• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १४, २०८२ Wed, May 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
'मोदीजीको एक घन्टाको पूजाका लागि, यो गाइजात्रा कसले गरिरहेको छ?'
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २७, २०७५  २३:१६
1140x725

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने राजकीय भ्रमण शुक्रबार जनकपुरबाट सुरु गर्दैछन्। भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाम, मुक्तिनाथ र काठमाडौंमा नागरिक अभिनन्दनको कार्यक्रम पनि राखिएको छ। विगतमा नाकाबन्दी लगाउनेजस्तो अमानवीय कार्य गरेको भन्दै भारतीय प्रधामनमन्त्री मोदीको अभिनन्दनको विषयलाई लिएर विरोधका स्वरहरु उठिरहेका छन्। नेपाल लाइभको 'समय सम्वाद'मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको अर्थ र नेपाल-भारत सम्बन्धका विषयमा परराष्ट्र सम्बन्धी जानकार उद्धव प्याकुरेल, कूटनीतिक मामिलाका लेखक एवं पत्रकार गोपाल खनाल र राष्ट्रिय जनता पार्टीका महासचिव केशव झासँग विजय पौडेल, जनक पौड्याल र किशोर दहालले सम्वाद गरेका छन् :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणको पृष्ठभूमि के हो? कुनै समय त्यही भारतका प्रधानमन्त्री १७ वर्षसम्म नेपाल आएका थिएनन्, अहिले ४ वर्षभित्रै एउटै प्रधामन्त्री तीन-तीन पटक आउँदैछन्। यसलाई कसरी बुझ्ने?

गोपाल खनाल– कूटनीतिमा यस्ता उच्च तहको भ्रमण हुनु स्वभाविक हो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभयो। उहाँले नेपाल भ्रमण गर्ने र भ्रमण मिति भने आपसी समझदारीमा कूटनीतिक च्यानलबाट तय गर्ने जवाफ आयो। पछि दुवै पक्षको सहमतिमा यो भ्रमण मिति तय भयो।

कुनै समयमा भारतका प्रधानमन्त्री १७ वर्षसम्म नेपाल भ्रमणमा आएनन्। अहिले एकजना प्रधानमन्त्री नै तीनपटक आउनु नराम्रो हो र? संविधान जारी भइसकेपछि नेपाल-भारतको सम्बन्धमा केही उतारचढाव आएको थियो। तर, त्यो अहिले सामान्य अवस्थामा फर्किरहेको छ। त्यतिमात्रै होइन, सम्बन्ध अझै अगाडि बढेर नयाँ ठाउँमा पुगेको छ। त्यसको एउटा मूर्तरुपमा पनि यो भ्रमणलाई बुझौं। त्यसरी हेरियो भने यो भ्रमण स्वभाविक लाग्छ।

त्यस्तै, नरेन्द्र मोदीले सुरुदेखि नै मुक्तिनाथ र जनकपुरको भ्रमण गर्न खोज्नुभएको थियो। तर पूरा हुन सकेको थिएन। त्यो भ्रमणलाई पूरा गर्न हाम्रा प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो। त्यसलाई उहाँले स्वीकार गर्नुभयो। जुन स्वभाविक पनि हो। त्यसैले यसमा धेरै कुरा खोज्नुपर्छ भन्ने मलाई लाग्दैन।

मोदी भ्रमणको सुरुवात जनकपुरबाट हुँदैछ। यसले के संकेत गर्छ? के मोदीले अहिले पनि प्रदेश २ का जनता र मधेश केन्द्रित दलहरुलार्इ म अझै पनि तिमीहरुकै नजिक छु भनेर सन्देश दिन खोजिरहेका हुन्?

