• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
सातै प्रदेशमा ढुवानी गरिँदै कोभिड खोप, कुन जिल्लामा कतिले पाउँछन्?
64x64
कल्पना पौडेल बिहीबार, माघ ८, २०७७  १९:२६
1140x725

काठमाडौं–  नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि कोरोना भाइरस विरुद्वको खोप आइपुगेको छ।

गतवर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट आएका एक युवामा पहिलोपटक कोरोना भाइरस पुष्टि भएको थियो। त्यसको भोलीपल्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  संक्रमणबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो।

त्यसको एक वर्षपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणको डेढ प्रतिशत जनसंख्यालाई पुग्ने खोप अवतरण भयो। मध्याह्न १२ बजे एयर इन्डियाको  जहाजमा भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइएको हो।

स्वास्थ्य तथा जनसख्ंया मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनमा कोभिड १९ विरुद्वको खोप अभियान सञ्चालन गर्ने बताए।

उनले पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना रहेको बताए। उनका अनुसार नेपाललाई थप ४० लाख डोज भ्याक्सिन आवश्यक छ। 

उनले भने,‘अनुदानबाहेक थप आवश्यक खोप खरीदको प्रक्रिया चाँडै सुरु हुनेछ।  पारदर्शी रुपमा खरीद गरी न्यायपूर्ण रुपमा खोप अभियान सञ्चालन हुनेछ।’

नेपाल सरकारले कूल जनसख्ंयाको ७२ प्रतिशतलाई खोप लगाउने योजना बनाएको छ। जसको पहिलो चरणमा ३ प्रतिशत जनसंख्या अर्थात ९ लाख ११ हजार ३४२ जनालाई खोप लगाइने बताइएको छ।

तर, पहिलो चरणमा अनुदान स्वरुप आएको १० लाख डोज भ्याक्सिनले  करिब पाँच लाख जनसंख्यालाई पुग्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ।

Ncell 2
Ncell 2

त्यसबाहेक नेपाललाई कोभिड भ्याक्सिनको सहजीकरण र समान वितरणका लागि बनेको अलायन्स कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत खोप निःशुल्क उपलब्ध हुनेछ। कोभ्याक्सले आगामी मार्च अप्रिलसम्ममा नेपाललाई खोप उपलब्ध गराउने पत्र पठाइसकेको छ। बाँकी आवश्यक खोप भने खरीद गर्नुपर्नेछ।

भ्याक्सिनको भण्डारण र ढुवानी
भारतबाट आज आएको खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ।

व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिहं तिंकरीले उक्त खोप शुक्रबार दिउँसो वा शनिबार बिहानबाट सातै प्रदेशमा ढुवानी गरिने बताए। उनले बिहीबार बेलुकासम्म कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेपछि रेफ्रिजेरेटर भ्यानमार्फत हरेक प्रदेशमा पठाइने छ। प्रदेशबाट सम्बन्धित जिल्लामा खोप पठाइने डा तिंकरीले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा हरेक जिल्लाका खोप कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीलाई  भर्चुअल तालिम दिने, ढुवानी व्यवस्थापन गर्ने र कसरी खोप कार्यक्रम सञ्चालन गर्ने लगायतका काम भइरहेको  छ।

shivam cement

shivam cement

व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार हरेक जिल्लामा पहिलो ३ प्रतिशत खोप पाउने व्यक्तिको सूची आइसकेको छ। त्यसमा पनि खोपको उपलब्धता अनुसार डेढ प्रतिशत जनसख्ंयालाई पुग्ने गरी खोप हरेक प्रदेशलाई पठाइने उनले बताए।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। यसका साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने हुन्छ।

व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले केन्द्रीय भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा रुम कोभिड भ्याक्सिन भण्डारणका लागि तयारी अवस्थामा राखेको जानकारी दिए।

उनका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम तयारी अवस्था राखिएको छ।

उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।

त्यसैगरी, विराटनगरमा रहेको ३ वटा कोल्ड रुममध्ये एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। उक्त कोल्ड रुममा २ हजार २५० लिटर क्षमता रहेको छ। जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको छ।

व्यवस्थापन महाशाखाका अनुसार पथलैया, बारामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिन स्टोर गर्ने तयारी गरिएको छ। तीनमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७५० लिटर भण्डारण क्षमता रहेको छ। त्यहाँ प्रति रुममा १४ लाख ३६ हजार ७०० डोज भण्डारण क्षमता छ। भने ७ हजार ५०० लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५०० डोज भ्याक्सिन भण्डारण क्षमता छ। त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने बताइएको छ।

पथलैयामा रहेको कोल्ड रुम बिग्रिएर सञ्चालनमा आएको थिएन। केही दिनअघि काठमाडौैंबाट पठाइएका प्राविधिकहरुले उक्त स्टोर मर्मत गरिसकेको व्यवस्थापन महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीले जानकारी दिए।

