काठमाडौं– काठमाडौंको क्षेत्रपाटीमा श्रीमतीलाई खुकुरी प्रहार गरी फरार व्यक्ति चाबहिलमा पक्राउ परेका छन्।
बर्दिया घर भई क्षेत्रपाटीको काम्सीपाखामा बस्दै आएका ३० वर्षीय द्रोण कटुवाललाई महानगरीय अपराध महाशाखाले मंगलबार दिउँसो चाबहिलबाट पक्राउ गरेको हो। उनले गएराति २७ वर्षीया श्रीमती रेश्माको टाउकोमा खुकुरी हानेर फरार भएका थिए।
पारिवारिक झगडाका कारण कटुवालले श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेका थिए। श्रीमतीले सधैं झगडा गर्ने भएकाले आफूले खुकुरी हानेर हत्या गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।