केशव झा– यसलाई दुई किसिमले बुझ्न जरुरी छ। अहिले जसरी जनकपुर प्रचार-प्रसार गरिरहेका छौं, त्यो जनकपुर होइन, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हो। जनकपुर त नेपाल हो। नेपाल भ्रमणमा आएका कारण उहाँले जुनसुकै ठाउँबाट भ्रमण प्रारम्भ गर्नु सक्नुहुन्छ।

Ncell 2
Ncell 2

दोस्रो कुरा, हामी कुनै कुरालाई अतिरञ्जित बनाएर प्रस्तुत गरिदिन्छौं, त्यो आवश्यक छैन। अघि गोपालजीले पनि भनिसक्नुभयो कि मोदी पहिले पनि मुक्तिनाथ र जनकपुर भ्रमण गर्न इच्छुक हुनुहुन्थ्यो। तर, विवाद भएका कारण सम्भव भएन। उहाँ त्यसैलाई पूरा गर्न चाहनुहुन्थ्यो। त्यसैलाई मिलाउँदा सहजताका दृष्टिले त्यहाँबाट भ्रमण गर्न चाहनुभएको हो। यो धार्मिक भ्रमण पनि हो। त्यसैले धार्मिक रुपले नै यसको महत्त्व जाओस् भन्ने पनि यसको सन्देश छ। हामीले त्यही रुपमा नै बुझेका छौं। अर्को कोणतिर यसलाई मोड्न हुँदैन।

दलहरु कोही पनि विपक्षमा बोलिरहेका छैनन् जनतामा भने एक किसिसमको आक्रोश देखिएको छ। सामाजिक सञ्जालमा अभियान नै चलेको छ– हामी तपाईंलाई स्वागत गर्छौं, तर सम्मान चाहिँ गर्न सक्दैनौं। राजनीतिक दल र जनता किन सँगै छैनन्?

उद्धव प्याकुरेल– सामान्यतया जनता र राजनीतिक दलहरु एकै ठाउँमा हुनुपर्ने हो। तर, सहमत हुनुपर्ने कुरा कहाँनेर छ भने नेपाल–भारत सम्बन्ध अलि फरक खाले सम्बन्ध हो। अन्यत्र सरकार–सरकार सम्बन्ध हुन्छ। जस्तो चीन र नेपालको सम्बन्धलाई नै हेर्न सकिन्छ। सरकारले राम्रो भन्दिएपछि जनताले पत्याउँछन्। तर, नेपाल र भारतबीचको सम्बन्ध भनेको काठमाडौं र दिल्लीबीच मात्रै होइन। जनता–जनता बीच पनि हुन्छ। नेपालले संविधान ल्याउँदै गर्दा भारत सरकार र नेपाल सरकारको सम्बन्ध बिग्रिएको हो। तर, त्यो सम्बन्ध त सुध्रिसक्यो तर जनता र भारत सरकारको सम्बन्ध सुध्रेको छैन। यो कुरा राजनीतिक दलहरुले बुझेका छैनन्।

१८ वर्षसम्म भ्रमण भएन भनिएको को आउँछन् र जान्छन् भनेर होइन। त्यो त सम्बन्ध सुधार हुनुपर्छ भनेर हो। सम्बन्धमा समस्याहरु छन्, भ्रमणमा समझदारी हुन्छन्, एकअर्कालाई बुझ्ने मौका मिल्छ र सम्बन्ध सुधार हुन्छ भनेर मान्छे नै आउनुपर्छ भनेका हौं। नत्र मोदी दिनदिनै आउँदैमा सम्बन्ध राम्रो हुँदैन भने किन आउने?

मैले जोड्न खोजेको के मात्रै हो भने, सरकार–सरकारको सम्बन्ध नराम्रो छैन। सुशील कोइराला जसका विरुद्ध नाकाबन्दी लगाइएको थियो, भारतले भनेकै आधारमा प्रधानमन्त्रीको उम्मेदवार भएर उनले सरकार-सरकार बीचको सम्बन्ध सहज बनाइदिए। बरु उनै कोइरालालाई भारतले निम्तो दिएन, त्यसपछिका सबै प्रधानमन्त्रीलाई भारतले निम्तो दियो।

त्यसो भए यो सरकार जनतासँग छ कि, सरकारसँग सम्बन्ध सुधार गर्ने भन्दै भारतसँग छ त?