पोखरा, बुटवल र धनगढीमा एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। २ हजार २५० लिटर क्षमता भएको उक्त रुममा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ।

नेपालगञ्ज र सुर्खेतमा ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको छ। जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।

कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत)

जिल्ला  जनसंख्या (खोप लगाउने ३ प्रतिशत) भ्याक्सिन डोज
ताप्लेजुङ्ग ३,९२० ९,२५०
संखुवासभा ४,६८२ ११,०४९
सोलुखुम्बु ३,०७६ ७,२५८
ओखलढुंगा ४,५४२ १०,७२०
खोटाङ ५,२६० १२,४१४
भोजपुर ४,७०८ ११,११२
धनकुटा ५,१२४ १२,०९३
तेह्रथुम ३,०२५  ७१३८
पाँचथर ५,९०६ १३,९३९
इलाम ९,३२८ २२,०१५
झापा  २७,६२७ ६५,१९९
मोरङ ३२,६३२ ७७,०११
सुनसरी २७,१८१ ६४,१४८
उदयपुर १०,६३४ २५,०९६
सप्तरी २१,२७ ५०,०९६
सिरहा   २१,०२० ४९,६०७
धनुषा २५,१४३ ५९,३३६
महोत्तरी २१,१४३ ५९,३३६
सर्लाही २६,६७० ६२,९४०
रौतहट २५,०७८  ५९,१८५
बारा २४,६७७ ५८,२३७
पर्सा   २१,२९६ ५०,२५९
सिन्धुली ९, ३१२ २१,९७७
मकवानपुर १३,८०३ ३२,५७४
चितवन २०,७५० ४८,९७१
दोलखा ५,६१४ १३,२४८
सिन्धुपाल्चोक ८,८२४ २०,८२४
रसुवा १,३४९ ३,१८४
धादिङ १०,६०३ २५,०२३
नुवाकोट ८,६१३ २०,३२६
काठमाडौं  ६६,४२४ १५६,७६०
भक्तपुर १०,९९५  २५,९४८
ललितपुर १७,०३७ ४०,२०८
काभ्रेपलाञ्चोक १२,०४९ २८,४३६
रामेछाप ६,२५६ १४,७६५
गोरखा ७,४३५ १७,५४७
मनाङ १९० २,५४०
मुस्ताङ  २४८  ८२०
म्याग्दी  ३,३३२ ७,८६५
कास्की  १७,४५९ ४१,२०३
लमजुङ ५,१५२ १२,१५९
तनहुँ  १०,२५९ २४,४४७
नवलपरासी पूर्व १०,५२५ २४,८३८
स्याङजा ९,५९३ १७,९१९
बागलुङ  ८,४९० २०,०३६
रुकुम पूर्व   १,७४४ ४,११५
रोल्पा ७,११७ १६,७९७
प्युठान  ७,२५३ १७,११६
गुल्मी ७,७१८ १८,२१४
अर्घाखाँची  ६,०६८ १४, ३२२
पाल्पा ७,४६६  १७,६२०
नवलपराससी पश्चिम ११, २०१ २६,४३५
रुपन्देही ३१,७६८ ७४,९७३
कपिलवस्तु  १९,९४०  ४९,०५९
दाङ १९,३३७ ४५,६३५
बाँके १८,०५६ ४२,६१३
बर्दिया १४,३३० ३३,८१९
डोल्पा १,२६३ २,९८१
मुगु १,९०९ ४,५०५
हुम्ला १,७५४ ४,१४०
जुम्ला ३,७३५ ८,८१५
कालिकोट ४,७५४ ११,२२१
दैलेख ८,८८४ २०,०१७
जाजरकोट ५,९२१  १३,९७३
रुकुम पश्चिम ५,०९२ १२,०१७
सल्यान  ८,१३६ १९,२००
सुर्खेत १२,४५६ २९३९६
बाजुरा  ४,६३९ १०,९४८
बझाङ ६,६२६ १५,६३८
दार्चुला ४,३२१ १०,१९७
बैतडी ७,९७१ १८,८११
डडेलधुरा ४,७३३ ११,१७१
डोटी ६,४०६ १५,११८
अछाम ८,५९६  २०,२८७
कैलाली  २८,२४३ ६६,६५३
कन्चनपुर १५,७८० ३७,२४०

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १९:२६
  • #कोभिड-१९
  • #कोभिडभ्याक्सिन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ बिहीबार, जेठ १, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का २ बैठकका ३० निर्णय (सूचीसहित) बिहीबार, जेठ १, २०८२
दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं,अब तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ बिहीबार, जेठ १, २०८२
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन बिहीबार, जेठ १, २०८२
किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
रविन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्