• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मैदानमा मेस्सी-नेमार, तर विरुद्धमा

नेपाल लाइभ बुधबार, पुस १, २०७७  १४:३८
1140x725

काठमाडौं- नेमारका लागि फुटबल जीवनमा सम्झनलायक क्षणमध्ये हो, २०१६-१७ को च्याम्पियन्स लिगमा बार्सिलोनाले पिएसजीलाई ६-१ ले हराएको खेल। अन्तिम १६ को पहिलो लेगमा ४-० ले पछि परेको बार्सिलोनाले समग्रमा ६-५ ले खेल जित्दै च्याम्पियन्स लिगकै उत्कृष्ट ‘कमब्याक’ देखाएको थियो।

बार्सिलोनाको जितका त्यसबेलाका हिरो नेमार अहिले पुनः बार्सिलोनाविरुद्ध नै च्याम्पियन्स लिग अन्तिम १६ मा उही पिएसजीबाट खेल्दैछन्। गएको सोमबार यो सिजन च्याम्पियन्स लिग अन्तिम १६ को खेल तालिका सार्वजनिक भएसँगै फुटबल समर्थकको नजरमा पुनः त्यही खेल परिरहेको छ। 

खेल तालिका सार्वजनिक हुनुभन्दा केही दिन अघि मात्र नेमारले आफ्नो इच्छा पुनः लियोनल मेस्सीसँगै खेल्ने रहेको बताएका थिए। ‘म अझै मेस्सीसँग खेल्न चाहन्छु। उनीसँगै मैदानमा हुनु मेरो ठूलो इच्छा हो। आश छ आउने वर्ष हामी सँगै खेल्नेछौँ’ नेमारले भनेका थिए। नेमारको एउटै मैदानमा हुने इच्छा त यसै वर्ष पूरा हुँदैछ तर मेस्सीको विपक्षी हुनु उनको चाहना होइन। 

नेमार २०१७ मा बार्सिलोना छाडेर पिएसजी गएका थिए। त्यो पनि विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा। तर उनको सुरुवाती वर्ष पिएसजीमा खुसीसाथ बित्न सकेन। उनी गएको अर्को सिजनदेखि नै बार्सिलोना फर्कने प्रयासमा लागे। तर पिएसजीको चाहना विपरीत त्यो सहज भएन। नजिक पुगेका प्रयासहरु पनि अन्तिम समयमा असफल भए। यतिसम्म कि नेमार अपुग केही रकम आफै खर्चेर समेत बार्सिलोना फर्कन तयार भएका थिए। 

बार्सिलोना फर्किएर मेस्सीसँग खेल्ने नेमारको चाहना जति छ, उस्तै रह्यो नेमारलाई बार्सिलोना फर्काउने मेस्सीको चाहना पनि। बार्सिलोना ब्यवस्थापनसँग पनि उनले त्यसबारे कुराकानी गरेका खबर आइरहेका थिए। तर मेस्सीको चाहना अनुरुप नेमार बार्सिलोना फर्काउन ठूलो रकम नै बाधक बनिरह्यो।

यस्तोमा गएको सिजनको अन्त्यमा मेस्सीले नै बार्सिलोना छाड्ने चाहना व्यक्त गरे। सिजनको अन्त्यमा क्लब छाड्न पाउने आफ्नो सम्झौता देखाउँदै बाहिरिने मेस्सीको इच्छा पूरा हुन भने पाएन। ७०० मिलियनको रिलिज क्लजबिना उनलाई छाडेर जान नदिने तत्कालीन अध्यक्ष जोसेप मारिया बर्टामेउको ढिपिले मेस्सी रोकिए। आफ्नो प्रिय क्लबसँग कानुनी लडाइँमा नजाने मेस्सीले स्पष्ट बताए। 