उद्धव– अघि साथीहरुको कुरालाई पनि जोडेर भन्छु। उहाँको तीर्थ गर्ने इच्छा छ भने त्यसलाई पूरा गरिदिनुपर्छ। तर, तीर्थालुका रुपमा 'ट्रिट' गरिनुपर्थ्यो। यहाँ जनतासँग सम्बन्ध सुध्रेको छैन, जनता अभिनन्दन गर्न तयार छैन। अभिनन्दनका लागि जबर्जस्ती घाममा बसाल्दा बिस्फोट भयो भने कसले जिम्मेवारी लिने?

अहिले जनकपुरमा सामान्य मानिस गएर होटलमा बुक गर्न नसक्ने अवस्था छ। त्यसरी 'टेरराइज' गराइएको छ। अर्कोतर्फ मनाङदेखि मुस्ताङसम्मको बाटो तीन दिनसम्म बन्द गर्ने भनिएको छ। अरुको योजना हुन्न? कति पर्यटकको योजना हुन्छ– आज जोमसोम पुग्छु, पर्सि अस्ट्रेलिया जान्छु। यी सबै योजना चौपट बनाइएको छ, केबल मोदीजीको एक घन्टाको पूजाका लागि। यो गाइजात्रा कसले गरिरहेको छ? हामीले उहाँलाई एउटा तीर्थालुका रुपमा 'ट्रिट' गर्न सक्ने कि नसक्ने?

मलाई लाग्छ, राजनीतिक दलहरुले जनतालाई बुझेका होलान्। चुनावमा अहिलेको सरकारले त मोदीजीको धेरै कुरालाई विरोध गरेरै ल्याएको भोट हो। पछि अप्ठ्यारो आउनुभन्दा भारतीय पक्षलाई स्पष्टसँगै भनिदिनुपर्थ्यो– अहिले अभिनन्दनको विषय छैन।

धेरै कामहरु पेन्डिङमा छन्। नेपाल-भारतको जतिसुकै राम्रो सम्बन्धको कुरा गरिराखे पनि अहिलेसम्म बोर्डर सम्झौता भएको छैन। कतिपय ठाउँका बोर्डर विवाद अहिलेसम्म टुंगिएका छैनन्। अहिले दुवै प्रधानमन्त्री सुस्ता गएर यहाँ यस्तो समस्या रहेछ, यसरी समाधान गर्छौं भन्दिएको भए कति सकारात्मक सन्देश जान्थ्यो? त्यसरी जनताको सेन्टिमेन्ट लिन सकिन्छ। अहिले चाहिँ नेपाली जनता मोदीजीको अभिनन्दन गर्न तयार छैनन्।

भ्रमणको मितिदेखि जाने स्थान र प्रक्रियासम्मका विषयमा भारतीय पक्ष हाबी भइरहेको छ। एजेन्डामा अलमल नै देखिएको छ। के नेपालले नचाहेको भ्रमण हो यो?

गोपाल- स्वाभाविक रुपमा यस्तो उच्चस्तरको भ्रमण तय गर्दा केही आपसी समझदारीका आधारमा गरिन्छ।

मोदी जनकपुर गएजस्तै अभ्यास अन्त पनि भएका छन्। सि जिनपिङ भारत भ्रमणमा आउँदा गुजरातबाट भ्रमण सुरु गर्नुभयो। त्यसैले भ्रमणका लागि राजधानी सहर नै हुनुपर्छ भन्ने कुरा 'नन–इस्यु' हो।

तर, हिजो हामीले संविधान जारी गर्दैगर्दा मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको र आन्दोलनकारी शक्तिले पनि दिल्लीतिर आकांक्षा राखेर आग्रह गरेको र भारतले पनि सातबुँदे प्रस्ताव राखेको हामीलाई थाहै छ। यी विषयको पृष्ठभूमिमा जनकपुर भ्रमण गर्नुहुन्थ्यो वा हुन्नथ्यो भन्ने प्रश्न कतिपयले गरेको देखिन्छ। तर, हामी अगाडि बढिसक्यौं। हिजो आन्दोलनकारी दलहरु पनि परिवर्तन भइसक्नुभयो। मधेसका जनताको चाहना पनि परिवर्तन भइसकेको छ। यस पृष्ठभूमिलाई हेर्दा जनकपुरबाट भ्रमणको सुरुवात हुनु स्वभाविक छ।

नेपाली जनताले विगतको नाकाबन्दी भुलिसकेका छैनन्। अहिले देखिएको असन्तुष्टि पनि नाकाबन्दी गर्नेलाई नागरिक अभिनन्दन भनेर किन सम्मान भन्ने कोणबाट आइरहेको छ। सरकारमा चाहिँ 'मोदी–प्रेम' अलि बढी देखिएको हो कि!

