काठमाडौं– ललितपुरको नख्खु जेलभित्र एक कैदीको हत्या आशंकामा प्रहरीले छानबिन थालेको छ। कैदी भक्तबहादुर सुनुवारको शनिबार मृत्यु भएको थियो।
गम्भीर बिरामी भएका उनलाई अस्पताल पुर्याएलगत्तै मृत्यु भएको थियो। शरिरमा निलडाम भएकाले उनीमाथि कुटपिट भएको प्रहरीको आशंका छ।
मृतकका परिवारले हत्या भएको भनेर उजुरी दिएको र छानबिन थालिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेश ऐरले बताए। शरिरमा निलडाम भएकाले घटना शंकास्पद भएको उनको भनाई छ। पोष्टमार्टम रिपोर्ट आएपछि बास्तविकता खुल्ने उनले बताए।
मृतकका परिवारले निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई समेत निवेदन दिएका छन्। कैदी सुनुवार कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।