनुहुन्छ। उहाँ निर्वाचनको पक्षमा होइन, यो हामीले बुझेका छौं, कांग्रेसले बुझेको छ। 

न्यायमूर्तिले पनि बुझ्नुहुन्छ। संविधानमा स्पष्ट लेखेको कुरा व्याख्या कसरी फरक गर्नुहोला र उहाँहरुले? मलाई अदालतप्रति भरोसा छ। देशलाई आउने सम्भावित विपत्तिबाट देशलाई जोगाउने अभिभारा अदालतको काँधमा पुगेको छ। अदालतले बेलाबेला साहसी निर्णय गरेको पनि छ। शाहीकालमै जनताका पक्षमा निर्णय गरेको अदालतले अहिले प्रधानमन्त्रीको कदम अस्वीकार गर्छ।

अदालतमाथि भएको यही भरोसाका कारण निश्चित निर्णय लिन बोलाइएको केन्द्रीय कमिटीको बैठक सुस्त बनाउनुभएको हो?
त्यो त होइन। हाम्रा अरु एजेन्डा पनि छन्। हामीलाई त यतिबेला दोहोरो समस्या छ, देशको संविधान र पार्टीको विधान जोगाउने। हाम्रो पार्टीको अधिवेशनको म्याद जम्मा फागुनसम्म हो। पाँच वर्षको म्याद सकियो। यस्तो अवस्थामा पार्टी कसरी जोगाउने? देश र कांग्रेस दुवै जोगाउनुपर्ने अवस्थामा हामी छौं।  

तपाईंलाई त पार्टीभित्र पनि र बाहिर पनि प्रतिपक्ष जस्तो देखिनुपर्ने बाध्यता छ है!
नियतिले जहिले पनि मलाई प्रतिपक्षमै राखिछोड्या छ। पुलिसको डन्डा पनि मैले नै खानुपरेको छ। तर आफूले पाएको भूमिका निर्वाह गर्नबाट म विचलित छैन। 

परिस्थितिले अहिले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनका विषयमा केन्द्रित हुनुपर्ने भयो। कांग्रेसभित्र पनि चर्कै अन्तरविरोध थियो। तपाईंले असहमतिपत्र नै दर्ज गर्नुभएको थियो। त्यो कुरा मिल्यो कि बाँकी छ? 
हाम्रो पक्षले राखेको १६ बुँदे फरक मतमा दिनदिनै छलफल भइरहेको छ। मिलाउने भनेर सभापति पक्षबाट कुरा आइरहेको छ। मिल्छ होला भनेर हामी पनि लागिरहेका छौं।

कतिपय साथीहरु महाधिवेशन ढिलो गर्न पाइयोस् भन्नेमा हुनुहुन्छ। उहाँहरुलाई यो राजनीतिक घटनाक्रम बहाना पनि भएको छ। त्यसैले यसमा हामी सचेत छौं।

राजनीतिक घटनाक्रम अन्यत्र मोडिएपछि तपाईंका असहमति त्यसै थन्किए। कांग्रेसको महाधिवेशन फागुनमा गर्ने भनिएको थियो, त्यसको त चर्चा नै हुन छाड्यो। महाधिवेशन टरेको हो तत्काललाई?
महाधिवेशन बर्खा उता लानुहुँदैन भनेर हामी लागिराखेका छौं। क्रियाशील सदस्यको विवादमा अड्किइरहेको छ। अहिले जिल्लाबाट क्रियाशील सदस्यको नामावली मगाएर कम्युटरमा भर्ने काम भइरहेको छ। हामीले महाधिवेशन समयमै गर्ने माग छाडेका छैनौं। समायोजन बाँकी छ केही ठाउँमा। कतिपय साथीहरु महाधिवेशन ढिलो गर्न पाइयोस् भन्नेमा हुनुहुन्छ। उहाँहरुलाई यो राजनीतिक घटनाक्रम बहाना पनि भएको छ। त्यसैले यसमा हामी सचेत छौं।

