काठमाडौं- काठमाडौंको क्षेत्रपाटीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
बर्दिया घर क्षेत्रपाटीको काम्सीपाखामा बस्दै आएका ३० वर्षीय द्रोण कटुवालले गए राति २७ वर्षीया श्रीमती रेश्माको हत्या गरेको प्रहरीले जनाएको छ।
पारिवारिक झगडाका कारण कटुवालले श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेको बताइएको छ।
घटनापछि श्रीमान् फरार छन्। उनीहरुका दुई सन्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।