काठमाडौं–काठमाडौंको नयाँपाटीमा १३ वर्षअघि भएको हत्याकाण्डका अभियुक्त बुधबार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इलामका अदिप कुमार राईलाई पक्राउ गरेको हो।
२०६२ साल माघ १३ गते राईसहितका व्यक्तिहरुले महेश राईको हत्या गरेका थिए। घर बनाउने क्रममा झगडा हुँदा उनीसहितका व्यक्तिहरुले हत्या गरेको थिए। पक्राउ परेका राईलाई सिआईबीले महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।