• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रतिनिधिसभा विघटन असंवैधानिक हो, अदालतमा बहस गर्नु परेपनि तयार छौँ

रामचन्द्र पौडेल मंगलबार, पुस २१, २०७७  १५:१९
1140x725

राष्ट्रपति विद्यादेवी भण्डारीले आँखा छापेर प्रतिनिधिसभा विघटन गरिदिनुभएको छ। अब प्रतिनिधिसभा छैन भन्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गर्ने र राष्ट्रपतिले आँखा चिम्लेर अनुमोदन गर्ने कार्य अत्यन्त दुर्भाग्यपूर्ण छ। यसले उहाँहरूको आफ्नै पार्टीमा तरंग आएको छ।

नेकपाले दुई तिहाई मत ल्याएको थियो। कांग्रेसलाई सानो पार्टी भएको भनेर चिन्ता भएको थियो। तर यो घटनाले फेरि अवसर आएको जस्तो भएको छ। यसमा मैले पार्टीभित्र फाइदा सोच्ने बेला होइन। राष्ट्र, व्यवस्था र लोकतन्त्र र संविधानमा के भयो भनेर सोच्ने हो। गत निर्वाचनमा म पनि हारेको वा हराइएको व्यक्ति हुँ। हारेकै भएपनि मैले लोकतन्त्र, जनता र संविधानबारे सोच्ने हो। जनतामाथि धोकाधडी भएको छ। विश्वासघात भएको छ।

संविधानलाई रछ्यानमा मिल्काउने धृष्टता भएको छ। हाम्रो पार्टीमा यसको सर्वसम्मत भएको छ। मोही माग्ने ढुङ्गो लुकाउने कुरा छैन। असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिनुपर्छ। राष्ट्रपतिले अनुमोदन गरिहाल्नु नहोला भन्ने आश थियो। अनुमोदन गरिदिनु भयो। राष्ट्रपतिबाट आश सकियो। अब सर्वोच्च मात्र हो। संविधानको आधार नलिई गरिएको कार्य अदालतका न्यायामुर्तिहरुले विचार गरी फैसला गर्नुहोला भन्ने अपेक्षा छ। 

संविधानका अक्षर, भावाना र मनसाय पनि हेर्नुपर्छ। फैसला गर्दा संविधानमा किन र केका लागि यो व्यवस्था गरियो र धारा राखियो त्यही व्याख्या हुनुपर्छ। हामी भन्छौँ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ। यसमा हामी एकमत भएका छौँ।  

संविधान निर्माणमा सक्रिय सहभागी भएका व्यक्तिहरू यहीँ हुनुहुन्छ। संवैधानिक समिति थियो। त्यसको अध्यक्ष माधवकुमार नेपाल नै हुनुहुन्थ्यो। नेताहरुलाई विवाद मिलाउन भनेको थियो। ठूलाठूला विवाद आएमा नेताहरुलाई अधिकार दिएको थियो। कांग्रेसका तर्फबाट म पनि उक्त समितिमा थिएँ।

लोकतन्त्रको मोडल र प्रणाली कस्तो हुने भन्नेमा प्रचण्डले राष्ट्रपतीय प्रणाली र माधव-केपी अ‍ोलीले प्रत्यक्ष निर्वाचित प्रणाली भन्नुभएको थियो। मैले हुँदैन संवैधानिक रुपमा समावेशी शासन व्यवस्था राख्नपर्छ भनेको थिएँ। समावेशी व्यवस्था बनाउनुपर्ने भनेको थियो। देखाउनका लागि सोकेसमा राख्न मात्र व्यवस्था होइन। प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने कि नपर्ने? कुरा त्यही समयमै आएको हो। उत्तरदायी नहुने हो भने, समावेशी लोकतन्त्र नहुने भनेपछि सबैजना सहमत भएका थियौं।

संसदप्रति जवाफदेही सरकार हुने भनिएको छ। तर बाँदरको हातमा नरिवल जस्तै भएको अनुभव भएको छ। राजनीतिक अवस्था सधैँ अस्थिर हुन लागेका केही परिर्वतन गर्ने कुरा थियो। हाम्रै पार्टीकै कुरा गर्दा हामी बहुमत हुँदा पनि काम गर्न खोज्दाखोज्दै सभापतिले विघटन गर्नुभएको थियो। तर त्यो संविधान र यो संविधानको मर्म एकै होइन। 

