काठमाडौं– महंगो लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नयाँबसपार्कबाट पक्राउ गरकेो छ। बर्दिया घर भई माछापोखरी बस्ने ३० वर्षिय पंकज पुरी, नुवाकोट घर भई तारकेश्वर बस्ने प्रदिप लामिछाने, गोरखा घर भई मित्रनगर बस्ने किरण श्रेष्ठ र बर्दिया घर भई नयाँबसपार्क बस्ने थिरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट १३.५ ग्राम ब्राउन सुगर र एक लाख ३० हजार रुपैयाँ नगद बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। पक्राउ परेका उपर महाराजगञ्ज वृत्तले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।