गोपाल– सरकारको अप्ठ्यारो पनि बुझिदिनुपर्छ। हामीले नाकाबन्दी भनिरहेका छौं। तर, भारतले नाकाबन्दी त भनेको छैन। आधिकारिक रुपमा नाकाबन्दी नभनिएपछि त्यो नाकाबन्दी अपराध थियो, त्यसको क्षमायाचना गर भन्न गाह्रो छ।

त्यस्तै, नागरिक अभिनन्दन कूटनीतिको एउटा अंश रहेछ। यसलाई ठूलो इस्यु बनाइरहनु जरुरी छैन। नागरिक अभिनन्दनलाई पनि बुझ्न जरुरी छ। यो जनताहरु स्वतस्फुर्त रुपमा आएर गरिने अभिनन्दन होइन। यो जनकपुर उपमहानगरपालिकाले उहाँलाई सम्मान गरेको हो। त्यसैले नागरिक नै अगाडि बढेर अभिनन्दन गर्न लागे भनेर नबुझौं। मेरो आफ्नै पनि रिजर्भेसन छ यसमा।

छिमेकी देशको प्रधानमन्त्री भ्रमणमा आएका छन्। त्यसमा विगतका तीतो सम्झिनु, राष्ट्रवादी रङ मिसाउनु जरुरी छ र?

केशव– हामीले छलफलको विषयवस्तु परिवर्तन गर्नुपर्छ। मलाई लाग्छ, नाकाबन्दी भएकै छैन। नाकाबन्दी भनेर सदियौंदेखि गरिएको दमन, तानाशाही प्रवृत्ति, अधिकार बाँडफाँट गर्न नचाहने प्रपञ्च गरिएको थियो। मधेसको आन्दोलनलाई बदनाम गर्न खोज्ने षड्यन्त्र थियो।

कुरा बुझ्न जरुरी छ कि, कसरी प्रचारित गरिएको छ। तर, मोदीजीको जनकपुर भ्रमणलाई लिएर जनतामा उत्साह छ, निराशा छैन। काठमाडौंकै जनतामा पनि निराशा छैन। मुक्तिनाथका जनतामा पनि निराशा छैन। फेसबुक ट्विटरमा दुई-चार जनाले केही लेख्यो भन्दैमा त्यो निराशा हुन्छ? समाचार पनि नकारात्मक कुरा गर्नेको खोजीखोजी आएकाले त्यस्तो लागेको हो।

हामीले मोदीजीलाई स्वागत गरौं। पाहुनालाई सम्मानपूर्वक स्वागत गर्नु हाम्रो संस्कार हो। हामीले आफ्नो संस्कारजन्य कुरा गरिरहेका छौं।

हिजोको यही जनमतले अहिलेको सरकारलाई यो ठाउँमा पुर्‍यायो। यिनीहरुले नै बोल्थे, त्यतिबेला पनि। केपी ओली नै नाकाबन्दी हो भनेर यहाँसम्म आइपुग्नुभएको छ। तर अहिले मितिको कुरा उतैबाट सार्वजनिक भयो, नागरिक अभिनन्दन पनि। नेपाली जनताले चाहेको कुरा गर्ने कि उताबाट आएको एजेन्डालाई मान्ने कुरामा प्रश्न रह्यो। यदि समग्रमा यही नेपाली जनता हुन्, यिनैले जनमत बनाउँछन्। यिनीहरुले तपाईंहरुको कुरा पत्याए भने ठीकै छ। यदि पत्याएनन् भने भोलि प्रत्युत्पादक हुनेगरी हामी काम पो गर्दै छौं कि!