पटकपटक प्रतिनिधिसभा विघटन भयो। महत्वकांक्षी नेताले आफ्नो महत्वकांक्षामा ठेस लागेमा त्यसो गरेका थिए। दुर्भाग्य नेताहरु महत्वकांक्षाभन्दा बाहिर निस्केनन्। महत्वाकांक्षा प्रतिनिधिसभामाथि पोख्ने गरेको पाइयो। लोकतन्त्र हो कि ठालुतन्त्र हो मैले बुझ्न सकिनँ। जनताले पनि सोचेनन्। संविधान, संसद् र लोकतन्त्र र राष्ट्रलाई खेलौना बनाउने प्रवृत्ति आएको थियो। त्यही समयमा यो अवस्था आउन सक्ने विकल्पमाथि व्यापक छलफलपछि प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव २ वर्षपछि मात्र ल्याउने र वैकल्पिक प्रधानमन्त्रीसहित आउने भनिएको थियो। परम्परागत संसदिय अभ्यास यसैगरी सुधार गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा प्रतिनिधिसभा विघटन गर्न पाइँदैन। एउटा अवस्थामा मात्र पाइन्छ। संविधानको धारा ७६ को ५ सम्मका व्यवस्थाबाट पनि देशले प्रधानमन्त्री पाउन सकेन भने मात्र विघटन गर्न मिल्ने हो। कसले बहुमत ल्याउने भनी दावा गर्न आह्वान गर्दा पनि विश्वासका मत लिन सकेन भने प्रतिनिधिसभाले सरकार चुन्न नसक्ने अवस्था भएमात्र विघटन गर्ने भनिएको छ। अन्य कुनै अवस्थामा प्रतिनिधि सभा विघटन गर्न सक्ने अवस्था छैन।

हामीले विगतका कमजोरी राख्दैनौँ भनेर यस्तो व्यवस्था गरेर संविधान बनाएका हौँ। हामी यही छौँ। हामी अदालत गएर बहस गर्न पनि तयार छौँ। न्यायमुर्तिहरूसम्म यो कुरा यही मञ्चबाट पुगोस् भन्न चाहन्छु।

प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार छैन। कसैमाथि विशेषाधिकार लोकतन्त्रमा राख्ने कुरा हुँदैन। बराबरबाट एक जना प्रधानमन्त्री हुने हाम्रो व्यवस्था हो। अध्यक्ष हुँदैमा वा सभापति हुँदैमा कोही विशेष हुँदैन। समाज र पार्टीको लोकतान्त्रीकरण होस् भन्ने चाहनाअनुसार नै संविधान बनेको हो। यो अनर्थ भयो। अदलतले उल्टाउनुपर्छ। हामी अदालतमाथि भरोसा गर्छौँ। अदालतको बारेमा नबोलौँ भनेर केही साथीले भनेका छन् तर फैसलाबारेमा बोल्न मिल्दैन तर वकालत गर्न त पाइन्छ नि! जिकीर राख्ने अधिकार हो। हामीले कुनै न कुनै रुपमा यसलाई राख्न पाइन्छ।

हामीले सबै ठाउँबाट आफ्नो वकालत गर्नपर्छ। हामी वडासम्म पुग्नेछौँ। पार्टीले यही निर्णय गरेको छ। सबै पालिका र प्रदेशका विरोधको कार्यक्रम हुन्छ। त्यो अब राजधानी केन्द्रित हुनसक्छ। यसमा स्पष्ट छ कि यो असंवैधानिक हो, यसलाई सच्चाउनुपर्छ। नसच्चिए राजनीतिक संकट आउँछ।

मलाई बिपी कोइरालाको सम्झना भएको छ। यो भुमरी अहिले घुम्दै आएको छ। युरोपमा शीतयुद्ध थियो। त्यो नेपालमा पनि आएको छ। अमेरिका र रुसको थियो हिजो। आज अमेरिका र चीनको छ। शक्तिकेन्द्रहरुको खेल चल्दैछ। क्रीडाभूमि बन्दै छ। अफगानिस्तानले नव्यहोरेको दुर्भाग्य नेपालीले भोग्नुपर्ने हुन सक्ने देखिएको छ।

प्रधानमन्त्रीले मनपरी प्रतिनिधिसभा विघटन गर्ने अनि अदालतले त्यसविपरीत फैसला गरेमा के मान्ने? हाम्रो मनले त मान्दैन नि। संकटको भुमरीतिर जान नदिन र संविधानलाई बचाउन प्रतिनिधसभा, अदालत र न्यायमुर्तिले राष्ट्रप्रतिको विवेक राखेर फैसला हुनपर्छ। प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक हो। अलोकतान्त्रिक हो। यो अनुचित र जबरजस्ती कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। प्रतिनिधिसभा पुनस्थापित हुनुपर्छ।

(जसपाले आयोजना गरेको 'सरकारको असंवैधानिक कदम र राजनीतिक संकट' विषयक अन्तर्क्रिया कार्यक्रममा नेता पौडेलले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्