कहिलेसम्म हुनुपर्छ होला अधिवेशन?
हाम्रो लक्ष्य त फागुनमै हो। तर हुने देखिएन। हाम्रो भनाइ चाहिँ फागुनमा सुरु गरेर वैशाख–जेठमा अधिवेशन सक्ने भन्ने छ। पार्टीलाई चुनावअघि नै चुस्त–दुरुस्त बनाएर लैजाने हाम्रो सोच हो। प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नेतृत्व कांग्रेसले गर्नुपर्ने छ। त्यसले महाधिवेशन समयमै गर्नुपर्छ।

प्रतिनिधि सभा विघटनपछि कांग्रेसले गरेको चार चरणको आन्दोलनबाट तपाईं सन्तुष्ट हुनुहुन्छ? 
कार्यकर्ता यस्तो उत्साहप्रद रुपमा आउनुभएको छ। वडा–वडास्तरमा विरोध कार्यक्रम गर्नुभएको छ। यस्तो जाडो र कोरोनाको महामारीमा पनि पटक–पटक आन्दोलनमा आउनुभएको छ। जोखिम मोलेर यत्रा साथीहरु आउनुभएको छ। म साथीहरुलाई धन्यवाद दिन्छु।

तनहुँमा पुल उद्घाटन गर्न जाँदा तपाईंलाई रोकियो। धरपकड भयो। तपाईंलाई चोट पनि लाग्यो। आफ्ना नेतालाई चोट लाग्दा कांग्रेस जुरुक्कै उठ्यो। मंसिर २९ गतेअघि राम्रै प्रदर्शन भयो। तपाईंलाई चोट लाग्दा देखिएको कांग्रेसीको आक्रोश संविधानलाई चोट लाग्दा चाहिँ किन नदेखिएको होला? 
अहिले पनि देशभरि नै साथीहरु परिचालित हुनुभएको छ। नेतृत्वमा भएका कतिपय साथीहरुले ‘अदालत–अदालत’ भनिरहँदा अलमल भएको होला। तर तल्लोस्तरमा रहेर काम गरिरहेका साथीहरु जुलुसमा आउनु भएको छ।

अदालत कुर्ने कि कांग्रेसले राजनीतिक रुपमा आफूलाई स्पष्ट पारेर जनतामा जाने भन्नेमा अझै अलमल नै हो?
कांग्रेस परिवर्तनको नेतृत्व गर्न पनि जनतामा जानुपर्छ, लोकतान्त्रिक समाजवादको नेतृत्वका लागि पनि मैदानमा जानुपर्छ। ‘राजा फर्काऊ’ भन्ने नारा लगाउने प्रतिगामीहरुको खेल विरुद्ध पनि कांग्रेस सडकमै जानुपर्छ। यो संविधानमाथि भएको हमलाका विषयमा त झन् कुनै सम्झौता नगरी कांग्रेस स्पष्ट भएर जानुपर्छ। समाजवादी स्वर्ग भविष्यमा हुन्छ, प्रतिगामीको स्वर्ग अतीतमा हुन्छ।

अतीतमा स्वर्ग खोज्न जाने होइन, भविष्यको स्वर्ग खोज्ने कामको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ। जनतामा अहिले ठूलो बेचैनी, निराशा छाइरहेको छ। यसलाई चिरेर आशा जगाउने कुरा, राष्ट्रिय विश्वास दिलाउने कुरा, संविधान बचाउने कुरा नेपाली कांग्रेसले गर्नुपर्छ। नेपाली कांग्रेस जनताको भरोसाको केन्द्र हुनुपर्छ। नेपाली कांग्रेसको कार्यनीति, नीति र कार्यपद्धति त्यही अनुसारको हुनुपर्छ।

तपाईं यसरी भन्नुहुन्छ। तर जनतालाई के थाहा भइसक्यो भने, माथि–माथि स्वार्थ मिल्दा नेताहरु मिल्छन्। अहिले तपाईंलाई फकाउन प्रधानमन्त्री ओलीले दूत पठाइरहनुभएको छ रे। उहाँसँग मिल्न केही कुरा चलिरहेको हो?
मलाई फकाउन कसैले पनि सक्दैन। व्यक्तिगत रुपमा कोही भेट्न आए, ती प्रधानमन्त्री ओलीका निकट व्यक्ति होलान्। कोही मन्त्रीहरुसँग मेरो पारिवारिक सम्बन्ध होला। त्यसरी कोही आउनु र कुरा गर्नु अर्कै हो। आश्वासन दिएर फकाउने र फुलाउने कुरा मलाई चल्दैन।

