• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मूलपानीमा पाँचौँ दिन : कमल, आसिफ र वाटमोर

64x64
ऋग्वेद शर्मा बिहीबार, माघ ८, २०७७  १८:४५
1140x725

काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ६ विकेटले पराजित हुँदै गण्डकी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मूलपानी मैदानमा भएको पाँचौँ खेलमा गण्डकी प्रदेशको अन्तिम अवसर, कमलको बलिङ, आसिफको ब्याटिङ र प्रशिक्षक डेभ वाटमोरको पिच निरीक्षण विशेष रह्यो। 

एपीएफका लागि कमल ऐरीले १० ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए। १.१० को इकोनोमीमा रहेको उनको बलिङ गण्डकीका लागि मूलपानीको बिहानी पिचमा कठीन देखियो। उनै कमल ‘प्लेयर अफ दि म्याच’ पनि भए। ब्याटिङमा एपिएफका आसिफ शेखले उम्दा खेल देखाए। ५६ बल खेलेका उनले ६ छक्का, ५ चौकासहित ७८ रन बनाए।

पहिलो ओभरमा नै सुवास खकुरेल र रित गौतम शून्यमा आउट भएको अवस्थामा आसिफको ब्याटिङ आक्रामक मात्र होइन, सम्हालिएको पनि थियो। उनले बल बुझेर खेल्ने प्रयास गरिरहेका थिए। ३४ बलमा १८ रन बनाएर सुमितले उनलाई साथ दिए। आसिफ जितका लागि एक रन आवश्यक हुँदा विशाल पौडेलको बलमा एलबिडब्ल्यू आउट भए। १०७ रनको सामान्य लक्ष्य एपिएफले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

आसिफको खेलको तारिफ गर्दै एपिएफका कप्तान शरद भेषावकर भन्छन्, ‘उसको प्रतिभा एकदम भरपुर छ। पहिलो प्रतियोगिता खेल्दादेखि नै उसले सम्भावना देखाएको हो। कहिँ न कहिँ उही खेलको निरन्तरताको कमी थियो तर, अहिलेको प्रतियोगितामा धेरै राम्रो भइरहेको छ। टिमको आश पनि राम्रो गरोस् भन्ने नै छ।’ 

प्रतियोगितामा राम्रो सुरुवात पाएको भन्दै त्यसलाई निरन्तरता दिने आशमा आसिफ पनि देखिन्छन्। ‘राम्रो भइरहेको छ, नकआउट खेलमा पनि यस्तै गर्न सकियोस् भन्ने छ। आज पनि रिस्क भए पनि आफ्नो सटहरु खेल्न रोक्दिन भन्ने सोचेर गएको थिएँ, त्यस्तै नै भयो।’

दुई दिनको क्यापले प्रतियोगिता
पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो। गण्डकीका लागि समिर कँडेलले ११४ बलमा ३६ रन, विष्णु पाण्डेले ४८ बलमा १५ रन, दिनेश बुढामगरले २४ बलमा १२ रन, दिपेश खत्रीले ३८ बलमा १५ रन बनाए। ४६ ओभर खेले पनि गण्डकीले त्यहीअनुसार रन जोड्न भने सकेन। 

गण्डकी प्रदेशका प्रशिक्षक रिजन प्रजु मूलपानीको पिच बिहानको समयमा ब्याटिङका लागि कठीन नै देखिएको बताउँछन्। ‘पिचको कन्डिसन राम्रो थिएन। विकेट गिलो भएर बिहानको समयमा अलि गाह्रो नै थियो। ४६ ओभर टिकेर खेले पनि त्योअनुसार रन बनाउन भने सकेनौँ’ प्रशिक्षक प्रजुले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री कपमा यसपटकको यात्रा टुंगिएको भए पनि समग्रमा आफूहरुको आगमन सकारात्मक नै देखिएको उनले बताए। ‘युवा खेलाडीले अनुभव बटुल्ने अवसर पाए। अहिलेको खेलमा अनुभवको कमी देखिने ठाउँहरु पनि रह्यो। अर्जुन, समिर, विशाल, विपीन जस्ता खेलाडीहरुले गण्डकीमा क्रिकेटको भविष्य राम्रो देखाएका पनि छन्’ उनले भने। 

विभागीय टिमबाहिर प्रतियोगिताको तयारीमा हुने सधैँको समस्या यसपटक गण्डकी टिमका लागि पनि दोहोरियो। प्रशिक्षक प्रजुले टिम छनोटको समयपछि जम्मा दुई दिनको क्याम्प बसेर खेल्ने आएकाले मुस्किल भएको बताए। ‘जिल्लाहरुबाट भएको छनोटपछि हामीले समग्र क्याम्प गर्न पाएको दुई दिन मात्र हो, प्रदेशको टिममा यस्तै नै छ। बजेटको सधैँ नै अभाव नै हुन्छ’ उनले भने। 

