लहान– लेनदेन सम्बन्धी विवादमा गए राति गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकाका एक युवकको मृत्यु भएको छ।
अर्नमा गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको गोली लागेर मृत्यु भएको हो।
स्थानीय सन्तोष सिंह लगायतका व्यक्तिहरुसँग सिंहको विवाद भएको र सोही विवादका क्रममा गोली चल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजेन्द्र भेटवालले जानकारी दिए।
गोली लागेर गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।
घटनामा संलग्न भएको आरोपमा सन्तोष सिंहलाई पक्राउ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।