तपाईं प्रचण्ड–माधवसँग निकट हुनुको कारण उहाँहरुले राष्ट्रपतिको लोभ देखाइरहनुभएको छ भन्ने सुुनिएको छ, सत्य हो?
मैले पनि सुनेको छु। तर यस्ता निम्नस्तरका कुराले मलाई छुँदैन। किनभने पहिलो राष्ट्रपति डा रामवरण यादव हुनुभयो। त्योबेला गिरिजा दाजुले पहिलो नम्बरमा मेरो नाम राख्नुभएको थियो। उहाँ आफू हुन नपाउने भएपछि दुई नम्बरमा रामशरण महत र तीन नम्बरमा रामवरणजी र शेरबहादुरको नाम थियो। ‘म राष्ट्रपति भएर थान्को लागेर बस्ने मान्छे होइन गिरिजा दाजु’ भनें। नेपालमा अझै पनि लोकतन्त्र स्थिर भइसकेको छैन। लोकतन्त्रको लडाइँ सकिएको छैन। लोकतन्त्र बचाउने लडाइँ मैदानबाटै लड्न चाहन्छु दाजु भनेको थिएँ त्यतिबेला।

म मिसनका लागि लड्ने हो। म समाजवादी, समतामुलक र स्वतन्त्र समाज बनाउने मिसनका लागि लडेको छु। यसमा सम्झौता गर्दिनँ।

तपाईंलाई रहर त एकपल्ट प्रधानमन्त्री भइछाड्ने छ क्या रे!
प्रधानमन्त्री पनि त्यागेको छु। जब पहिलो संविधानसभा असफल भयो, त्यसको दुई घन्टा अगाडि बालुवाटारमा प्रचण्ड, बाबुराम र हाम्रो दलका अरु नेताहरुका अगाडि प्रचण्डजीले भन्नुभयो, ‘रामचन्द्रजी यो १० राज्यको सिद्धान्त स्वीकारदिनुहोस्। १० राज्य मानिदिनुहोस्, तपाईं अहिले नै प्रधानमन्त्री। संसद्मा यो पनि पास गरौं, तपाईं प्रधानमन्त्री पनि हुनुहोस्, दुवै सँगसँगै गरौं।’ १० प्रदेशवाला जातीय राज्य हो, यो जात–जातको राज्य ल्याएर नेपाललाई बिगार्न चाहन्नँ भनें। यसमा त म प्रधानमन्त्री त के इन्द्रासन पाए पनि सम्झौता गर्दिनँ भनेको हुँ। 

प्रधानमन्त्री बनिहाल्छु कि भनेर संसद्मा १७औं पटकसम्म निर्वाचन लडेको इतिहास छ। त्यसले त तपाईंलाई पछ्याइरहने भयो नि!
सबैले १७ पटक लड्यो भन्छन्। म १७ पटक लडेको होइन, एकपल्ट पार्टीले उम्मेदवार बनाएपछि दरखास्त दिएको थिएँ। त्यो नाटक गराउने त प्रतिनिधि सभा हो। यो १७ पटकसम्मको चुनावको नाटक रचाइराख्ने को? मेरो दरखास्त हटाइदिनुपथ्र्यो। मैले भनेकै थिएँ, मलाई हराइदेऊ। मेरो पार्टीले दरखास्त दे भनेर दिएको हुँ। अनि म मैदान छाडेर भाग्ने त? सबै नाटक र तमासा त प्रतिनिधि सभा, एमाले पार्टी र तत्कालीन सभामुखले गरे। म मिसनका लागि लड्ने हो। म समाजवादी, समतामुलक र स्वतन्त्र समाज बनाउने मिसनका लागि लडेको छु। यसमा सम्झौता गर्दिनँ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्