अबको सिजन सकिँदा मेस्सीले क्लब छाड्छन् या नयाँ ब्यवस्थापन आएपछि पुनः बार्सिलोनामा नै रोकिन्छन् भन्ने अनुमान व्यापक छ। यस्तोमा यसअघि उनलाई लैजाने प्रयासमा लागेको म्यानचेस्टर सिटीसँगै नेमारले भनेजस्तै पिएसजीमा नै मेस्सी जान्छन् भन्ने तर्क पनि सुनिँदै आइएको छ। जे होस्, मेस्सी र नेमार एउटै टिममा रहने सम्भावना भन्दा पहिले अब उनीहरु एकअर्काविरुद्ध देखिने भने पक्का भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैले च्याम्पियन्स लिगको तालिका सार्वजनिक भएपछि समाजिक सञ्जालमा मेस्सीसँगको तस्बिर राख्दै नेमारले लेखेका छन्- ‘छिट्टै भेट्ने छौँ साथी।’ 

२०१३ देखि २०१७ सम्म मेस्सीसँगै बार्सिलोनामा रहँदा नेमारले दुई ला लिगा, एक च्याम्पियन्स लिग र तीन कोपा डेल रेको उपाधि जितेका थिए। तर ती सबै उपाधिहरु भन्दा विशेष रह्यो च्याम्पियन्स लिगमा पिएसजीविरुद्धको उत्कृष्ट ‘कमब्याक’। जसलाई अहिलेसम्म ‘ला रेमानटाडा’ भनेर समर्थकहरु सम्झिइरहन्छन्। 

पिएसजी र बार्सिलोना च्याम्पियन्स लिग नकआउट चरणमा भेटिएको त्यो तेस्रो पटक थियो। त्यसअघि २०१२-१३ को सिजनमा क्वाटरफाइनलमा भेटिँदा पहिलो लेग २-२ को बराबरी र दोस्रो लेग १-१ को बराबरीमा सकिएको थियो, अवे गोलका आधारमा बार्सिलोना अघि बढ्यो। 

Xtrem

Xtrem

२०१४-१५ को च्याम्पियन्स लिगमा पनि बार्सिलोना र पिएसजी क्वाटरफाइनलमा नै भेटिएका थिए। जहाँ पहिलो लेगको खेल बार्सिलोनाले ३-१ जित्यो। दोस्रो लेग २-० ले जित्दै बार्सिलोना अगाडि बढेको थियो। बार्सिलोनाले पछिल्लो पटक च्याम्पियन्स लिग जितेको त्यो सिजन सेमिफाइनलमा बायर्न म्युनिक र फाइनलमा युभेन्टसलाई हराएको थियो। 

यस्तो इतिहास हेरेर २०१६-१७ को च्याम्पियन्स लिगमा अन्तिम १६ मा भेट हुँदा धेरैले जितको अनुमान बार्सिलोनातिर नै लगाइरहेका थिए। तर समूह ए बाट उपविजेता बनेर अघि बढेको पिएसजीले समूह सी को विजेताको रुपमा अघि बढेको बार्सिलोनालाई पहिलो लेगमा नसोचेको हार चखायो। 

पेरिसमा भएको पहिलो लेगको खेलमा १८औँ मिनेटमा नै गोल गरेर डि मारियाले पिएसजीलाई अग्रता दिलाए। खेलको ४०औँ मिनेटमा ड्राक्सलर, ५५औँ मिनेटमा डि मारिया र ७२औँ मिनेटमा काभानीले गोल गर्दै बार्सिलोनालाई ४-० ले हराए। ५७ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पनि बार्सिलोनाले गोलमा कमजोरी देखाएको थियो। 

दोस्रो लेगको खेल क्याम्प नाउमा हुनुअघि बार्सिलोनाको पक्षमा समर्थकहरुको विश्वास निकै कमजोर भइसकेको थियो। दुई टिमबीच खेल हुनुअघि बार्सिलोनाले लिगमा सेल्टा भिगोलाई ५-० ले हराएको थियो भने पिएसजीले लिगमा नान्सीलाई १-० ले हराएर आएको थियो। 