प्रतियोगितामा गण्डकीले तीन खेलमा हार ब्यहोर्दा एक खेलमा जित निकालेको छ। आफ्नो पहिलो खेलमा आर्मीसँग ९८ रनले हारेको गण्डकीले दोस्रो खेलमा प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको थियो। त्यसपछि कर्णालीसँग पाँच विकेट र एपिएफसँग ६ विकेटले पराजित हुँदै गण्डकी प्रतियोगिताबाटै बाहिरिएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मूलपानीमा छैन सहज
एपिएफका कप्तान शरद भेषावकर गण्डकीविरुद्धको खेलमा टस जित्नु आफूहरुको लागि राम्रो भएको बताउँछन्। ‘बिहानको समय पिच भिजेको थियो, खेल्न गाह्रो नै थियो। टस जित्नु राम्रो भयो। उनीहरुलाई थोरै योगफलमा राख्न सक्यौँ। कमल, किशोर र अभिनाशले राम्रो बलिङ गरे’ भेषावकरले भने। 

मूलपानी मैदान उचाइमा भएकाले हावा लाग्ने, चिसो हुने हुँदा कीर्तिपुर भन्दा फरक हुने कप्तान भेषावकरको अनुभव छ। ‘मैदानको साइज केही सानो होला तर धेरै नै फरक त छैन। बिहानको समयमा एक घन्टा त खेल्न गाह्रो छ यहाँ। आउटफिल्ड पनि अलिकति मेहनत गरेर राम्रो बनाउन सकिन्थ्यो कि जस्तो लाग्छ, अलिकति सम्याउने हो भने राम्रो हुन्छ’ उनले भने।

मूलपानी मैदानको अवस्था कठीन नै रहेको आसिफ पनि बताउँछन्। ‘कीर्तिपुर र यता फरक नै छ। कीर्तिपुरको पिच अलि फास्ट छ यहाँको भन्दा, यहाँ बल रोकिएर आउँछ। बल ब्याटमा आइरहेको हुँदैन, स्पीन धेरै भइदिन्छ। त्यसैले कीर्तिपुरमा खेल्ने सट यहाँ खेल्न मिल्दैन, मूलपानीमा बल रोकिएर घुम्छ भन्ने बुझेर नै खेल्नुपर्ने हुन्छ’ आसिफले भने। 

आफूहरुले मैदानको अवस्था बुझेर नै गण्डकीविरुद्धको खेलमा टस जितेर पहिले फिल्डिङ गरेको भेषावकरको भनाइ छ। गण्डकी टिममा पनि राम्रा खेलाडी रहेको भन्दै भेषावकर भन्छन्, ‘युवा खेलाडीहरु राम्रा थिए, विशेष गरी अर्जुन, बिशाल, समिर जस्ता भाइहरुले राम्रो खेल्नुभयो। खेलाडी आइरहनुभएको छ भन्ने देखिन्छ, नयाँ प्रतिभा देख्दा खुसी लाग्छ।’ 

वाटमोरले हेरे पिच
बिहीबार मूलपानी मैदानमा खेलका दौरान कमल र आसिफ चम्किए। खेलपछि केन्द्रमा थिए, राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेभ वाटमोर। खेल हेर्ने र मैदानको पनि अवलोकन गर्ने गरी मूलपानीमा वाटमोर पुग्दा खेल सक्किसकेको थियो। यसैले उनी पिच र मैदान हेरेर फर्किए।

त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा प्रधानमन्त्री कपको खेल चलिरहँदा बिहीबार बिहान एल्लो प्यागोडा होटलमा प्रशिक्षक वाटमोरसँग पत्रकार सम्मेलनसहित परिचयात्मक कार्यक्रम राख्यो। कार्यक्रमसँग सम्बन्धित सबै व्यक्ति क्रिकेट मैदानमा हुँदा मैदानबाहिर होटलमा किन कार्यक्रम गर्नुपर्‍यो क्यान नै जानोस्। 

जे होस् नयाँ प्रशिक्षक होटलको कार्यक्रममा मात्र सीमित भएनन्, खेल भइरहेको दुवै मैदान पुगे। प्रशिक्षकसँगै थिए क्यानका सचिव अशोकनाथ प्याकुरेलसहित अन्य कर्मचारी। मूलपानी मैदानमा वाटमोरले पिच निरीक्षण गरेपछि क्युरेटर अजय पाण्डेसँग पनि कुराकानी गरे। मैदानको उचाइका कारण घामको प्रकाश सिधा पर्ने हुँदा अप्ठ्यारो हुने बताए। 

‘एसियाको लागि उहाँ सफल प्रशिक्षक मानिनुहुन्छ। एसियन टिमहरु धेरै हेरिसक्नुभएको छ। नतिजाका हिसाबले पनि उहाँको काम राम्रो छ, त्यसैले आश छ, हाम्रो टिममा पनि केही न केही सकारात्मक परिवर्तन हुन्छ होला’ नयाँ प्रशिक्षक डेभ वाटमोरको आगमनपछिको अवस्थाबारे शरदले भने। 

विश्व क्रिकेटमा सफल मानिएका प्रशिक्षक डेभ वाटमोरले आफ्नो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउने बताएका छन्। एकदिवसीय क्रिकेटमा नेपालको वरियता सुधार गर्न आफ्नो विशेष ध्यान रहने बताएका वाटमोरले मूलपानी मैदानको बारेमा धेरै खुलेर बोलेनन्। मैदानको अवस्था कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने- ‘सबै हेरेँ, ठीकै छ।’ 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्