• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मूलपानीमा पाँचौँ दिन : कमल, आसिफ र वाटमोर

64x64
ऋग्वेद शर्मा बिहीबार, माघ ८, २०७७  १८:४५
1140x725

काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ६ विकेटले पराजित हुँदै गण्डकी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मूलपानी मैदानमा भएको पाँचौँ खेलमा गण्डकी प्रदेशको अन्तिम अवसर, कमलको बलिङ, आसिफको ब्याटिङ र प्रशिक्षक डेभ वाटमोरको पिच निरीक्षण विशेष रह्यो। 

एपीएफका लागि कमल ऐरीले १० ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए। १.१० को इकोनोमीमा रहेको उनको बलिङ गण्डकीका लागि मूलपानीको बिहानी पिचमा कठीन देखियो। उनै कमल ‘प्लेयर अफ दि म्याच’ पनि भए। ब्याटिङमा एपिएफका आसिफ शेखले उम्दा खेल देखाए। ५६ बल खेलेका उनले ६ छक्का, ५ चौकासहित ७८ रन बनाए।

पहिलो ओभरमा नै सुवास खकुरेल र रित गौतम शून्यमा आउट भएको अवस्थामा आसिफको ब्याटिङ आक्रामक मात्र होइन, सम्हालिएको पनि थियो। उनले बल बुझेर खेल्ने प्रयास गरिरहेका थिए। ३४ बलमा १८ रन बनाएर सुमितले उनलाई साथ दिए। आसिफ जितका लागि एक रन आवश्यक हुँदा विशाल पौडेलको बलमा एलबिडब्ल्यू आउट भए। १०७ रनको सामान्य लक्ष्य एपिएफले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

आसिफको खेलको तारिफ गर्दै एपिएफका कप्तान शरद भेषावकर भन्छन्, ‘उसको प्रतिभा एकदम भरपुर छ। पहिलो प्रतियोगिता खेल्दादेखि नै उसले सम्भावना देखाएको हो। कहिँ न कहिँ उही खेलको निरन्तरताको कमी थियो तर, अहिलेको प्रतियोगितामा धेरै राम्रो भइरहेको छ। टिमको आश पनि राम्रो गरोस् भन्ने नै छ।’ 

प्रतियोगितामा राम्रो सुरुवात पाएको भन्दै त्यसलाई निरन्तरता दिने आशमा आसिफ पनि देखिन्छन्। ‘राम्रो भइरहेको छ, नकआउट खेलमा पनि यस्तै गर्न सकियोस् भन्ने छ। आज पनि रिस्क भए पनि आफ्नो सटहरु खेल्न रोक्दिन भन्ने सोचेर गएको थिएँ, त्यस्तै नै भयो।’

दुई दिनको क्यापले प्रतियोगिता
पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो। गण्डकीका लागि समिर कँडेलले ११४ बलमा ३६ रन, विष्णु पाण्डेले ४८ बलमा १५ रन, दिनेश बुढामगरले २४ बलमा १२ रन, दिपेश खत्रीले ३८ बलमा १५ रन बनाए। ४६ ओभर खेले पनि गण्डकीले त्यहीअनुसार रन जोड्न भने सकेन। 

गण्डकी प्रदेशका प्रशिक्षक रिजन प्रजु मूलपानीको पिच बिहानको समयमा ब्याटिङका लागि कठीन नै देखिएको बताउँछन्। ‘पिचको कन्डिसन राम्रो थिएन। विकेट गिलो भएर बिहानको समयमा अलि गाह्रो नै थियो। ४६ ओभर टिकेर खेले पनि त्योअनुसार रन बनाउन भने सकेनौँ’ प्रशिक्षक प्रजुले भने। 

nimb
nimb

प्रधानमन्त्री कपमा यसपटकको यात्रा टुंगिएको भए पनि समग्रमा आफूहरुको आगमन सकारात्मक नै देखिएको उनले बताए। ‘युवा खेलाडीले अनुभव बटुल्ने अवसर पाए। अहिलेको खेलमा अनुभवको कमी देखिने ठाउँहरु पनि रह्यो। अर्जुन, समिर, विशाल, विपीन जस्ता खेलाडीहरुले गण्डकीमा क्रिकेटको भविष्य राम्रो देखाएका पनि छन्’ उनले भने। 

विभागीय टिमबाहिर प्रतियोगिताको तयारीमा हुने सधैँको समस्या यसपटक गण्डकी टिमका लागि पनि दोहोरियो। प्रशिक्षक प्रजुले टिम छनोटको समयपछि जम्मा दुई दिनको क्याम्प बसेर खेल्ने आएकाले मुस्किल भएको बताए। ‘जिल्लाहरुबाट भएको छनोटपछि हामीले समग्र क्याम्प गर्न पाएको दुई दिन मात्र हो, प्रदेशको टिममा यस्तै नै छ। बजेटको सधैँ नै अभाव नै हुन्छ’ उनले भने। 

प्रतियोगितामा गण्डकीले तीन खेलमा हार ब्यहोर्दा एक खेलमा जित निकालेको छ। आफ्नो पहिलो खेलमा आर्मीसँग ९८ रनले हारेको गण्डकीले दोस्रो खेलमा प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको थियो। त्यसपछि कर्णालीसँग पाँच विकेट र एपिएफसँग ६ विकेटले पराजित हुँदै गण्डकी प्रतियोगिताबाटै बाहिरिएको हो।

