पोखरा– पोखरा लेखनाथ महानगरपालिका–२८ सौर्य माझठानास्थित जंगलमा शिकार खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन्। अर्जुन क्षेत्री सहित ४ जनालाई २ वटा टुटु हतियार र त्यसको २५ वटा गोलीसहित प्रहरीले बुधबार पक्राउ गरेको हो। उनीहरुविरुद्ध हातहतियार मुद्दा चल्ने प्रहरीले जनाएको छ।
त्यस्तै वीरगंजको भिष्वा गाउँबाट भारत सितामडीका ३५ वर्षीय चुनचुन पटेल र वीरगंज मिथुन श्रीवस्तवलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।