गोपाल– जनकपुरको भ्रमणको कुरा सर्वप्रथम भारततिरबाट सार्वजनिक भयो। प्रशान्त झाले एउटा रिपोर्ट लेखेपछि त्यही अनुसारकै भ्रमणको मिति पछि सार्वजनिक भयो। हामीले बुझ्दा त साउथ ब्लकबाट दिइएको सूचना थियो, त्यसैले आयो। तर हामीले औपचारिक रुपमा भारतले सार्वजनिक गर्‍यो भन्न त सकिएन।

त्यसरी सार्वजनिक भइसकेपछि दुवैतिरका पराराष्ट्र मन्त्रालयले एकै समयमा औपचारिक रुपमा सार्वजनिक गरिदिएको भए राम्रो हुन्थ्यो। त्यसो पनि भएन। मैले बुझेसम्म यो भ्रमणको मिति यही थियो। र यसलाई सँगै सार्वजनिक गरौं भन्ने समझदारी थियो। त्यो समझदारी भारतले तोडेको हुनाले हाम्रो परराष्ट्र मन्त्रालय कहीँ न कहीँ असन्तुष्ट छ। यतिचाहिँ तपाईंलाई मैले भन्न सक्छु।

त्यस्तै, नरेन्द्र मोदीले मलाई नागरिक अभिनन्दन गरिदिनुस् भनेर, नेपाल सरकारले हामी अभिनन्दन गर्छौं भनेर भन्दा पनि यो स्वभाविक रुपमा भएको हो। तपाईंले अरुतिर पनि ट्रेन्ड हेर्न सक्नुहुन्छ। शत्रुतापूर्ण सम्बन्ध रहेका देशहरुका राष्ट्रप्रमुखको भ्रमण हुँदा पनि यो ट्रेन्ड देखिन्छ।

नाकाबन्दीका सन्दर्भमा म स्पष्ट छु। यद्यपि सबैको आफ्नो धारणा हुन्छन् नै। तर, नाकाबन्दी भएकै हो। त्यो भन्ने कुरामा अहिले पनि हिचकिटाहट गर्नुपर्दैन। र नाकाबन्दी विरुद्ध केपी ओलीले अडान लिएकै हो। त्यसैले जनताको समर्थन पाएर प्रधानमन्त्री बन्नुभएकै हो। तर हिजो त्यो किसिमको नाकाबन्दी तर आज किन सम्बन्ध भन्नेतिर हामी जान खोजेको हो भने मलाई लाग्छ परिवर्तन भयो। मैले गल्ती गरें भनेर नयाँ ढंगले आउन खोज्दा स्वागत गर्ने कि नगर्ने?

अभिनन्दन वा जे-जे सम्मान गर्ने हो ठिकै छ तर सामाजिक सञ्जालमा आएका अतिरञ्जित कुरा हो, त्यहाँ के-के भन्छन् भन्ने हिसाबले त्यो जनमतलाई हामीले इन्कार गर्‍यौं भने प्रत्युत्पादक हुने हो कि? त्यही जनमतले त्यहाँ ओलीजीको बारेमा राम्रो लेख्दा त्यही सोसियल साइट राम्रो, आज विरुद्धमा लेख्दा नराम्रो भन्ने जनमत बनायौं भने राम्रो, सुमधुर सम्बन्ध बनाउन खोजिरहेका छौं भने उल्टो प्रत्युत्पादक हुने हो कि भन्नेमा सतर्क नहुने?

