• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा भारतीय दूतावासले हात हालेका योजना वर्षौंदेखि अलपत्र

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०७५  ०९:२५
1140x725

राजविराज– वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमण गर्दैछन्। मोदी तेस्रो पटक नेपाल आउन लागेका हुन्। चैत २३ देखि तीनदिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा मोदी नेपाल आउँदैछन्।

मोदीले यस पटक जनकपुरबाट सुरु गरेर मुक्तिनाथको दर्शन गरी काठमाडौंमा राजनीतिक भेटघाट गरेर आफ्नो भ्रमण पूरा गर्नेछन्। 

भ्रमणलाई सफल बनाउन संघीय सरकार र प्रदेश सरकारले तयारी तीव्र पारेका छन्। जनकपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्ने तयारी छ। नागरिक स्तरमा पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण चासोको विषय बनेको छ।

मोदीले जनकपुर आउँदा तराई मधेसको विकासका लागि केही घोषणा गर्न सक्ने अनुमान छ। त्यसबाहेक ओली सरकारले ‘साना अनुदान सम्झौता’ तीन वर्षका लागि नवीकरण गर्दै काठमाडौंस्थित भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्म सिधै लगानी गर्नसक्ने अनुमति दिएकाले भारतबाट केही साना नयाँ योजना थपिन सक्नेछन्। 

‘साना अनुदान सम्झौता’ अन्तर्गत २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा सरकारले ३ करोडसम्म सिधै लगानी गर्नसक्ने अनुमति भारतीय दूतावासलाई दिएको थियो। डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले सो सम्झौतालाई निरन्तरता दिँदै ५ करोडसम्म लगानी गर्न सक्ने गरी रकम बढाएको थियो। 

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको सम्झौता नवीकरणले केही योजना थप हुनेमा सर्वसाधारण आशावादी देखिएका छन् भने अर्कोतर्फ भारतीय दूतावासलाई सिधै लगानी गर्न दिने अनुमतिले विकास योजनामा विकृति ल्याएको बताउनेहरुको पनि कमि छैन। दूतावाससँग नजिक सम्बन्ध भएकाहरुले योजनामा हात हाल्ने तर काम पूरा नगर्ने प्रवृत्तिले विकासका गतिविधि ठप्प हुने उनीहरुको भनाइ छ। सप्तरीमा यही प्रवृत्तिका कारण भारतीय दूतावासमार्फत आएका दर्जनभन्दा बढी विकासका योजना वर्षौंदेखि अलपत्र परेका छन्। 

९ वर्षअगाडि शिलान्यास गरिएको सप्तरीको राजविराज नगरपालिका–१६, बोरियास्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको भवन निर्माण कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन। भारतीय सहयोगमा सुरु भएको सो भवन निर्माण कार्य अधुरो राखेर ठेकेदारले काम छोडेपछि पठनपाठनमा समस्या भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको अधुरो भवन।


नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले २०६४ चैत ६ मा शिलान्यास गरेको भवन निर्माणको ठेक्का डाँफे कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको छ। भारतीय दूतावासको १ करोड ३५ लाख १३ हजार १ सय ६ रुपैयाँ सहयोगमा सुरु भएको ९ कोठे भवनको निर्माण काम तीन वर्षभित्र सम्पन्न हुनुपर्ने थियो। अहिलेसम्म पनि झ्यालढोका, वायरिङ, रङरोगन लगायतका काम अधुरै छन्।

‘एकातिर ठाउँ छेकेर अधुरो भवन ठडिएको छ, अर्कोतिर बालबालिकालाई पठनपाठन गर्न कोठा छैन,’ विद्यालयका प्रधानाध्यापक खिलानाथ गौतम भन्छन्, ‘यसपालिदेखि माध्यमिक तहमा व्यावसायिक शिक्षा अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङको अध्यापन सुरु भएको छ, कोठा अभावले कक्षा सञ्चालन गर्न समस्या छ।’

अधुरो भवन निर्माण कार्य पूरा गराउन पटकपटक प्रयास पनि भए। जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा पटकपटक आग्रह गरिएपछि २०६९ फागुन ३ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्त, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा समेतको उपस्थितिमा बैठक बसी २०७० असार १५ भित्र निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरियो। तर, अहिलेसम्म रोकिएको काम अगाडि नबढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्मेश यादवले जानकारी दिए।

Xtrem

Xtrem

कन्या छात्राबास अपूरै    

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्राबास।


यस्तै, ०६२ जेठ २९ मा ठेक्का लागेको राजविराजस्थित मुलुककै पुरानो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासको योजना अझै पूरा हुन सकेको छैन। 

