• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ?

64x64
नेपाल लाइभ बिहीबार, माघ १, २०७७  १२:४५
1140x725

काठमाडौं- कोभिड– १९ का कारण शिथिल भएको अर्थतन्त्र विस्तारै सुधारको बाटोमा छ। कोभिडका कारण बन्द रहेको बजार अहिले  सामान्य अवस्थामा जस्तै  भइसेको छ। तर, कतिपय क्षेत्र अझै पनि सामान्य हुन सकेको छैन।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पाँच वर्षका आर्थिक सूचाङलाई हर्ने हो भने आर्थिक गतिविधी सुरु भएको जस्तो देखिन्छ।

प्रमुख झलक
– वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ।
– आयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको छ।
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ।
– शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा छ।
– कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ।
– संघीय सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च रु.३०६ अर्ब ६६ करोड र राजस्व परिचालन रु.३०१ अर्ब २३ करोड छ।  
– विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ। 
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको ७.९ प्रतिशतले बढेको छ।  वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत छ।

मुद्रास्फीति
२०७७ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९३ प्रतिशत रहेको बैंकले सार्वजनिक तथ्याङमा उल्लेख छ। 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको छ। २०७६ मंसिरको तुलनामा २०७७ मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको बैंकले जनाएको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७६ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

थोक मुद्रास्फीति 
२०७७ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १३.३३ प्रतिशत र ३.२६ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ०.६० प्रतिशतले घटेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६४ प्रतिशत रहेको छ।

तलव तथा ज्यालादर 
२०७७ मंसिरमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ०.९९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.०४ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा ज्यालादर सूचकाङ्क १.२८ प्रतिशतले बढेको छ।

वैदेशिक व्यापार 
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड रुपैयाँ खपुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फत क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ। ड। आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा कच्चा सोयाबिन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ। 

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। 

आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ। 

Xtrem

Xtrem

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले घटी ४ खर्ब ७५ अर्ब ४४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.३ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो।

सेवा
समीक्षा अवधिमा खुद सेवा आय २१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब १ करोड रुपैयााले घाटामा रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९३.५ प्रतिशतले कमी आई  २ अर्ब ३० करोड रुपैयाँकायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३५ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ६३.५ प्रतिशतले कमी आई११ अर्ब ४२ करोड रुपैयाँकायम भएको छ। यसमध्ये शिक्षातर्फको व्यय ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३१ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय१४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४खर्बए १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४खर्ब ५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो।

चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता २१ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ। 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.० प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो।

 अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ।

कुल विदेशी विनिमय सञ्चिति 
२०७७ असार मसान्तमा १४खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई २०७७ मंसिर मसान्तमा रु.१४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ। 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ०.१ प्रतिशतले कमी आई १ खर्ब ७५ अर्ब ६२ करोड कायम भएको छ। २०७७ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ। 

सञ्चिति पर्याप्तता 
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र ३२.४ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
अन्तर्राष्ट्रिय बजारमा २०७६ मंसिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६८.०४ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ मंसिर मसान्तमा २५.४ प्रतिशतले कमी आई अमेरिकी डलर ५०.७७ कायम रहेको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ मंसिर मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १ हजार ४ सय ७७.९० रहेकोमा २०७७ मंसिर मसान्तमा २५.२ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार ८ सय ५०.६५ पुगेको छ।

विनिमय दर 
२०७७ असार मसान्तको तुलनामा २०७७ मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.४ प्रतिशतले अधिमूल्यन भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.२ प्रतिशतले अवमूल्यन भएको थियो। २०७७ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १सय १७.५३ पुगेको छ। २०७७ असार मसान्तमा उक्त विनिमय दर १ सय २०.३७ रहेको थियो।

खर्च तथा राजस्व
समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेक बाहेक) संघीय सरकारको कुल खर्च ३ खर्ब ६ अर्ब ६६ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २ खर्ब ८७ अर्ब ८४ करोड रहेको थियो।

समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) ३ सय १ अर्ब २३ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ३ सय ३७ अर्ब ७१ करोड रहेको थियो।

नगद मौज्दात 
२०७७ मंसिरमसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ४५ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ।

पुँजी बजार 
२०७६ मंसिर मसान्तमा ११५४.१ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर मसान्तमा २०६१.४ पुगेको छ। २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो। 

२०७७ मंसिर मसान्तमा धितोपत्र बजार पँुजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ। २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो। 

२०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ। सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। 

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.१ प्रतिशत रहेको छ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.७ प्रतिशत रहेको छ। 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मंसिरसम्ममा सूचीकृत ५ अर्ब ६१ लाख संख्याको शेयर चुक्ता मूल्य ४ खर्ब ९१ अर्ब २४ करोड रहेको छ। 

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु.११ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ५ अर्ब ८० करोड रुपैयाँ बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ५० करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ७७ अर्ब ३७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ५ अर्ब ४ करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब २ करोड रुपैयाँ बराबरको साधारण शेयर, ५३ करोड ३७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर र ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ८ अर्ब १० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्