गोपालः सामाजिक सञ्जालमा आउने प्रतिक्रिया ती केही होइनन् भनेर म त भन्दै भन्दिनँ। म आफैं पनि त्यहाँ इन्भल्भ छु। म आफैं लेख्छु, मैले लेखेकै छु। नागरिक अभिनन्दनको सन्दर्भमा त मैले आफ्नो धारणा राखेको पनि छु त्यहाँ। क्षमायाचना गर्नुपर्छ पनि भनेको छु। यद्यपि त्यहाँ भाषाको प्रयोगको प्रश्न रहला। तर, समाजिक सञ्जालमा आएका प्रतिक्रिया केही हुँदै होइनन् भन्ने प्रश्न हुँदै होइन, ती एकदम जेनुइन छन्। कतिपय अलि फेक नामबाट, कतिपय फरक ढंगले आएका छन्, त्यसलाई अर्को तर्फ राखौं।

हिजो दुईटा देशको सन्दर्भमा त्यो तिक्ततापूर्ण सम्बन्ध हुने, सत्तामा त्यही पक्ष रहने अनि आज यो छोटो समयमा यो परिस्थिति निर्माण हुँदैछ। यसलाई हामीले कसरी बुझ्ने भन्ने सवालमा मेरो बुझाइ के हो भने, नेपाल जहाँ थियो त्यहीँ छ, परिवर्तन त मोदी नै हुनुभएको हो। हिजो मैले गल्ती गरें भन्ने महसुस गरेको हो।

हाम्रो जुन समृद्धिको सपना छ, त्यसमा नेपालका लागि छिमेकी चीन र भारत मेजर फ्याक्टर हुन्। तर, भारतसँग विगतमा बिग्रिएको सम्बन्धलाई हेर्ने हो भने, अहिले ऊ सच्चिएर आएको हो? अथवा ऊ सन् २०१९ को चुनावको तयारीमा छ र मोदीलाई आन्तरिक रुपमा जुन आरोप लागेको छ, छिमेकी कूटनीति ठिक नभएकाले गर्दा छिमेकसँगको सम्बन्ध सबै बिग्रियो, अझ नेपालमा कम्युनिस्टको सरकार बन्यो चीनको पोल्टामा गयो भन्नेमा केन्द्रित छ? अथवा हामी चुक्दैछौं?

उद्धवः भोलि चीनसँग राम्रो हिमचिम बढ्यो, त्यही प्रकारको पारबहन, व्यापार भयो भने बेग्लै कुरा, अहिलेको सम्बन्धमा हामीलाई भारत नभई त समृद्धिको कुरा गर्नै पर्दैन। चिनसँग हामीले 'ओपन अप' नै गर्न सकेको छैन। एउटा सम्झौता गरेका छौं, तर एउटा पनि नाका छैन, एउटा भएको नाका पनि भूकम्पका नाममा चीनले नै खाइदियो।

अहिले भारत नै हो महत्वपूर्ण, हाम्रो समृद्धिका लागि। र हाम्रो पनि कन्सर्न सम्बन्ध सुधारकै लागि हो। भ्रमणहरु पनि त्यही हुन्, अहिले गरेको बहस पनि त्यही हो। गोपालजीले भनेको जस्तै नेपाल यथास्थितिमा रहँदै गर्दा पनि भारत सच्चिएरै आएको हो भन्नेमा मलाई चाहिँ शंका छ। उनले यसलाई पोलिटिकल्ली क्यास गर्न पनि चाहिरहेका छन्। अहिले हतार हतार यहाँ किन आइरहेका छन्? कर्नाटकाको चुनावको जिरो आवरमा त्यसको पनि फाइदा लिन आइरहेका छन्। त्यहाँ पनि सेल गर्न सक्छु कि भनेर पनि लागिरहेका छन्।

मानिलिउँ भारत नै सच्चिएको रहेछ, त्यसलाई हामीले कसरी क्यास गर्ने त? त्यो क्यास गर्न हामी तयार छौं कि छैनौं भन्ने कुरा हो के।

पब्लिकमा चाइनाले जेसुकै गरोस् त्यसको मतलब छैन। रिङरोडमा यस्तो अवस्था बनाइदियो, पाँच वर्ष लगाइदियो, धुलो बढारेर झ्यालझ्यालमा पुर्‍याइदियो, तै पनि चाइनाको बारेमा कोही क्रिटिसाइज गर्नेवाला छैन। तर भारत आयो भनेपछि कालो झन्डा देखिने अवस्था छ। सरकार जतिसुकै राम्रो होस् जनतामा त्यो छ। त्यो कुरा पहिला स्वीकार गर्नुपर्छ। त्यसलाई एड्रेस नगरीकन भारतसँग अहिले हामी कुनै पनि प्रोजेक्टमा साथै अगाडि जानसक्ने अवस्था छैन।

