काठमाडौं– बाघको छाला र हड्डीसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले मकवानपुरको बाग्मती गाउँपालिका–३ का चेत बहादुर वाईबालाई पक्राउ गरेको हो।
उनको साथबाट एउटा बाघको छाला र ९ केजी बाघको हड्डी फेला परेको सिआईबीले जनाएको छ।
पक्राउ परेकालाई जिल्ला वन कार्यालय मकवानपुरमा बुझाएको छ। बाघको छालाको स्रोत खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।