• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : जवाफदेहिताविहीन शासन चलाउने प्रयत्न

64x64
नेपाल लाइभ आइतबार, पुस २६, २०७७  २२:१८
1140x725

अधिवेशन सुरु भएको ९औं दिनमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। यसबीचमा सो सभाका चार वटा मात्रै बैठक बसे। ती बैठकहरुमा प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो। जुन अपेक्षित पनि थियो।

प्रतिनिधि सभाको अनुपस्थितिमा राष्ट्रिय सभालाई जिम्मेवारी थप भएको थियो। उसैले सरकार समक्ष जनताको प्रश्न पुर्‍याइदिने भूमिका निर्वाह गर्ने संकेत पनि देखिएको थियो। त्यहाँबाट उठ्ने प्रश्न र आफूमाथि पर्ने दबाबको आँकलन गरेरै हुनुपर्छ अधिवेशन अन्त्य गर्ने निर्णय लिइयो।

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गराउने सरकारको कदम संविधान विपरीत होइन। तर अब प्रधानमन्त्री ओलीका हरेकजसो कदमले संवैधानिकभन्दा पनि, नियतको परीक्षण माग गर्छन्। उनका नियतमाथि अब शंका गर्नुपर्ने भएको छ।

संसद्‌प्रति जवाफदेही बन्ने स्वभाव प्रधानमन्त्री ओलीको थिएन। उनले यसअघि संसद्‌मा सम्बोधन गर्दा पनि सांसद्हरुलाई अपमानित गर्ने, होच्याउने जस्ता स्वभाव प्रदर्शन गर्ने गरेका थिए। संसदीय समितिहरुमा पनि उनलाई ल्याएर प्रश्न सोध्ने कैयौं प्रयास असफल भएका थिए। उनले संसदीय समितिले दिएका निर्देशनलाई बेवास्ता गर्दै आफ्नै ढंगले अघि बढेका थिए। भन्नलाई त उनी संसद्लाई सार्वभौम भन्ने गर्थे। तर त्यो सार्वभौमिकताको सिमाना उनको चाहनाभन्दा पर हुन सकेको थिएन।  जसबारे विगतमा प्रशस्त बहस भइसकेका छन्।

गत असारमा संघीय संसद्को जारी अधिवेशन अन्त्य गरिँदा उनले प्रचलनअनुसार सभामुखसँग समेत परामर्श गरेका थिएनन्। जसबाट उनी आफ्नो अधिकारको प्रयोग गर्न उत्साहित हुने र जनताको प्रतिनिधिमूलक संस्थाहरुलाई आफ्नो तजबिजीमा चलाउन चाहन्छन् भन्ने स्पष्ट पारेको थियो। प्रतिनिधि सभाको विघटनपछि त आफूले प्रतिनिधित्व गर्ने बाहेकका अन्य संस्थाको अस्तित्व पनि नचाहने उनको स्वभाव उजागर भएको छ। राज्यका अंगहरुबीच 'चेक एण्ड ब्यालेन्स'को मर्म बोक्ने लोकतन्त्रका लागि यो कठिन परिस्थिति हो।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार र जनताबीचको पुल हो, संसद्। जनताको प्रश्न, जनताको गुनासो, जनताको अपेक्षा, जनताको सपना त्यही पुल हुँदै सरकारको आगनमा पुग्छन्। तर प्रधानमन्त्री ओली त्यही पुल भत्काएर आफ्नो स्वर्ग खडा गर्ने प्रयत्नमा छन्। आफूलाई प्रधानमन्त्री बनाउने संस्थालाई नै अन्त्य गरेर उनी दैनिकजसो रवाफ प्रदर्शन गरिरहेका छन्।

जसले आफूलाई जन्मायो, उसैलाई खाएर मोटाउने माकुरे स्वभाव लोकतन्त्रले अपेक्षा गर्दैन। अहिले लोकतन्त्रको अपेक्षा विपरीतका काम भइरहेका छन्। प्रधानमन्त्री संसद्प्रति उत्तरदायी भएर र संसद्को शक्तिलाई विश्वासमा लिएर सत्ताको नेतृत्वमा रहने संवैधानिक गोरेटोमा हिँड्नुभन्दा बाटो भत्काउँदै हिँडिरहेका छन्। लोकतन्त्रलाई संस्थागत गर्ने नेपाली जनताको दशकौंको चाहनामा यस प्रवृत्तिले अप्ठ्यारो थपेको छ।

गत पुस १७ गते संवैधानिक बाध्यताका कारण मात्रै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाइएको थियो। जसले एक अंशमा मात्रै भएपनि जनताको प्रतिनिधित्व गर्थ्यो। तर त्यसको अधिवेशन पनि केही दिनमै अन्त्य गरिएको छ। यो प्रतिनिधि सभा विघटन गर्ने कदमकै निरन्तरता हो। स्मरणीय छ, संविधानमा राष्ट्रिय सभा अविच्छिन्न रहने प्रावधान छ। यतिबेला राष्ट्रिय सभालाई ओलीले पुर्‍याउने हानी भनेको अधिवेशन अन्त्य नै थियो, विघटन नै गर्न भने संविधानले रोकेको छ।

Xtrem
Xtrem

प्रधानमन्त्री ओलीको शृंखलाबद्ध कदमका निष्कर्ष भनेको उनमा रहेको जवाफदेहिताविहीन शासनप्रतिको मोह नै हो। त्यसप्रति उनको आशक्ति आगामी दिनमा अझै तीव्र हुने देखिन्छ। किनकि, एउटा गल्ती छोप्न सयौं गल्ती गर्नुपर्छ भन्ने भनाइ उनको हकमा पनि लागू हुनेछ। उनको गतिलाई कुन बिन्दुमा रोक्ने भन्नेचाहिँ लोकतन्त्रप्रति प्रतिबद्ध नागरिकको सशक्त जागरुकता कुन बिन्दुमा सुरु हुनेछ भन्ने कुराले दर्शाउनेछ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्