भारतीय राजदूतावासको १ करोड ९६ लाख ४५ हजार ५ सय ३२ रुपैयाँ सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण सन् २००६ भित्रै सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समय सकिएको ११ वर्ष बितिसक्दा पनि योजनाको २० प्रतिशत काम अधुरै छ। ५६ कोठे उक्त छात्राबासको झ्याल, ढोका, दुई वटा सिँढी, घर र छतको रेलिङ, रङरोगन, विद्युत् जडान, क्यान्टिन र शौचालय निर्माण लगायतका काम बाँकी नै छन्। समिति मार्फत निर्माण सुरु गरिएको छात्राबासको अधुरो काम सम्पन्न गर्न पटकपटक भएका प्रयास असफल हुँदै आएका छन्। 

वर्षौंदेखि रोकिएको निर्माण कार्य पुनः सुरु हुनेमा सबैले आशा मारेका छन्। छात्राबास निर्माण समितिका संयोजक रहेका सप्तरी निवासी शेखरकुमार सिंह हाल राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्।

दूतावासका ५ योजना अलपत्र 

नरेन्द्र मेमोरियल मावि र महेन्द्र विन्देश्वरी क्याम्पसको कन्या छात्रावाससँगै सप्तरीमा भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालित ५ वटा योजना वर्षौंदेखि अलपत्र छन्। 

कुल ९ करोड ६५ लाख ६४ हजार रुपैयाँ लगानीका यी योजनाका लागि जिल्ला विकास समिति सप्तरीले विभिन्न ठेकेदारहरुको नाममा ७ करोड ३० लाख ६९ हजार रुपैयाँको छुट्टाछुट्टै टेन्डर गरेको थियो। तर, हालसम्म कुनै पनि योजना पूरा नभएको जिल्ला समन्वय समिति सप्तरीका शाखा अधिकृत गंगा साह बताउँछन्।

जसमध्ये २ करोड २३ लाख ४४ हजार रुपैयाँको टेन्डर गरिएको सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसूति तथा आकस्मिक कक्ष भवनको निर्माण कार्य अलपत्र छ।

सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसूति तथा आकस्मिक कक्ष भवन।


निर्माण कार्य अक्टोबर २००७ (२०६४ असोज) देखि जनवरी २०१० सम्ममा पूरा गरिसक्नुपर्ने थियो। दिवा नरेन्द्र उदाय दास जेभीले ठेक्का लिएको यो योजना पूरा नहुँदा बिरामीले सास्ती बेहोर्दै आएका छन्।

२०६४ असारमै पूरा गरीसक्नुपर्ने जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको भवन निर्माण योजनाका लागि ३१ लाख १५ हजार रुपैयाँको टेन्डर भएको थियो। ९० प्रतिशतभन्दा बढी बजेट निकासा भइसकेको यो योजना पनि अलपत्र छ। जोशिला प्रकाश निर्माण सेवा जेभी विराटनगरले यसको ठेक्का पाएको थियो। यो योजनाका लागि दूतावासले २० लाख ९१ हजार ८ सय १० रुपैयाँको बजेट थप पनि गरेको छ। यसका लागि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार सिंहको संयोजकत्मा निर्माण समिति गठन गरिएको थियो।

यता, ०६४ असारभित्र सम्पन्न गर्नुपर्ने कुनौली–फत्तेपुर सडक योजना १० वर्ष बितिसक्दा पनि अधुरो छ। १० किलोमिटर सडक निर्माणका लागि भारतीय दूतावासले २ करोड ९७ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ। वाइपी देव एन्ड सेयर विशालराज सेन कन्सट्रक्सन जेभी राजविराजले टेन्डर लिएको यो योजना ०६३ असार ७ देखि सुरु भएको थियो। यो योजनामा हालसम्म भएका काममा समेत गुणस्तरको प्रश्न उठेको छ।

भारतीय दूतावास मार्फत सञ्चालनमा रहेका सम्पूर्ण योजना अलपत्र परेपछि सप्तरीबासी एकातर्फ पाएको सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् भने अर्कोतर्फ तिनै योजनाका कारण थप योजना नआउने हो कि भन्ने चिन्तामा छन्। दूतावासकै कमजोरीका कारण ती योजना अलपत्र परेकाले यथाशीघ्र काम सम्पन्न गर्नेतर्फ दबाब सिर्जना गर्न स्थानीयले माग गरेका छन्। 

अधिकांश योजनाका ठेकेदार तथा निर्माण समितिका संयोजक दूतावास र दूतावासका कर्मचारीको नजिक रहेकाले योजना अधुरै रहँदा पनि कसैले दबाब दिन नसकेको स्थानीयको बुझाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्