उदाहरणका लागि, त्यत्रो बुढी गण्डकी चाइनालाई दिँदा यहाँ कोही बोल्दै बोलेन। यदि त्यो भारतलाई त्यसैगरी दिएको भए के हुन्थ्यो होला यहाँ? त्यो सेन्समा, भारतको विपक्षमा रहेको जनतालाई एड्रेस गर्ने सेन्समा हामीले केही राम्रा कदमहरु चाल्नुपर्छ। यदि ऊ सुध्रिएको हो भने, भारत सच्चिएको हो भने हामीले तयारी गरेर फाइदा लिनुपर्छ। तर अहिले हाम्रो तयारी पुगेन।

यो सरकारले पाएको मतमा मोदीलाई गाली गरेर पाएको मतको ठूलो हिस्सा छ। पहिलोचोटी सरकारको नेतृत्व गरिरहँदा ओलीजीले भारतसँगको सम्बन्ध पुनर्परिभाषित गर्ने, समानतामा आधारित जस्ता निकै कुरा गर्नु भएको थियो, तर अहिले चाहिँ आमरुपमा ओली बदलिए भन्ने कुरा आइरहेको छ। ओलीजी बदलिनु भएको हो?

उद्धव- ओलीजीलाई मात्र दोष दिन मिल्दैन, बदलिने कुरामा। भारत सरकार र नेपाली जनताको सम्बन्ध राम्रो नभएसम्म यस्ता ओलीजीहरु धेरै आइरहन्छन। भोलि मै गएँ भने पनि गर्ने त्यही हो। अहिले आएर शेरबहादुर देउवाजीले पछिल्लो निर्णयमा चाहिँ भारतीय नाकाबन्दी भनेर लेख्नुभयो। किनभने त्यो नभनी भोट नआउने, भोट नआई सरकारमा जान नपाइने।

तर, सरकारमा गइसकेपछि चाहिँ के छ भने, नेपालको लाइफ लाइन अहिले भारत नै हो। कुनै पनि सरकारले भारतलाई एड्रेस नगरीकन त भोलिपल्टदेखि यहाँ सबै कुरा अभाव हुन्छ नि। त्यसरी जानसक्ने अवस्था पनि छैन। त्यसैले ओलीजीलाई मात्र क्याटेगरिकल्ली भन्न सकिँदैन। ओलीजीले पनि अरु प्रधानमन्त्रीजस्तै आफ्नो बाटो पनि त्यही रोज्नु भएको छ।

जनमत प्राप्त गर्न भारतलाई गाली गर्ने तर सत्तामा आएपछि भारत रिझाउनुपर्ने राजनीतिक बाध्यता नेपालमा लामो समयदेखि चल्दै आएको छ। तर, पछिल्लो समय ओलीजी आइराख्दाखेरि अवस्था अलि फरक थियो। सम्बन्ध त बनाउनुपर्छ तर जसरी बिग्रेको छ, जुन स्पिडमा बिग्रेको थियो त्यही स्पिडमा सुधार्दै ल्याएको भए हुन्थ्यो। त्यसैलाई आधार मानेर उनी बदलिएको भन्ने आरोप लागेको हो। यो आवश्यकता हो कि बाध्यता हो?

उद्धव– त्यो एउटा बाध्यता पनि होला। तर, उहाँले निरन्तरता दिनुभयो, क्रममंगता दिनुभएन। त्यस्तै, जतिसुकै नेपालले भने पनि काठमाडौं महानगरपालिकालाई भारतको कुनै न कुनै एजेन्सीले नागरिक अभिनन्दन गर न भनेर अवश्य भने होला भन्ने मलाई लाग्छ।