खेलको तेस्रो मिनेटमा नै लुइस स्वारेजको गोलमा बार्सिलोनाले अग्रता बनायो। ४०औँ मिनेटमा इनिएस्टालाई रोक्न खोज्दा लेभिनको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। ५०औँ मिनेटमा थोमसले नेमारलाई फोउल गर्दा बार्सिलोनाले पेनाल्टी पायो। मेस्सीले गोल गरे। ६२औँ मिनेटमा काभानीको गोलमा पिएसजीले खेलमा फर्कने संकेत देखायो। 

त्यतिञ्जेल बार्सिलोनाको खेलमा मजा लिइरहेका समर्थकमा जितको विश्वास आइसकेको थिएन। तर ८८औँ मिनेटमा नेमारले फ्रि किकमार्फत गरेको गोलले जितको विश्वास पलाएको थियो। समग्रमा खेल ४-५ को स्थितिमा पुग्यो। बार्सिलोनाका लागि अझै दुई गोल आवश्यक थियो। ९० मिनेटपछिको अतिरिक्त समयमा पहिलो मिनेटमै नेमारले पेनाल्टीमार्फत गोल गरे। थप समयको पनि अन्तिम मिनेटमा नेमारकै पासमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए। 

एउटा अपत्यारिलो जितका साक्षी ९६ हजार २ सय ९० समर्थक भए। रंगशाला खुसीले उचालियो। टेलिभिजनमा प्रत्यक्ष खेल हेरिरहेका लाखौँ फुटबल समर्थक पनि अवाक भए। च्याम्पियन्स लिगमा नै बिर्सन नसकिने ‘कमब्याक’ देखियो। जसमा मैदानमा मेस्सी, स्वारेज र नेमारको साझेदारीले स्याबासी पायो। 

अहिले उही पिएसजीको जर्सीमा बार्सिलोनाविरुद्ध नेमार देखिँदै छन्। त्यसमा पनि उनका प्रिय खेलाडी मेस्सीको विरुद्धमा। यो सिजन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेल बार्सिलोनाको मैदानमा फेब्रुअरी १७ मा दोस्रो लेग पेरिसमा मार्च ११ मा हुँदैछ। 

बार्सिलोनामा अहिले मैदानमा मात्रै होइन मैदानबाहिरको समस्या पनि ठूलो छ। विशेष गरी आर्थिक अभावको। खेलाडीलाई पटक पटक तलब कम गर्न पहल गरिरहेको बार्सिलोनाले नेमारलाई बेचेपछि उनको स्थानमा धेरै प्रयास गरिसकेको छ। १०५ मिलियन युरोमा उसमान डेम्बेले, १६० मिलियन युरोमा फिलिप कोउटिन्हो र १२० मिलियन युरोमा एन्टोनी ग्रिजम्यान कसैको पनि मैदानको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन। 

तलब जोगाउनकै लागि प्रतिस्थापन गर्ने खेलाडीबिना लुइस स्वारेजलाई सित्तैमा एथ्लेटिको मड्रिड पठाउनु बार्सिलोनाका लागि अप्ठ्यारो निर्णय बनिरहेको छ। च्याम्पियन्स लिगमा युभेन्टस, रोमा र बायर्न म्युनिकसँगको लज्जास्पद अवस्थाले बार्सिलोनामा मैदानको स्थिति पनि नियन्त्रणमा आउन सकेको देखिँदैन।

२०१७ पछाडिको यो समय मेस्सी, नेमार, बार्सिलोना र पिएसजीमा धेरै कुरा फेरिइसक्यो। मैदानमा सम्हालिने संघर्षमा रहेको बार्सिलोना र गएको सिजन च्याम्पियन्स लिग फाइनल खेल्नुका साथै लगातार तीन लिग उपाधि जितेको पिएसजीमा अहिले धेरैको विश्वास पिएसजीमाथि छ। पहिले बार्सिलोनामाथि भएजस्तै। 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्