काठमाडौं– ३ सय वर्ष भन्दा पुरानो धर्मग्रन्थ १० करोड रुपैयाँमा बिक्रि गर्न खोज्ने ५ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले लतिलपुरको ताल्सीखेलबाट १ वटा प्राचित बुद्धधर्मग्रन्थसहित कारोबारीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारतको सिक्किम घर भएका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयराज आचार्य, कैलालीका प्रविण कुमार शाह र झापाका पुस्कर मैनाली छन्।
उनीहरुमध्ये भुटियो धर्मग्रन्थका धनी हुन् भने लामा २ वर्षदेखि सो धर्मग्रन्थ घरमा राखेर ग्राह खोज्दै आएका थिए।
अन्य तीन जना मध्यस्तकर्ता भएको प्रहरीले जनाएको छ। धर्मग्रन्थको मूल्य उनीहरुले १० करोड रुपैयाँ राखेर डिल गरेका थिए। प्रहरीले सूचना पाई पक्राउ गरेको हो।
सो धर्मग्रन्थ सुन तथा चाँदीबाट लेखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको सिआईबीका एसपी बुद्धि गुरुङले बताए।
प्राचीन स्मारक संरक्षण ऐनअनुसार एक सय वर्ष भन्दा लामो ग्रन्थको कारोबार गर्न पाइन्न। उनीहरुलाई ललितपुर जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।