भारतले नेपालमा हेर्ने 'एन्टी इन्डिया सेन्टिमेन्ट' छ, त्यो पनि पुरानो तरिकाले मात्रै हेरिरह्यो होला। अहिलेको भारत विरोधी सेन्टिमेन्ट र अलि पहिला हाम्रा राजनीतिक दल र राजावादीहरुले बनाएको भारतीय विस्तारवाद मुर्दाबाद भन्ने भारत विरोधी सेन्टिमेन्ट फरक थियो। अहिलेको सेन्टिमेन्ट नाकाबन्दीबाट उभार भएर आएको सेन्टिमेन्ट हो।

त्यसैले पहिलाकै जस्तो बुझेर ओलीजी र प्रचण्डजी नजिक भएपछि सबै सुध्रिन्छ भनेर उहाँले नागरिक अभिनन्दन खोजिरहेको हो कि भन्ने लाग्छ। राजनीतिक दल र जनता छुट्याउन सक्नुभएन कि भन्ने मलाई लाग्छ। तर, अहिले नेताले जेसुकै भने पनि जनताले आफ्नो लाइन छाड्न सक्दैनन्। कारण, जनताले भोगेका छन्। अहिले त 'पर्सनल इज पोलटिकल' हो।

अहिले त मोदीजीले सामान्य अरु सकारात्मक कुराहरु गरेर नेपालीलाई कन्फिडेन्समा लिएर तपाईंहरु र हामी समृद्धिका लागि सँगै जाने हो भनेर सन्देश दिनुपर्ने ठाउँमा उहाँ नेताहरुले भनेपछि हुन्छ भन्ने माहोलमा आउनु भएको हो। त्यसले नेपालमा नराम्रो परिस्थिति आएको छ। र त्यसले अरु सम्बन्ध बिग्रियो भने त्योचाहिँ गल्ती हुन्छ भन्ने मेरो धारणा हो।

हामी यसलाई सकारात्मक रुपमा दुई देशको हितमा प्रयोग गर्नका लागि उपयोग गर्दा विचार पुर्‍याउनुपर्ने कुरा के हुनसक्छ?

केशव– यसरी भ्रमण भइरहँदा नकारात्मक कुरा गर्नुहुँदैन। स्वभाविक रुपमा नेपाली जनतामा मत विभाजित छ। त्यसैले हामी संवेदनशील हुनुपर्छ। अहिले हाम्रो प्रधानमन्त्रीले समृद्धि र विकासको कुरा जोडेर अगाडि बढ्दै हुनुहुन्छ, त्यसलाई टेवा पुर्‍याउनका लागि बाह्य सम्बन्ध राम्रो हुँदै जानुपर्छ।

नेपाल-भारत सम्बन्ध जनतामा समेत जोडिएको छ। त्यसैले सरकारी स्तरमा धेरैथोक बिगारेर बिग्रिने स्थिति पनि छैन। धेरै बनाएर बढ्ने स्थिति पनि छैन। किनकि, आम जनता जोडिएका छन्। त्यसैले हामी अलि बढी संवेदनशील भएर हेर्नुपर्छ। काठमाडौंको दृष्टिकोणले हेर्नुभन्दा पनि समग्रमा सम्पूर्ण नेपालीको दृष्टिकोणले हेरेर अगाडि बढ्यौं भने यसले एउटा राम्रो नतिजा दिन्छ भन्ने लाग्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सुडानमा हैजाको प्रकोपबाट एक सातामा १७२ जनाको मृत्यु
दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मंगलबार, जेठ १३, २०८२
सुडानमा हैजाको प्रकोपबाट एक सातामा १७२ जनाको मृत्यु मंगलबार, जेठ १३, २०८२
दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव मंगलबार, जेठ १३, २०८२
लागूऔषध र ६६ हजार नगदसहित दुई जना पक्राउ मंगलबार, जेठ १३, २०८२
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित मंगलबार, जेठ १३, २०८२
युवा संघको चुनावमा १४०४ भोट खस्यो, ३ घण्टामा नतिजा आउने मंगलबार, जेठ १३, २०८२
५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान स्वीकृतदेखि सचिव सरुवासम्म - यी हुन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय मंगलबार, जेठ १३, २०८२
कांग्रेसको आग्रह : हाम्रो पनि कुरा सुन्नुपर्छ मंगलबार, जेठ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्