काठमाडौं– गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक भएको छ।
प्रणयलाई लिएर बनाइएको गीतको शब्द र संगीत प्रकाश सपुतकै रहेका छन्। गीतलाई कथा जस्तै प्रस्तुत गर्ने सपुतले यो गीतमा पनि दोहोर्याएका छन्। गीतको म्युजिक भिडियोको निर्देशन र अवधारणासमेत सपुतकै हो।
गम्भीर विष्टको कोरियाग्राफी गीतमा नम्रता थापा थापाले समेत अभिनय गरेकी छिन्। नम्रतासँग, गायक सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।