मूलपानीमा छैन सहज
एपिएफका कप्तान शरद भेषावकर गण्डकीविरुद्धको खेलमा टस जित्नु आफूहरुको लागि राम्रो भएको बताउँछन्। ‘बिहानको समय पिच भिजेको थियो, खेल्न गाह्रो नै थियो। टस जित्नु राम्रो भयो। उनीहरुलाई थोरै योगफलमा राख्न सक्यौँ। कमल, किशोर र अभिनाशले राम्रो बलिङ गरे’ भेषावकरले भने। 

मूलपानी मैदान उचाइमा भएकाले हावा लाग्ने, चिसो हुने हुँदा कीर्तिपुर भन्दा फरक हुने कप्तान भेषावकरको अनुभव छ। ‘मैदानको साइज केही सानो होला तर धेरै नै फरक त छैन। बिहानको समयमा एक घन्टा त खेल्न गाह्रो छ यहाँ। आउटफिल्ड पनि अलिकति मेहनत गरेर राम्रो बनाउन सकिन्थ्यो कि जस्तो लाग्छ, अलिकति सम्याउने हो भने राम्रो हुन्छ’ उनले भने।

मूलपानी मैदानको अवस्था कठीन नै रहेको आसिफ पनि बताउँछन्। ‘कीर्तिपुर र यता फरक नै छ। कीर्तिपुरको पिच अलि फास्ट छ यहाँको भन्दा, यहाँ बल रोकिएर आउँछ। बल ब्याटमा आइरहेको हुँदैन, स्पीन धेरै भइदिन्छ। त्यसैले कीर्तिपुरमा खेल्ने सट यहाँ खेल्न मिल्दैन, मूलपानीमा बल रोकिएर घुम्छ भन्ने बुझेर नै खेल्नुपर्ने हुन्छ’ आसिफले भने। 

आफूहरुले मैदानको अवस्था बुझेर नै गण्डकीविरुद्धको खेलमा टस जितेर पहिले फिल्डिङ गरेको भेषावकरको भनाइ छ। गण्डकी टिममा पनि राम्रा खेलाडी रहेको भन्दै भेषावकर भन्छन्, ‘युवा खेलाडीहरु राम्रा थिए, विशेष गरी अर्जुन, बिशाल, समिर जस्ता भाइहरुले राम्रो खेल्नुभयो। खेलाडी आइरहनुभएको छ भन्ने देखिन्छ, नयाँ प्रतिभा देख्दा खुसी लाग्छ।’ 

वाटमोरले हेरे पिच
बिहीबार मूलपानी मैदानमा खेलका दौरान कमल र आसिफ चम्किए। खेलपछि केन्द्रमा थिए, राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेभ वाटमोर। खेल हेर्ने र मैदानको पनि अवलोकन गर्ने गरी मूलपानीमा वाटमोर पुग्दा खेल सक्किसकेको थियो। यसैले उनी पिच र मैदान हेरेर फर्किए।

त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा प्रधानमन्त्री कपको खेल चलिरहँदा बिहीबार बिहान एल्लो प्यागोडा होटलमा प्रशिक्षक वाटमोरसँग पत्रकार सम्मेलनसहित परिचयात्मक कार्यक्रम राख्यो। कार्यक्रमसँग सम्बन्धित सबै व्यक्ति क्रिकेट मैदानमा हुँदा मैदानबाहिर होटलमा किन कार्यक्रम गर्नुपर्‍यो क्यान नै जानोस्। 

जे होस् नयाँ प्रशिक्षक होटलको कार्यक्रममा मात्र सीमित भएनन्, खेल भइरहेको दुवै मैदान पुगे। प्रशिक्षकसँगै थिए क्यानका सचिव अशोकनाथ प्याकुरेलसहित अन्य कर्मचारी। मूलपानी मैदानमा वाटमोरले पिच निरीक्षण गरेपछि क्युरेटर अजय पाण्डेसँग पनि कुराकानी गरे। मैदानको उचाइका कारण घामको प्रकाश सिधा पर्ने हुँदा अप्ठ्यारो हुने बताए। 

‘एसियाको लागि उहाँ सफल प्रशिक्षक मानिनुहुन्छ। एसियन टिमहरु धेरै हेरिसक्नुभएको छ। नतिजाका हिसाबले पनि उहाँको काम राम्रो छ, त्यसैले आश छ, हाम्रो टिममा पनि केही न केही सकारात्मक परिवर्तन हुन्छ होला’ नयाँ प्रशिक्षक डेभ वाटमोरको आगमनपछिको अवस्थाबारे शरदले भने। 

विश्व क्रिकेटमा सफल मानिएका प्रशिक्षक डेभ वाटमोरले आफ्नो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउने बताएका छन्। एकदिवसीय क्रिकेटमा नेपालको वरियता सुधार गर्न आफ्नो विशेष ध्यान रहने बताएका वाटमोरले मूलपानी मैदानको बारेमा धेरै खुलेर बोलेनन्। मैदानको अवस्था कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने- ‘सबै हेरेँ, ठीकै छ।’ 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्